सांकेतिक तस्वीर
बिराटनगर । बिराटनगरमा खाना पकाउने ग्याँसको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१४ मलाहा रोडमा फोटोकपी तथा ग्याँस पसल चलाउँदै आएका मनिष यादवलाई ग्याँसको कालोबजारी गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
यादवले एउटा सिलिण्डरमा रहेको ग्याँस अर्को सिलिण्डरमा सारेर ग्याँसको तौल कम गरी बिक्री गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यादवको पसलबाट ११ वटा ठूला ग्याँस सिलिण्डर, दुई वटा सानो ग्याँस सिलिण्डर, एउटा तौल मेसिन, दुई वटा रेगुलेटर र एउटा एयर लिंक गर्ने पाईपसमेत बरामद गरेको छ ।