संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४, मोरङमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र तेह्रथुममा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

सुनसरीको इटहरीमा १८, धरानमा १०, इनरुवा र बराहक्षेत्रमा २/२, रामधुनी र दुहवीमा १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै मोरङको विराटनगरमा १५, सुन्दरहरैंचामा ४, बुढीगंगामा २, मिक्लाजुङ, पथरीशनिश्चरे र बेलबारीमा १/१, झापाको दमकमा ४, मेचीनगरमा ३, बाह्रदशी र भद्रपुरमा २/२, शिवसताक्षी, कनकाई, बुद्धशान्ति, गौरादह, विर्तामोड र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, ताप्लेजुङको फुङलिङमा १३, इलामको सन्दकपुरमा २, इलाम नगरपालिका र चुलाचुलीमा १/१, पाँचथरको फिदिममा र स्थानीय तह नखुलेका १/१, उदयपुरको त्रियुगा र तेह्रथुमको आठराईमा १/१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ८७ पुगेको छ । जसमध्ये २३ हजार ९१६ जना निको भईसकेका छन् ।

प्रदेश १ मा आज ७८ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ७२ जना संक्रमित निको भएका हुन् । त्यस्तै मेची अस्पतालबाट ४ र विराट मेडिकल कलेजबाट २ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!