काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बृद्धि भएको छ । आईतबार तोलामा ९७ हजार ७ सयले कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ५ सय रुपैयाँले बृद्धि भएको हो ।
मूल्य बृद्धि भएर सोमबार तोलामा ९८ हजार २ सय रुपैयाँले कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तैगरी, सोमबार चाँदीको मूल्य पनि बृद्धि भएको छ । आइतबार तोलामा १ हजार २ सय ७५ रुपैयाँले कारोबार भएको चाँदी सोमबार १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।