संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का ४८४ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ६ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा मोरङका २०२, सुनसरीका १३८, झापाका ९२, खोटाङ र उदयपुरका १६/१६, इलामका ८, धनकुटाका ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुमका २/२ तथा भोजपुरमा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरमा ११७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४६ महिला र ७१ पुरुष छन् । मोरङको सुन्दरहरैचा र बुढीगंगामा १३/१३, बेलबारीमा १२, पथरीशनिश्चरेमा ११, रंगेलीमा ६, उर्लाबारी र कटहरीमा ४/४, सुनबर्षी, रतुवामाई, कानेपोखरी र ग्रामथानमा ३/३, मिक्लाजुङमा २, केराबारी, लेटाङ र जहदामा १/१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा ६३, धरानमा ४२, इनरुवामा १०, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी, बर्जु, रामधुनी र देवानगञ्जमा २/२, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यता झापाको दमकमा २८, विर्तामोडमा २०, भद्रपुर र कमल गाउँपालिकामा ८/८, कनकाईमा ७, मेचीनगरमा ४, गौरादहमा ३, शिवसताक्षी र बुद्धशान्तिमा २/२, अर्जुनधारा र बाह्रदशीमा १/१ र स्थानीय तह नखुलेका ८, खोटाङको दिप्रङ चुईचुम्मा १२, बराहपोखरी, दिक्तेल रुपाकोट मझुवागढी, जन्तेढुङ्गा र स्थानीय तह नखुलेका १/१, उदयपुरको त्रियुगामा ११, कटारीमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ४, सुर्योदय, माईजोगमाई, देउमाई र रोङमा १/१ जना संक्रमित भएका छन् ।

त्यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १ जनामा संक्रमण पुष्टि भएको छ । पाँचथरमा २, सोलुखुम्वुको सोलुदुधकुण्डमा २, संखुवासभाको मादी र खाँदबारीमा १/१, तेह्रथुमको म्याङलुङ र आठराईमा १/१ तथा भोजपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ । र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ६ सय १५ पुगेको छ । जसमध्ये १३ हजार ५ सय ६७ जना डिस्चार्ज भएका छन् ।

शनिवार पनि प्रदेश १ का ५२७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५२४ जना कोरोनामुक्त भएका छन् भने विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!