भलबाढीले विराटनगरका दर्जनौं परिवार प्रभावित, विस्थापितलाई सुरक्षित स्थानमा सारिँदै

भलबाढीले विराटनगरका दर्जनौं परिवार प्रभावित, विस्थापितलाई सुरक्षित स्थानमा सारिँदै

विराटनगर । निरन्तर वर्षाका कारण मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका कम्तीमा ३६ परिवार विस्थापित भएका छन् । प्रभावित क्षेत्र पुगेर स्थलगत अनुगमन गर्ने काम जारी रहेकाले प्रभावित परिवारको यकिन संख्या संकलन भइनसकेको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट दर्जनौं परिवार प्रभावित भएको अनुमान गरिएको छ । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर–८ का १० परिवार विस्थापित भएको प्रहरील...
एसईईको नतिजा आजै सार्वजनिक हुने

एसईईको नतिजा आजै सार्वजनिक हुने

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । यसअघि शुक्रबारभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको बताएको बोर्डले कुनै प्राविधिक समस्या नआएमा आजै सार्वजनिक गर्ने जनाएको हो । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार कुनै समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने छ । गत वर्षको एसईईक...
ओखलढुंगामा पहिरोले घर बगाउँदा महिलाको मृत्यु, श्रीमान् र छोरी घाइते

ओखलढुंगामा पहिरोले घर बगाउँदा महिलाको मृत्यु, श्रीमान् र छोरी घाइते

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढीमा पहिरोले गएराति घर बगाउँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । शिंखुगढी गाउँपालिका–५ मा झरेको पहिरोले घर बगाउँदा स्थानीय ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण खड्काले संगालोखबरलाई दिएको जानकारी अनुसार मृतकका श्रीमान् बाबुराम खत्री र छोरी मेनुका खत्री पहिरोमा परी घाइते भएका छन् । पहिरोमा स्था...
अत्यधिक वर्षाको असरः विराटनगरका अधिकांश विद्यालय आज बिदा

अत्यधिक वर्षाको असरः विराटनगरका अधिकांश विद्यालय आज बिदा

विराटनगर । अत्यधिक वर्षाले विराटनगरको जनजीवन प्रभावित बनेको छ । गएरातिदेखि भइरहेको निरन्तर वर्षाका कारण महानगरका धेरै क्षेत्र जलमग्न बनेका छन् । वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि महानगरका विद्यालयहरुले आज एक दिनका लागि बिदा दिएका छन् । धेरैतिर डुबान भएकाले विद्यार्थीहरुलाई आउन समस्या हुने साथै कतिपय विद्यालय समेत डुबानमा परेपछि बिदा दिइएको हो । विराटनगर–५ स्थित एभरेस्ट स्कुललगायत विद्...
सर्पदंश र डुबेर झापामा दुई बालबालिकाको मृत्यु

सर्पदंश र डुबेर झापामा दुई बालबालिकाको मृत्यु

झापा । झापाका बेग्लाबेग्लै स्थानमा डुबेर तथा सर्पदंशले दुई बालबालिकाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१४ को फुलबासा खोलामा डुबेर हिजो साँझ स्थानीय बामरा सन्थालका २० महिने छोरा रिहानको मृत्यु भएको प्रहरीले जनाएको छ । खेल्न घरबाहिर निस्किएका उनी निकै बेरसम्म नआएपछि खोजी गरिएको थियो । त्यस क्रममा फुलबासा खोलामा तैरिरहेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैग...
आज दिउँसो र राति कोशीका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

आज दिउँसो र राति कोशीका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

विराटनगर । मनसुन सक्रिय हुँदा यसको प्रभाव बढ्दै जान थालेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा मनसुनको बढी प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनअघि पूर्वमा मात्र सक्रिय बनेको मनसुन देशभर फैलने क्रममा छ । अझै पनि बढी प्रभाव भने कोशी प्रदेशमै देखिएको छ । मोरङ, सुनसरी, झापालगायत कोशीका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । बाढीका कारण धनजनको क्षति हु...
फेला परेनन् बुढीखोलाले बगाएका सासु-बुहारी

फेला परेनन् बुढीखोलाले बगाएका सासु-बुहारी

विराटनगर । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले बगाएर बेपत्ता भएका मोरङको सुन्दरहरैँचाका दुईजना महिला अझै फेला पर्न सकेका छैनन् । बाढीले हिजो अपराह्न एकै परिवारका चार जनालाई बगाएको थियो । माछा मार्ने क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजनालाई बगाउँदा एकजनाको मृत्यु भएको थियो । बगेर स्थानीय २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बेपत्ता हुन...
विराटनगरसहित आसपास क्षेत्रमा रातिदेखि भारी वर्षा, अधिकांश क्षेत्र जलमग्न

विराटनगरसहित आसपास क्षेत्रमा रातिदेखि भारी वर्षा, अधिकांश क्षेत्र जलमग्न

विराटनगर । विराटनगर महानगरसहित मोरङका विभिन्न स्थानमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण नगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । राति करिब २ बजेदेखि व्यापक मेघ गर्जनसहित वर्षा भइरहेको हो । महानगरका विभिन्न क्षेत्रमा रहेका घरहरुको भुइँतलामा पानी पसेर जलमग्न बनेको भन्दै कतिपय स्थानीय बासिन्दाहरुले सामाजिक सञ्जालमा जानकारी दिइरहेका छन् । विराटनगर–४ की कृष्णा अधिकारीले रातिदेख...
धनकुटा नगरको बजेट १ अर्ब १२ करोड

धनकुटा नगरको बजेट १ अर्ब १२ करोड

धनकुटा । धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब १२ करोड २० लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भीमादेवी खनालले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । बजेटमा चालुतर्फ ५१ करोड २३ लाख ४० हजार विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ६० करोड ७७ लाख ३६ हजार छुट्याइएको छ । संघीय सरकारबाट आउने समानीकरण अनुद...
धरानमा स्कुटरको ठक्करले पैदलयात्रीको मृत्यु

धरानमा स्कुटरको ठक्करले पैदलयात्रीको मृत्यु

सुनसरी । धरान उपमहानगरपालिका–१७ रेल्वेस्थित सडकमा स्कुटरको ठक्करबाट एकजना पैदलयात्रीको महिलाको मृत्यु भएको छ । प्र–१–०२–०५ प ८७५३ नम्बरको स्कुटरको ठक्करबाट स्थानीय ३९ वर्षीया रत्नकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरले गएराति ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज अपराह्न उनको मृत्यु भएको प्रहरीले जनाएक...
कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज, अहिलेकै सरकारले निरन्तरता पाउने

कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज, अहिलेकै सरकारले निरन्तरता पाउने

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज भएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले आज रिट खारेज हुने फैसला गरेको हो । सर्वोच्च अदालतले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले २०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक...
मोरङको केराबारीमा विद्यालय जाँदै गरेका बालकको बगेर मृत्यु

मोरङको केराबारीमा विद्यालय जाँदै गरेका बालकको बगेर मृत्यु

विराटनगर । मोरङको कोरबारीमा विद्यालय जाने क्रममा एकजना बालकको बगेर मृत्यु भएको छ । केराबारी गाउँपालिका–४ याङ्शिलाका चित्रबहादुर राईका ११ वर्षीय छोरा श्याम मंगलबार बिहान स्थानीय गोबिने खोलामा बगेका थिए । प्रहरीका अनुसार खोजीका क्रममा उनलाई बगेको स्थानबाट सय मिटर तल खोला किनारमा मृत अवस्थामा फेला पारिएको थियो । उनी केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थि...
संखुवासभामा २० महिनाकी बालिका बलात्कृत

संखुवासभामा २० महिनाकी बालिका बलात्कृत

संखुवासभा । २० महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । बालिका घरमा एक्लै भएको अवस्थामा ती किशोरले बलात्कार गरेको पीडित पक्षले उजुरी दिएपछि प्रहरीले किशोरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार घटना असार ४ गतेको हो । अभिभावक खेतीको काममा बाहिर गएका बेला बालिकालाई किशोरले बलात्कार गरेको...
बुढीखोलामा बगेर एकजनाको मृत्यु, दुईजना बेपत्ता, एकजनाको उद्धार

बुढीखोलामा बगेर एकजनाको मृत्यु, दुईजना बेपत्ता, एकजनाको उद्धार

सुनसरी । मोरङ र सुनसरीको सीमामा पर्ने बुढीखोलामा बगेर एकजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् । खोलाले चारजना बगाएकामा एकजनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा–५ की २२ वर्षीया प्रेमकला चौधरी छिन् । बेपत्ता हुनेमा सुन्दरहरैँचा–५ की ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फूला चौधरी छन् । बगेकामध्ये सुन्दरहरैँचा–५ की २२ वर्षीया स्वस्तिका चौधरीको उद्धार गर...
एसईईको नतिजा शुक्रबारसम्म आइसक्ने

एसईईको नतिजा शुक्रबारसम्म आइसक्ने

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी शुक्रबारसम्म सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ढिलोमा शुक्रबारसम्म नतिजा प्रकाशन गर्ने जनाएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार देशभरबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाको अंक रुजुसहित इन्ट्री गर्ने तथा अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने काम अन्तिम चरणमा रहेको जनाएका छन् । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षाम...
करेन्ट लागेर सुनसरी र सप्तरीमा दुईजनाको मृत्यु

करेन्ट लागेर सुनसरी र सप्तरीमा दुईजनाको मृत्यु

सुनसरी । सुनसरी र सप्तरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका–१ लौकी घर भई इटहरी–१३ स्थित रिलायन्स फर्मा पोली प्रालिमा काम गर्ने २७ वर्षीय अर्जुनकुमार यादवको करेन्ट लागेर मृत्यु भएको हो । कम्पनी नजिकै रहेको कलबाट पानी तान्ने क्रममा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ...
सुनसरीको बुढीखोलामा पानीको बहाव उच्च, सावधानी अपनाउन आग्रह

सुनसरीको बुढीखोलामा पानीको बहाव उच्च, सावधानी अपनाउन आग्रह

सुनसरी । निरन्तरको वर्षाका कारण सुनसरीको बुढीखोलामा पानीको बहाव निकै बढेको छ । बुढीखोला जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको भन्दै आसपासका क्षेत्रमा सावधानी अपनाउन सुझाव दिइएको छ । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै बुढीखोलामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सावधान रहन भनेको हो । उक्त खोलाको तटीय क्षेत्रको डुबान भइरहने ह...
सर्वोच्च अदालतबाट आजै फैसला आउने सम्भावनाः के होला कोशी सरकार ?

सर्वोच्च अदालतबाट आजै फैसला आउने सम्भावनाः के होला कोशी सरकार ?

विराटनगर । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वाेच्च अदालतबाट आज फैसला आउने सम्भावना छ । सर्वोच्चको फैसला कस्तो आउला भन्ने जिज्ञासा राजनीतिक वृत्तसहित सर्वसाधारणमा पनि देखिन्छ । पटकपटक अदालतमा पुगेको कोशी सरकारको विषयले यसपटक कस्तो निकास पाउला भन्ने जिज्ञासाको उत्तर सर्वोच्चको फैसलाले दिने निश्चित छ । उक्त मुद्दामा आज अन्तिम बहस भइरहेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र न...
विद्यार्थीलाई पाइपले कुट्ने शिक्षक निलम्बित

विद्यार्थीलाई पाइपले कुट्ने शिक्षक निलम्बित

झापा । विद्यार्थीलाई कुटपिट गर्ने झापाको बुद्धशान्ति–१ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयका शिक्षक विवेश भण्डारीलाई निलम्बन गरिएको छ । कक्षा ७ का विद्यार्थीहरुलाई कुट्ने ‘डिसिप्लिन इन्चार्ज’ भण्डारीलाई विद्यालयले निलम्बन गरेको हो । विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गर्ने निर्ण गरेको समिति अध्यक्ष मनोरथ तिवारीले बताए । एक महिनाभित्र समितिमा लिखित स्पष्टीकरण द...
चट्याङ लागेर झापामा दुईजनाको मृत्यु

चट्याङ लागेर झापामा दुईजनाको मृत्यु

झापा । झापाका बेग्लाबेग्लै स्थानमा चट्याङ लागेर आज दुईजनाको मृत्यु भएको छ । चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए । उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी दिएका थिए । य...
धनकुटामा झमक घिमिरेको नामबाट गरियो सडकको नामकरण

धनकुटामा झमक घिमिरेको नामबाट गरियो सडकको नामकरण

धनकुटा । देश-विदेशमा प्रसिद्ध राष्ट्रिय प्रतिभा झमक घिमिरेको सम्मानस्वरुप धनकुटा नगरपालिकाले नगरको एउटा सडकलाई उनकै नाममा नामकरण गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको आइतवार बसेको बैठकको यस्तो निर्णय गरेको हो । मदन पुरस्कार विजेता तथा धनकुटाको गहनाका रुपमा रहेकी झमकको सम्मानका लागि धनकुटा–६ स्थित आयुर्वेदिक अस्पतालदेखि वडा ४ मा पर्ने स्कुलडाँडासम्मको सडकलाई उनकै नाममा नामकरण गर्ने निर्णय भएको...
विराटनगर महानगरले ल्यायो ३ अर्ब ४९ करोड ९८ लाखको बजेट

विराटनगर महानगरले ल्यायो ३ अर्ब ४९ करोड ९८ लाखको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको वजेट प्रस्तुत गरेको छ । सोमवार नगरसभाको चौधौँ अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले आर्थिक वर्ष २०८१–८२ का लागि उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको साँवा ब्याज भुक्तानीका लागि ५ करोड, चालु आर्थिक वर्षको चालु खर्चतर्फको दायित्व...
नागरिकको स्वास्थ्यसँग जोडिँदै प्रदेश सरकार

नागरिकको स्वास्थ्यसँग जोडिँदै प्रदेश सरकार

धनकुटा । धनकुटा जिल्ला अस्पतालको प्रशासनिक भवन नजिक अर्को ‘भव्य’ भवन बन्दैछ । ४० करोड खर्च गरेर बनाइदै गरेको पाँच तले भवन जिल्ला अस्पतालकै हो । कृषि ज्ञान केन्द्रको २५ रोपनी जग्गालाई जिल्ला अस्पताल मातहत ल्याएर धमाधम अस्पताल भवन निर्माण भइरहेको छ । १५ शय्याको धनकुटा जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने कोशी प्रदेश सरकारको योजना अनुसार अस्पताल स्तरोन्नतिको प्रकृया अघि बढेको हो । झापाको...
मोटरसाइकलको ठक्करले उदयपुरमा वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करले उदयपुरमा वृद्धाको मृत्यु

उदयपुर । मदन भण्डारी राजमार्गको बेलका नगरपालिका–५ मा मोटरसाइकलको ठक्करले पैदलयात्री महिलाको मृत्यु भएको छ । सुपाडेबाट चतरातर्फ गइरहेको ‘अनटेस्ट’ मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ८९ वर्षीया मायासरी राईको मृत्यु भएको हो । प्रहरीका अनुसार ठक्करले टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका...
‘प्रेमिकाबाट धोका पाएपछि’ धनकुटा अस्पतालका कर्मचारी मेहताले रोजे मृत्यु

‘प्रेमिकाबाट धोका पाएपछि’ धनकुटा अस्पतालका कर्मचारी मेहताले रोजे मृत्यु

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा कार्यरत् ल्याब असिस्टेन्ट अर्जुन मेहता मृत अवस्थामा फेला परेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ घर भएका २८ वर्षीय मेहताले प्रेमिकाबाट धोका पाएको आशयको स्टाटस लेखेर ‘आत्महत्या’ गरेका हुन् । केही दिनका लागि बिदामा घर गएका उनी आज बिहान मृत अवस्थामा भेटिएको जानकारी आएको अस्पताल स्रोतले जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले घटनाको पुष्टि गर्दै यसबार...
सोलुखुम्बुको ५४४१ फिट उचाईमा नृत्य गरेर सुरेन्द्र र सुसनले बनाए विश्व कीर्तिमान

सोलुखुम्बुको ५४४१ फिट उचाईमा नृत्य गरेर सुरेन्द्र र सुसनले बनाए विश्व कीर्तिमान

काठमाडौं । नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङ गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् । नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन् । सुसन र सुरेन्द्रले १९ मे (जेठ ६ गते) सोलुखुम्बुस्थित काला पत्थरमा आफ्नो कला पस्केका थिए । काला पत्थर ५६४४.५ मिटर (१८,५१९ फिट) ...
झापाको कमल गाउँपालिकाका तीनजना किशोरी पाँच दिनदेखि बेपत्ता

झापाको कमल गाउँपालिकाका तीनजना किशोरी पाँच दिनदेखि बेपत्ता

झापा । झापाको कमल गाउँपालिका–७ का तीनजना किशोरी पाँच दिनदेखि सम्पर्कविहीन बनेका छन् । उक्त वडाको बाह्रघरे टोलका उनीहरु गत असार ५ गतेदेखि बेपत्ता भएका हुन् । खोजी जारी राखिए पनि फेला पार्न नसकिएको परिवारले जनाएका छन् । स्थानीय १३ वर्षीया जेनिसा श्रेष्ठ, १२ वर्षीया दीक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकियासन बेपत्ता भएका हुन् । परिवारले खोजीका लागि प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् । परिव...
पहिरोले जोखिम बढेपछि पाँचथरको याङ्वरकका ९६ परिवार विस्थापित

पहिरोले जोखिम बढेपछि पाँचथरको याङ्वरकका ९६ परिवार विस्थापित

पाँचथर । बाढी र पहिरोका कारण पाँचथरको याङ्वरकका ९६ परिवार विस्थापित बनेका छन् । उक्त गाउँपालिकाको वडा २ र ३ का त्यति परिवार विस्थापित भएका हुन् । असार लागेयता निरन्तर भइरहेको वर्षापछि पहिरो खस्दा अनि स्थानीय खोलामा आएको बाढीले जोखिम बढेपछि गाउँले सुरक्षित स्थान खोज्दै अन्यत्र गएका छन् । प्रहरीका अनुसार याङ्वरक गाउँपालिका ३ नम्बर वडाका ५४ र २ मा ४२ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरु व...
टिपरको ठक्करले संखुवासभाको चैनपुर नगरपालिकाका कर्मचारीको मृत्यु

टिपरको ठक्करले संखुवासभाको चैनपुर नगरपालिकाका कर्मचारीको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुरमा भएको सवारी दुर्घटनामा नगरपालिकाका कर्मचारीको मृत्यु भएको छ । चैनपुर नगरपालिका–८ मा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार ४९ वर्षीय पदम श्रेष्ठको मृत्युृ भएको हो । उनी चैनपुर नगरपालिकाको योजना शाखाका कर्मचारी हुन् । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत चैनपुर–सभाखोला सडक खण्डको घुमाउरो ठाउँमा शनिबार बेलुका दुर्घटना भएको हो । चैनपुरबाट खराङ जाँदै गरेको प्रदेश ०१–०२ ख ...
करणले जिते नेपाल आइडलको उपाधि

करणले जिते नेपाल आइडलको उपाधि

काठमाडौं । बर्दियाका करण परियारले नेपाल आइडल सिजन-५ को उपाधि जितेका छन् । काठमाडौंमा शनिवार राती सम्पन्न ग्रान्ड फिनालेमा पोखराकी सलोमी गुरुङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई उछिन्दै करणले उपाधि जितेका हुन् । उपाधिसँगै करणले नगद २५ लाख र ट्रफी पाएका छन् । फस्ट रनरअप सलोमीले १० लाख र सेकेन्ड रनरअप सचिनले ५ लाख नगद पुरस्कार पाएका छन् । एपीवान टेलिभिजनले फागुन २४ देखि गायन रियालिटी शो...
कोशीसहित देशभरका राहत शिक्षक आन्दोलन उत्रने

कोशीसहित देशभरका राहत शिक्षक आन्दोलन उत्रने

विराटनगर । सरकारले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राहत शिक्षकहरु फेरि आन्दोलनमा उत्रने भएका छन् । नेपाल राहत शिक्षक कोशी प्रदेश समिति र नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति मोरङको शनिबार मोरङको बेलबारीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बेलबारीको वेतना सिमसार क्षेत्रस्थित सभा हलमा कोशी प्रदेश अध्यक्ष गुरुप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा कोशी प्रदेशका १४ वटै जिल्लाका अध्...
error: Content is protected !!