संगालोखबर सम्वाददाता

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रक्रिया सुरु हुँने भएको छ । नौ महिना अघिदेखि बन्द रहेको लाइसेन्सको परीक्षा प्रक्रिया अब स्वास्थ्य सावधानी अपनाउँदै सुरु गर्ने तयारी गरिएको हो ।

Advertisement

कोरोनाका कारण गत ११ चैतदेखि सरकारले लकडाउन गरेपछि यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । गत असारदेखि कार्यालय खोलेर सवारी दर्ता र नवीकरण लगायत सेवा उपलब्ध गराईदै आएको भएपपनि लाइसेन्सको परीक्षा भने खुलेको थिएन । जसका कारण सेवाग्राही मारमा परेका थिए ।

अब, विभागले कोरोनाको जोखिमका कारण कोटा तोकेर आवेदन खोल्ने तयारी गरेको छ । लिखित र प्रयोगात्मक दुवै परीक्षाका लागि सामान्य अवस्थाको भन्दा करिब आधा मात्रै कोटा तोकेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

विभागले सबै कार्यालयलाई परीक्षा सञ्चालनका लागि तयार रहन पत्राचार गरिसकेको छ । पत्रमा कोरोना संक्रमणको सुरक्षाका लागि पीपीई, फेससिल्ड, मास्क, सेनिटाइजर आदिको व्यवस्थासहित तयार रहन भनिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!