- संगालोखबर सम्वाददाता

काठमाडौं । डान्सिङ वीथ द स्टार्सको उपाधी सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । हिमालय टिभीबाट प्रशारण भएको डान्स रियालिटी शोको उपाधि मोक्तान र पार्कीको जोडीले जितेका हुन् ।

Advertisement

उपाधीसँगै उनीहरुले २० लाख नगद पुरस्कार पाएका छन् । डान्स रियालिटी शोमा उत्कृष्ठ तीनमा सुमि मोक्तान र विजु पार्की (टिम सुभिजु), प्रियाना आचार्य ‘मुन्नी’ र सुभम भुजेल (टिम प्रियम) र बुद्ध लामा र केबिका खत्री (टिम बुद्धिका) वीच अन्तिम प्रतिस्पर्धा भएको थियो ।

कार्यक्रममा फष्ट रनरअपको उपाधी टिम बुद्धिकाले पाएका छन् । प्रियम जोडी सेकेण्ड रनरअप भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!