संगालोखबर सम्वाददाता

धनकुटा । गृह मन्त्रालयले धनकुटासहित १८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय शुक्रबारको निर्णय अनुसार सीडीओहरुको सरुवा गरिएको हो । धनकुटा, तेह्रथुम, पाँचथर, खोटाङ, भोजपुर, रामेछाप, महोत्तरी, गुल्मी, डोल्पा, मुगु लगायत जिल्लाका सीडीओको सरुवा भएको छ ।

Advertisement

धनकुटाका सीडीओ केशव प्रसाद विमली सरुवा भएर महोत्तरी जाँने भएका छन् । यता, गृह मन्त्रालय सिंहदरवारमा कार्यरत सह–सचिव बासुदेव दाहाल धनकुटाको सीडीओको रुपमा आउँदैछन् । भोजपुरका सीडीओ बसन्तराज पुरी पनि सरुवा भएका छन् । सीडीओ पुरी उदयपुरको कटारीस्थित ईलाका प्रशासन कार्यालयमा सरुवा भएका छन् । काठमाडौंस्थित अध्यागमन कार्यालय त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका बरिष्ठ अध्यागमन अधिकृत कृष्ण प्रसाद भण्डारी भोजपुरको सीडीओ भएर आउँने भएका छन् ।

त्यस्तै, पाँचथरका सीडीओ अर्जुन कुमार शर्मा रामेछाप जाँदैछन् भने गृह मन्त्रालयका उप–सचिव पुण्य प्रसाद ढकाल पाँचथरको सीडीओ भएर आउँने छन् । गृह मन्त्रालयकै उप–सचिव जयराज भण्डारी तेह्रथुमको सीडीओ बनेर आउँदैछन । यता, तेह्रथुमका सीडीओ विश्वराज न्यौपाने भने गृह मन्त्रालय जाँदैछन् । त्यस्तैगरी, खोटाङका सीडीओ शालिग्राम शर्मा पौडेल पनि गृह मन्त्रालय जाँदैछन् भने गृह मन्त्रालयका उप–सचिव मित्रलाल शर्मा खोटाङको सीडीओ भएर आउँदैछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!