धनकुटामा वेवारिसे शव भेटियो
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित काम्फेकमा आज बिहान एक बृद्धको शव फेला परेको छ । बिहान करिब ७ बजे भेडेटार–राजारानी सडक खण्डमा वेवारिसे शव फेला परेको हो ।
तराई मूलको जस्तो देखिने करिब ६०/६५ बर्षीय बृद्धको वेवारिसे शव भेटिएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । उनका अनुसार श्यामलो वर्णको, पातलो शरीर भएको, लामो दाह्री जुंगा कपाल, सेतो फुलेको, उनीको सेतो धर्का भएको...





























