
विराटनगर । प्रदेश १ मा सोमबार ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङमा २/२ र ओखलढुङ्गामा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ९६ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४० महिला र ५६ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैँचामा १८, उर्लाबारीमा १४, रतुवामाई, बेलबारी र बुढीगंगामा ५/५, रंगेली, कानेपोखरी र ग्रामथानमा ३/३, कटहरीमा २, सुनबर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा १/१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । सुनसरीको धरानमा ३४, इटहरीमा ३२, इनरुवामा १०, रामधुनीमा ३, बराहक्षेत्रमा २, हरिनगर, देवानगञ्ज, बर्जु, दुहवी र कोशी गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको छ ।
यता, झापाको दमकमा २१, विर्तामोडमा १२, गौरादहमा ६, बुद्धशान्ति, मेचीनगर र कचनकवलमा ३/३, कनकाई र अर्जुनधारामा २/२, शिवसताक्षी, गौरीगञ्ज, हल्दिबारी, भद्रपुर र कमल गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ९ जनामा पनि संक्रमण देखिएको हो । उदयपुरको त्रियुगामा ९, चौदण्डीगढीमा ३ र कटारीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका १/१ जना पनि संक्रमित भएका छन् । पाँचथरको फिदिममा ३ र मिक्लाजुङमा १, इलामको चुलाचुलीमा २ र सुर्योदयमा १, संखुवासभाको खाँदबारी र सिलिचोङमा १/१, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १/१, भोजपुरको भोजपुर र आमचोकमा १/१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र बराहपोखरीमा १/१ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार १९८ पुगेको छ जसमध्ये १४ हजार ८०१ जना निको भईसकेका छन् ।
प्रदेश १ मा आज ६२८ जना निको भएका छन् । होम आईसोलेसनमा रहेका ६१७ जना निको भएका हुन् । त्यस्तै न्युरो अस्पतालबाट १० र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका छन् ।















