संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा शुक्रबार ३०८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३/३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैचामा ६, लेटाङमा ४, बेलबारी र पथरीशनिश्चरेमा ३/३, रंगेलीमा २, धनपालथान, ग्रामथान, सुनबर्षी, कटहरी, रतुवामाई र केराबारीमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ४९, इटहरीमा २१, इनरुवामा ७, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा २/२, भोक्राहानरसिंह, दुहवी, हरिनगर र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यता, झापाको दमकमा २८, विर्तामोडमा २१, भद्रपुरमा ९, शिवसताक्षी, अर्जुनधारा र मेचीनगरमा ३/३, कनकाई, हल्दिबारी र झापा गाउँपालिकामा २/२, गौरादह, कमल गाँउपालिका र स्थानीय तह नखुलेका १/१, तेह्रथुमको लालीगुराँसमा ४, म्याङलुङ र छथरमा १/१ तथा इलामको इलाम नगरपालिकामा २ र सुर्योदयमा १ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, धनकुटाको पाख्रीबासमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तैगरी, भोजपुरमा ३, उदयपुरको बेलका र त्रियुगामा १/१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभन्ज्याङ र संखुवासभाको खाँदबारीमा १/१ जनामा पनि संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ११७ पुगेको छ । जसमध्ये १३ हजार ४६ जना निको भएका छन् ।

प्रदेश १ मा शुक्रबार पनि ३५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३४३ जना कोरोनामुक्त भएका छन् । विराट मेडिकल कलेजबाट ३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाको आईसोलेशनबाट १/१ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!