२०८१ पुष ३ गते बुधबार/आजको राशिफल

२०८१ पुष ३ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ पुष ०३ गते बुधबार ई.सं.२०२४ डिसेम्बर १८ नेपाल सम्बत ११४५ थिंलागा तृतीया , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण तृतीया , चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, यन्द्र योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४८ बजे, सूर्यास्त साँझ ०५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा...
सुनसरीको देवानगञ्जमा करेन्ट लाग्दा बुबाको मृत्यु, छोरा गम्भीर घाइते

सुनसरीको देवानगञ्जमा करेन्ट लाग्दा बुबाको मृत्यु, छोरा गम्भीर घाइते

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । उनीहरू बाबु-छोरा रहेका प्रहरीले जनाएको छ । आज दिउँसो पानी तान्ने मोटरबाट करेन्ट लाग्दा ३८ वर्षीय राजा मेहताको मृत्यु भएको इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए । उनलाई उपचारको लागि कोशी अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ...
धनकुटाका उत्कृष्ट सात कृषक सम्मानित

धनकुटाका उत्कृष्ट सात कृषक सम्मानित

धनकुटा । धनकुटाका सात जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । ४४ औं विश्व खाद्य दिवसको अवसर पारेर कृषि ज्ञान केन्द्र धनकुटाले कृषकहरूलाई सम्मान गरेको हो । उत्कृष्ट कृषि कर्मका आधारमा प्रथम हुनेमा छथर जोरपाटी-६ का मेघबहादुर खड्का, द्वितीय हुनेमा चौबिसे-६ का लालमान राई र तृतीय हुनेमा पाख्रीवास–२ का डम्बरबहादुर राय छन् । सहिदभूमि-६ का लोकेन्द्र राईले सान्‍त्‍वना पुरस्कार पाएका छन् भने महालक्ष्मी-१ ...
विराटनगरको रोजगार मेलामा सबैभन्दा बढी नर्सको माग

विराटनगरको रोजगार मेलामा सबैभन्दा बढी नर्सको माग

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा दुईदिनसम्म सञ्चालन भएको रोजगार मेलामा सबैभन्दा बढी स्टाप नर्सको माग भएको छ । विराटनगर-७ स्थित इको पार्कमा हिजो र आज सञ्चालन भएको मेलामा एक सय भन्दा बढी नर्सको माग भएको हो । नोवेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट एक सय बढी सयभन्दा नर्सको माग आएको महानगरको रोजगार शाखाका कपिल थापाले जानकारी दिए । नर्स बाहेक प्रशासन, बजार व...
लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्री सार्वजनिक

लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्री सार्वजनिक

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागूऔषध दुर्व्यसनी विरुद्धको  सचेतनामूलक सन्देश बोकेको श्रव्यदृश्य सामग्री सार्वजनिक गरेको छ । कोशी प्रदेश सरकारको सहयोगमा लिम्बू, बान्तवा, थारू  र मैथिली भाषालाई समेटेर तयार पारिएको सामग्री आज सार्वजनिक गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले श्रव्यदृश्य सामग्री सार्वजनिक गरेका हुन् । मोरङको केराबारी, झोराहाट, सुनसरीको बर्ज...
भेडेटारबाट धरान आउँदै गरेको कारमा १९० किलो गाँजा भेटियो

भेडेटारबाट धरान आउँदै गरेको कारमा १९० किलो गाँजा भेटियो

सुनसरी । धनकुटाको भेडेटारबाट सुनसरीको धरान आउँदै गरेको कारबाट एक सय ९० किलो गाँजा बरामद भएको छ । आज बिहान १० बजेतिर धरान-१३ शिवधारास्थित कोशी लोकमार्गबाट गाँजा बरामद भएको हो । बा १० च ६८५२ नम्बरको कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार कार चालक फरार छ...
धनकुटा बजार क्षेत्रका विद्यालय र पसलको अनुगमन गर्दा भेटियो कैफियत

धनकुटा बजार क्षेत्रका विद्यालय र पसलको अनुगमन गर्दा भेटियो कैफियत

धनकुटा । धनकुटा बजार क्षेत्रका विद्यालय र पसलको अनुगमनका क्रममा कैफियत भेटिएको छ । आज सात नम्बर वडाका विद्यालय र पसलको अनुगमनका क्रममा यस्तो भेटिएको हो । वडा कार्यालय र नगर प्रहरीको टोलीले गरेको अनुगमनका क्रममा विद्यालयको चमेना गृहमा सरसफाइको कमी पाइएको छ । यस्तै शौचालयमा सरसफाइ नभएको र आवश्यक सामग्री समेत नराखेको पाइएको हो । विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन तथा विसर्जनका लागि समस्या पाइएको...
इटहरीमा हुने जेसीजको राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने 

इटहरीमा हुने जेसीजको राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने 

विराटनगर । सुनसरीको इटहरीमा हुने नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनको उद्‌घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । आज आयोजक समितिले पत्रकार सम्मेलन गर्दै पुस ६ गते महाधिवेशनको उद्‌घाटन प्रधानमन्त्री ओलीले गर्ने जानकारी दिएको हो । महाधिवेशन पुस ६, ७ र ८ गतेसम्म इटहरी-९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन आयोजक समिति...
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा अदालतले अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो । पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न...
कोशीमा धान उत्पादन बढ्यो

कोशीमा धान उत्पादन बढ्यो

विराटनगर । कोशी प्रदेशमा बर्खे धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा कोशीमा ३६ हजार पाँच सय १८ दशमलव १५ मेट्रिक टन बढी धान उत्पादन भएको हो । दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुँदा यस वर्ष ११ लाख ८२ हजार दुई सय २१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष दुई लाख ६९ हजार नौ ४६ हेक्टर जमिनमा धान रोपाइँ हुँदा ११ लाख ४५ हजार सात सय तीन मेट्रिक टन धान उत्पादन भएको थियो...
पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

ताप्लेजुङ । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल अघि बढाउने भइएको छ । पाथीभरा क्षेत्र विकास समितिको हिजो बसेको बैठकले पाथीभरालाई विश्व सम्पदामा सूचीमा सूचिकृत गर्ने पहल अघि बढाउने निर्णय गरेको हो । पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले पाथीभरा मन्दिर विश्व सम्पदा सूचीमा सूचिकृत हुन सक्ने सम्भाव्यता बोकेको क्षेत्र र पर्याप...
मोरङको सुनवर्षीमा गुडिरहेको ट्रक रोकिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङको सुनवर्षीमा गुडिरहेको ट्रक रोकिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ भेरुवाथान स्थित रंगेली-विराटनगर सडक खण्डमा ट्रक मुनी मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ । हिजो राति करिब साढे आठ बजेको समयमा डाइनिया तर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रक स्टार्ट बन्द भएर रोकिएको थियो । सोही क्रममा सोही दिशातर्फ जाँदै गरेको मे ४ प १८२३ नम्बरको मोटरसाइकल ठोक्किएर  ट्रक मुनी पुगेको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी-९ बालुबा...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । हिजो चार सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्य स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँ तोकिएको छ । हिजो पनि...
२०८१ पुष २ गते मंगलबार/आजको राशिफल

२०८१ पुष २ गते मंगलबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०८१ पुष ०२ गते मंगलबार ई.सं.२०२४ डिसेम्बर १७ नेपाल सम्बत ११४५ थिंलागा द्वितीया , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण द्वितीया , चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, ब्रद्म योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४७ बजे, सूर्यास्त साँझ ०५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर...
तमोर करिडोरमा पेट्रोल पम्प सञ्चालन

तमोर करिडोरमा पेट्रोल पम्प सञ्चालन

ताप्लेजुङ । तमोर करिडोरमा पेट्रोल पम्प सञ्चालनमा आएको छ । ताप्लेजुङ र पाँचथरबाट इटहरी-विराटनगर जोड्ने सडक खण्डमा बढ्दो सवारीसाधनको चापलाई दृष्टिगत गर्दै पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो । पाँचथरको कुम्मायक गाउँपालिका-५ स्थित भुल्केमा चार करोडको लगानीमा पेट्रोल पम्प निर्माण गरिएको छ । तमोर करिडोरबाट ताप्लेजुङ स्थित पाथिभरामा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पम्प सञ्चालनमा ल्याइएको ...
ताप्लेजुङको फुङलिङमा फुटबल प्रतियोगिता हुँदै

ताप्लेजुङको फुङलिङमा फुटबल प्रतियोगिता हुँदै

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-६ बतासेमा खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । ताप्लेजुङ स्पोर्टिङ क्लबले गुरुङ समुदायका मार्गदर्शक तथा समाजसेवी स्व. पदम बहादुर गुरुङको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो । पुस ११ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने खेल संयोजक पब्लिक गुरुङले जानकारी दिए । प्रतियोगिता निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बा स्थित लक्ष्मी...
सेयर बजारमा उच्च अङ्कको गिरावट

सेयर बजारमा उच्च अङ्कको गिरावट

विराटनगर । आज सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । नेप्से आज ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ९१ विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको सेयर उच्च अङ्कले ओरालो लागेको हो । जानकी फाइनान्स कम्पनीको सेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर भने १० प्रतिशतले बढेको...
यू-१९ महिला एशिया कपमा नेपालले पाकिस्तानलाई हरायो

यू-१९ महिला एशिया कपमा नेपालले पाकिस्तानलाई हरायो

विराटनगर । यू-१९ महिला एशिया कम क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आज मलेसियाको क्वालालम्पुरमा भएको खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो । नेपालकी कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय चार...
विराटनगरमा सुरु भयो रोजगार मेला 

विराटनगरमा सुरु भयो रोजगार मेला 

विराटनगर । विराटनगरमा दुई दिने रोजगार मेला सुरु भएको छ । स्विस कन्ट्याक्टको सहयोगमा महानगरपालिकाले आयोजना गरेको मेलाबाट तीन सय जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ । विराटनगर-७ स्थित विरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा आज भेलाको शुभारम्भ गरिएको हो । मेलामा साना, घरेलु तथा मझौला उद्योग, रोजगारदाता कम्पनी, सञ्चार संस्थालगायतको ३० वटा स्टल रहेका छन् । मेलाको उद्‌घाटन गर्दै महानगरपालिकाका...
झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा । झापाको दमक नगरपालिका-१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार गौरादह नगरपालिका-५ का ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँका २५ वर्षीया ओमकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मोरङ रतुमाई नगरपालिका-८ का २७ वर्षीय विराज थापा घाइते भएका छन...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

विराटनगर । आज सुनको मूल्य बढेको छ । हिजो आइतबार दुई हजार दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँ तोकिएक...
२०८१ पुष १ गते सोमबार/आजको राशिफल

२०८१ पुष १ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ पुष ०१ गते सोमबार ई.सं.२०२४ डिसेम्बर १६ नेपाल सम्बत ११४५ थिंलाथ्व पारु , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण प्रतिपदा , चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, शुक्ल योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४७ बजे, सूर्यास्त साँझ ०५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐना...
ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा दुई दिन स्थानीय बिदा

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा दुई दिन स्थानीय बिदा

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पुसे मेलामा दुई दिन स्थानीय बिदा दिएको छ । ५१ औँ पुसे मेलाको अवसरमा पुस ३ र ४ गते स्थानीय बिदा दिइएको पालिका अध्यक्ष यूक हां विर हाँगाम् (डम्बर)ले जानकारी दिए । उक्त दिन गाउँपालिका भित्रका शैक्षिक संस्था, सरकारी कार्यालय र सङ्घसंस्थाहरू बन्द रहने छन् । आकस्मिक सेवा भने बन्द नहुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा मंसिर १९ गते बसेको कार्यपालिका ब...
सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-९ डुम्राहामा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो साँझ प्रदेश नम्बर १-०२-००४ ह १४८१ नम्बरको सफारी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । प्रहरीका अनुसार खेतबाट धान ओसार्ने क्रममा सिटी अचानक दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका सफारी चालक सोही स्थानका ५० वर्षीय पुरण चौधरीको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय ...
फिदिममा फाल्गुनन्द गोल्डकपको एघारौँ संस्करण हुँदै

फिदिममा फाल्गुनन्द गोल्डकपको एघारौँ संस्करण हुँदै

पाँचथर । पाँचथरको फिदिममा फाल्गुनन्द गोल्डकपको एघारौँ संस्करण पुस ६ गतेबाट सुरु हुने भएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका चारसहित १० टिमको सहभागिता रहने आयोजक फिदिम स्पोर्टिङ क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा चर्च ब्वाइज, न्युरोड एनआरटी, मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने छन् । यस्तै चित्लाङ क्लब काठमाडौं, विराट सिटी फुटबल क्लब विराटनगर, सहलेस युवा क...
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा एक हजार दुई सय घटेको सुन आज पनि दुई हजार दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४०...
मोरङको ग्रामथानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङको ग्रामथानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राति करिब १२ः१० बजेको समयमा विराटनगरबाट विराटचोकतर्फ जाादै गरेको प्रदेश १-०४-००२ प १९०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नहरको पुलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कटहरी गाउँपालिका-१ का २२ वर्षीय आशिक मरिक र मोटरसाइकल पछाडि सवार ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । उनीहरू बाब...
२०८१ मंसिर ३० गते आइतबार/आजको राशिफल

२०८१ मंसिर ३० गते आइतबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०८१ मंसिर ३० गते आइतबार ई.सं.२०२४ डिसेम्बर १५ नेपाल सम्वत् ११४५ थिंलाथ्व पूर्णिमा, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायन हेमन्त ऋतु, मार्गशुक्ल पूर्णिमा, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र , शुभ योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ ०५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर ...
सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकार लागिपरेको छ: पूर्वमन्त्री राई

सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकार लागिपरेको छ: पूर्वमन्त्री राई

धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकार लागि परिरहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंक धनकुटाले आयोजना गरेको क्षमता अभिवृद्धि तालिम उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री राईले यस्तो बताएका हुन । बचतकर्ताहरूले सहकारीमा बचत गरेको रकम डुब्नु नहुनेमा उनले जोड दिए । दुख गरेर जम्मा गरेको रकम अपचलन हुनु गम्भीर विषय भएको...
२०८१ मंसिर २८ गते शुक्रबार/आजको राशिफल

२०८१ मंसिर २८ गते शुक्रबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०८१ मंसिर २८ गते शुक्रबार ई.सं.२०२४ डिसेम्बर १३ नेपाल सम्वत् ११४५ थिंलाथ्व त्रयोदशी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायन हेमन्त ऋतु, मार्गशुक्ल त्रयोदशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र , शिव योग, कौलब करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४५ बजे, सूर्यास्त साँझ ०५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखम...
प्रधानमन्त्री ओलीले गरे आफैँ पढेको विद्यालयको भवन उद्‌घाटन

प्रधानमन्त्री ओलीले गरे आफैँ पढेको विद्यालयको भवन उद्‌घाटन

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-४ इवामा रहेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका छन् । हिजो एका कार्यक्रमबीच प्रधानमन्त्री ओलीले १८ कोठे पक्की भवनको उद्‌घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले यही विद्यालयमा कक्षा चार सम्म अध्ययन गरेका थिए । कार्यक्रम बोल्दै प्रधानमन्त्री ओलीले आफूले पढेको विद्यालयको भवन उद्‌घाटन गर्न पाउँदा हर्षित भएक...
error: Content is protected !!