संगालोखबर सम्वाददाता

काठमाडौं । सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

Advertisement

सरकारले यसअघि केही निश्चत बर्ग बाहेक अन्यले आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो । संकटका बेला सरकार पछि हटेको भन्दै नागरिकस्तरबाट बिरोध भईरहेका बेला सरकारले सो निर्णय सच्याएको हो ।

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको सर्वोच्च अदालतले फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदनसमेत खारेज भएपछि सरकारलाई निर्णय सच्याउँन दवाव परेको थियो ।

सरकारको निर्णयसँगै अब सबै सरकारी प्रयोगशालामा पीसीआर परीक्षण निःशुल्क हुँनेछ । त्यस्तै सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!