विराटनगर । प्रदेश १ मा आईतबार २०५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०३, सुनसरीमा ४८, झापामा ३३, तेह्रथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २/२, पाँचथर, भोजपुर र खोटाङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ४८, सुन्दरहरैंचामा १५, पथरी शनिश्चरेमा ८, रतुवामाईमा ७ , रंगेलीमा ६, उर्लाबारी र कानेपोखरीमा ४/४, जहदा, बुढीगंगा र बेलबारीमा ३/३, ग्रामथानमा १ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
सुनसरीको इटहरीमा ३३, इनरुवामा ४, रामधुनीमा ३, देवानगञ्ज, धरान र कोशी गाउँपालिकामा २/२, दुहवी र गढीमा १/१, झापाको गौरादह र कमल गाउँपालिकामा १२/१२, दमकमा ४, गौरीगञ्ज, कचनकवल, अर्जुनधारा, मेचीनगर र स्थानीय तह नखुलेका १/१ जना संक्रमित भएका छन् ।
यता तेह्रथुमको म्याङलुङमा ८, उदयपुरको चौदण्डीगढीमा ३, त्रियुगामा २ र बेलकामा १ जनामा संक्रमण देखिएको छ । इलामको इलाम नगरपालिका र फाकफोकथुममा १/१, संखुवासभाको पाँचखपन र खाँदबारीमा १/१, पाँचथरको मिक्लाजुङ, भोजपुरको षडानन्द र खोटाङको खोटेहाङमा १/१ जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ८ सय ८४ पुगेको छ । जसमध्ये १४ हजार १ सय ७३ जना निको भएका छन् ।
यसैबीच प्रदेश १ मा आईतबार ६ सय कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ५९५ जना कोरोनामुक्त भएका छन् । त्यस्तै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका छन् ।