झापाबाट गाँजा र तीन लाख नगदसहित युवती पक्राउ

झापाबाट गाँजा र तीन लाख नगदसहित युवती पक्राउ

झापा । झापामा गाँजा र नगदसहित एक युवती पक्राउ परेकी छन् । बुद्धशान्ति गाउँपालिका-३ बाट चार केजी गाँजा र तीन लाख छ हजार आठ सय ७० नेपाली रुपैयाँ साथै दुई हजार तीन सय भारुसहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी हुन् । गएराति साढे ११ बजेतिर धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट गाँजा र नगद बरामद भएको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गाँजा जोख्ने तराजु, ढक, लाइटर,...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ तोकिएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक लाख ४८ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १० रुपैयाँ घटेर एक हजार सात सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाम...
तेह्रथुममा मापसे गरेर ‘बबन्डर’ मच्चाएका बुढाथोकीको मृत्यु

तेह्रथुममा मापसे गरेर ‘बबन्डर’ मच्चाएका बुढाथोकीको मृत्यु

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-१ सिम्लेका एक व्यक्तिले मादक पदार्थ सेवन गरेर ‘बबन्डर’ मच्चाएका छन् । सोही वडाका अन्दाजी ४२ वर्षीय अमृत बहादुर बुढाथोकीले शुक्रबार मापसे गरेर छिमेकी दम्पती र पशु चौपायालाई खुकुरी प्रहार गर्नुका साथै विभिन्न स्थानमा आगजनी गरेका थिए । छिमेकी हरि बहादुर माझी र उनकी श्रीमती फुलमायालाई खुकुरी प्रहार गरेर बुढाथोकीले घाइते बनाएका थिए । बुढाथोकीले अर्का छिमेकी विज...
२०८१ पुष ०७ गते आइतबार/आजको राशिफल

२०८१ पुष ०७ गते आइतबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०८१ पुष ०७ गते आइतबार ई.सं.२०२४ डिसेम्बर २२ नेपाल सम्वत् ११४५ थिंलागा सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायन हेमन्त ऋतु, पुष कृष्ण सप्तमी, चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, आयुश्मान योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५० बजे, सूर्यास्त साँझ ०५ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ ...
विराटनगरका व्यवसायी अग्रवालमाथि निर्घात कुटपिट

विराटनगरका व्यवसायी अग्रवालमाथि निर्घात कुटपिट

विराटनगर । विराटनगरका व्यवसायी विजय अग्रवालमाथि निर्घात कुटपिट भएको छ । आज बिहान करिब ११ बजे युवाहरूको समूहले व्यवसायी अग्रवालमाथि निर्घात कुटपिट गरेको हो । अग्रवाल, विराटनगरको तृष्णा होटलका सञ्चालक हुन् । उनले ट्राफिक चोकमा बालाजी कपडा पसल पनि सञ्चालन गर्दै आएका छन् । कपडा पसलमै आएर युवाहरूले उनीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट अग्रवालको शरीरका विभिन्न भागमा चोट लागेको छ । व्यवसायी अग्रवा...
विराटनगरमा सुरु भयो नेपाल-भारत होमियोपैथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलन

विराटनगरमा सुरु भयो नेपाल-भारत होमियोपैथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलन

विराटनगर । नेपाल-भारत होमियोपैथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलन शनिबारदेखि विराटनगरमा सुरु भएको छ । नेपाल होमियोपैथिक चिकित्सक सङ्घको केन्द्रीय कार्यालय विराटनगरले दुई दिने सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा वरिष्ठ होमियोपैथिक चिकित्सक डा.जीवन प्रकाश रायलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र होमियोपैथिक चिकित्सक सङ्घका केन्द्रीय अध...
तेह्रथुममा टिकटक बनाउँदा खोलामा खसेर दुई जनाको मृत्यु

तेह्रथुममा टिकटक बनाउँदा खोलामा खसेर दुई जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा टिकटक बनाउने क्रममा दुई जनाको मृत्यु भएको छ । स्थानीय गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका र सोही विद्यालयमा अध्ययनरत छात्राको मृत्यु भएको हो । आज दिउँसो करिब साढे दुई बजे टिकटक बनाउने क्रममा खोरूङ्गाको हाइड्रोपावर खोलामा झरेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर घर भएकी शिक्षिका अन्दाजी २५ वर्षीया रविना राजवंशी र मोराहाङ बजारकी अ...
जनकपुर बोल्ट्सले जित्यो एनपीएको उपाधि 

जनकपुर बोल्ट्सले जित्यो एनपीएको उपाधि 

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीए) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ५ विकेटको क्षतिमा ४ बल अगावै पुरा गरेको हो । 
२०८१ पुष ६ गते शनिबार/आजको राशिफल

२०८१ पुष ६ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ पुष ०६ गते शनिबार ई.सं.२०२४ डिसेम्बर २१ नेपाल सम्बत ११४५ थिंलागा षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण षष्ठी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, प्रीति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५० बजे, सूर्यास्त साँझ ०५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जु...
हिमाली तोक्पेगोलाले जित्यो ताप्लेजुङमा सम्पन्न क्लब स्तरीय फुटबलको उपाधि  

हिमाली तोक्पेगोलाले जित्यो ताप्लेजुङमा सम्पन्न क्लब स्तरीय फुटबलको उपाधि  

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा थलङमा सम्पन्न क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि हिमाली तोक्पेगोला पापुङले जितेको छ । आज भएको फाइनल खेलमा यातायात व्यवसायी सङ्घ ताप्लेजुङलाई २–३ गोल अन्तरले हराउँदै पापुङले उपाधि जितेको हो । विजेता टोलीले एक लाख एक हजार एक सय ११ नगद र उपविजेताले ६१ हजार नगदसहित ट्रफी पाए । खेलकुद क्षेत्रको विकाससँगै मिक्वाखोला रहेको फुङ्फुङे झरनासह...
एशिया कप यू-१९ महिला क्रिकेटमा बङ्गलादेशसँग नेपाल पराजित

एशिया कप यू-१९ महिला क्रिकेटमा बङ्गलादेशसँग नेपाल पराजित

विराटनगर । यू-१९ एशिया कप क्रिकेटमा बङ्गलादेशसँग नेपाल पराजित भएको छ । आज भएको ‘सुपर-फोर’ को खेलमा बङ्गलादेशसँग नेपाल ९ विकेटले पराजित भएको हो । यो सँगै नेपालको फाइनल यात्रा समाप्त भएको छ । बङ्गलादेश भने फाइनलमा पुगेको छ । नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटाएको थियो । बङ्गलादेशकी फहोमिदा चोयाले नटआउट २६ रन बनाइन् । नेपालकी कुसुम गोदारले १ विकेट लिइन् ...
कोशी खेलकुद बोर्डद्वारा खेल सङ्घ दर्ता सम्बन्धी मार्गनिर्देशन पारित

कोशी खेलकुद बोर्डद्वारा खेल सङ्घ दर्ता सम्बन्धी मार्गनिर्देशन पारित

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल सङ्घ तथा खेल संस्थाहरूको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन २०८१ पारित गरेको छ । सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औँ बैठकले मार्गनिर्देशन पारित गरेको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले मार्गनिर्देशन पारित गरेको हो । मार्गनिर्देशनले खेलकुद विकास बो...
सुन्दरहरैँचामा हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

सुन्दरहरैँचामा हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा हात्तीले आक्रमण गर्दा एक जना महिलाको मृत्यु भएको छ । आज बिहान सिर्जना सामुदायिक वनमा दाउरा खोज्न गएकी स्थानीय ४० वर्षीय गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जङ्गली हात्तीको आक्रमणमा परेर घाइते भएकी महिलालाई उपचारका नोबेल अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
धनकुटामा ४४ सय गाँजाको बोट फडानी 

धनकुटामा ४४ सय गाँजाको बोट फडानी 

धनकुटा । धनकुटाको विभिन्न स्थानमा प्रहरीले चार हजार चार सय गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ । हिजो जिल्ला प्रहरी कार्यालय मातहतका कार्यलयहरूले आफैँ उम्रिएको र अवैध तरिकाले लगाइएको करिब आठ रोपनी क्षेत्रफलमा गाँजा फडानी गरेर नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-७ को बिभिन्न स्थानबाट चार हजार गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ । यस्तै इला...
रात्रिकालीन व्यवसाय व्यवस्थित नबनाए अर्को निर्णय हुनसक्छ : मेयर कोइराला

रात्रिकालीन व्यवसाय व्यवस्थित नबनाए अर्को निर्णय हुनसक्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाले रात्रिकालीन व्यवसाय व्यवस्थित बनाउने विषयमा सम्बन्धित व्यवसायीहरूसँग छलफल गरेको छ । दोहोरी साँझ र गीतगजल व्यवसायका कारण ध्वनि प्रदूषणसँगै हो-हल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर छलफल गरेको हो । छलफलका क्रममा मेयर नागेश कोइरालाले तीन दिनभित्र ध्वनि प्रदुषण कम गर्न व्यवसायीहरूलाई निर्देशन दिएका छन् । कोइरालाले ध्वनि प्रदूषण र हो-हल्लाले र...
सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार पाँच सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेको थियो । उक्त दिन सुन तोलामा एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १० रुपैयाँ घट...
पाथीभरामा एक महिनामा ४१ लाख भेटी सङ्कलन

पाथीभरामा एक महिनामा ४१ लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा मन्दिरमा एक महिनाको अवधिमा ४१ लाख बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार मंसिर महिनामा ४१ लख १७ हजार रुपैयाँ भेटी सङ्कलन भएको हो । सङ्कलित रकम नेपाल बैँक लिमिटेड ताप्लेजुङ शाखामा जम्मा गरिएको समितिले जनाएको मंसिर महिनामा २१ हजार एक सय ८० जनाले पाथिभराको दर्शन गरेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । समितिले प्रत्येक मह...
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले विद्यार्थीलाई कोचिङ पढाउने 

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले विद्यार्थीलाई कोचिङ पढाउने 

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई कोचिङ पढाउन प्रति विद्यालय डेढ लाख रुपैयाँसम्म विनियोजन गरेको छ । अङ्ग्रेजी, गणित र विज्ञान विषयको कोचिङ पढाउन गाउँपालिकाले बजेट विनियोजन गरेको हो । माध्यमिक विद्यालयलाई एक लाख ५० हजार र निम्नमाध्यमिक विद्यालयमा लागि एक लाख रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । कक्षा ८ को परीक...
पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमाथिको पुल ६ वर्षदेखि अलपत्र

पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमाथिको पुल ६ वर्षदेखि अलपत्र

तेह्रथुम । पाँचथर र तेह्रथुमलाई जोड्ने मोटरेवल पुल ६ वर्षदेखि अलपत्र छ । लुम्वुघाटमा तमोर नदीमाथि निर्माणाधीन पुलको नौ वर्षअघि ठेक्का लागेको थियो । सम्झौता अनुसार तीन वर्षमा बनिसक्नुपर्ने पुल अहिलेसम्म अलपत्र अवस्थामा छ । ठेकेदारको लापरबाहीका कारण समयमा निर्माण सम्पन्न नभएको भन्दै स्थानीय आक्रोशित हुन थालेका छन् । निर्माण कम्पनीले पुल अलपत्र अवस्थामा छाडेपछि जिल्लाबासीहरूले अख्तियार दुरुपयोग अन...
नुनथलामा कपडा बोकेको पिकअप पल्टियो

नुनथलामा कपडा बोकेको पिकअप पल्टियो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-८ नुनथलामा कपडा बोकेको पिकअप सडकमा पल्टिएको छ । आज बिहान करिब ९ बजे इटहरीबाट कपडा लिएर तेह्रथुम जाँदै गरेको प्र-१-०२-००२ च ७०११ नम्बरको पिकअप पल्टिएको हो । प्रहरी चौकी सिधुवाका प्रहरी नायब निरीक्षक नविन प्रधानका अनुसार तुसारोमा चिप्लिएर पिकअप पल्टिएको हो । पिकअप चालक महालक्ष्मी-१ का ३२ वर्षीय हेमकर्ण थापाको सकुशल उद्धार गरिएको प्रधानले जानकारी दिए । सडकमा...
सुनसरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हिजो इटहरी र दुहबीमा भएका दुर्घटनामा मोटरसाइकल चालक र पैदलयात्रीको मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका-१३ कालीमन्दिर स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १-०२-०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई प्र १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट मोटरसाइकल च...
कति घट्यो सुनचाँदीको मूल्य ?

कति घट्यो सुनचाँदीको मूल्य ?

विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेको सुन आज एक हजार सात सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार तोलामा दुई सय रुपैयाँले बढेको सुन एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्...
२०८१ पुष ४ गते बिहीबार/आजको राशिफल

२०८१ पुष ४ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ पुष ०४ गते बिहीबार ई.सं.२०२४ डिसेम्बर १९ नेपाल सम्बत ११४५ थिंलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण चर्तुथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वैधृति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४९ बजे, सूर्यास्त साँझ ०५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै द...
धनकुटामा आप्रवासन दिवसको दीप प्रज्वलन

धनकुटामा आप्रवासन दिवसको दीप प्रज्वलन

धनकुटा । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आज साँझ धनकुटामा दीप प्रज्वलन गरिएको छ । धनकुटा नगरपालिका आप्रवासी स्रोत केन्द्रको आयोजनामा मदनचोकमा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनमा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित नगरका कर्मचारीहरू, स्थानीयवासी लगायत सहभागि थिए । उनीहरूले ‘अन्तर्राष्ट्रिय आप्रवासन दिवस, १८ डिसेम्बर २०२४...
विराटनगरमा बुबाको किरियामा बसे दिदीबहिनी

विराटनगरमा बुबाको किरियामा बसे दिदीबहिनी

विराटनगर  । विराटनगरमा दुई दिदीबहिनी बुबाको किरियामा बसेका छन् । धनकुटाको सान्ने घर भई हाल विराटनगर-१४ मा बस्दै आएका ४१ वर्षीय नेत्र बहादुर पाण्डेको निधन भएपछि दुई दिदीबहिनी किरियामा बसेका हुन् । बुबाको निधनपछि डेनिसा र चेल्सिया पाण्डे किरियामा बसेका हुन् । उनीहरूले घाटमा पुगेर बुबालाई दागबत्ती दिएका थिए । रुढीवादी परम्परालाई तोड्दै आफूहरू बुबाको किरियामा बसेको उनीहरूले बताए । बुबाले आफूहरू प्...
मोरङका विभिन्न स्थानबाट १७ जना फरार प्रतिवादी पक्राउ

मोरङका विभिन्न स्थानबाट १७ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङका विभिन्न स्थानबाट १७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । गत मंसिर २४ गतेदेखि पुस २ गतेसम्ममा विभिन्न मुद्दामा फरार रहेका १७ जना पक्राउ परेका हुन् । जिल्ला अदालत मोरङले कैद तथा जरिवाना तोकेर फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नि...
विराटनगर बसपार्कमा सफारी चालकमाथि खुकुरी प्रहार, एक जना पक्राउ

विराटनगर बसपार्कमा सफारी चालकमाथि खुकुरी प्रहार, एक जना पक्राउ

विराटनगर । विराटनगर-११ वसपार्कमा सफारी चालकमाथि खुकुरी प्रहार भएको छ । हिजो राति करिब साढे १० बजेतिर खुकुरी प्रहार भएको मोरङ प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट सफारी चालक विराटनगर-१२ का विजय कामत घाइते भएका छन् । उनको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ । सफारी चालकमाथि खुकुरी प्रहार गर्ने विराटनगर-११ का रेगन कट्टेललाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले ज...
स्रोत नखुलेको ६८ लाखसहित चार जना पक्राउ

स्रोत नखुलेको ६८ लाखसहित चार जना पक्राउ

विराटनगर । काठमाडौंबाट श्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट गएराति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली र सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर छन् । यस्तै सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका...
मोरङ र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

मोरङ र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् । सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल दुई हजार एक सय ट्याब्लेट र स्पासपेन दुई हजार एक सय ५० ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँका ३१ वर्षीय काजल तामाङ र धरान-७ का २२ वर्षीय एलेन राई रहेका छन् । अस्थायी प्रहरी पोस्ट बरगाछी र अस्थायी प्रहरी पोस्...
धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ

धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ

धनकुटा । धनकुटाबाट जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ परेका हुन् । धनकुटा नगरपालिका-३ बस्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-७ गैरीटोलका २१ वर्षीय प्रकाश भनिने लिलाबहादुर विश्वकर्मालाई हिजो साँझ पक्राउ गरिएको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । विश्वकर्माले सोमबार आफ्नै कोठामा लगेर बालिकालाई ललाइफकाई जबरजस्ती करणी...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज सुनचाँदीको मूल्य घटेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा सात सय रुपैयाँले घटेको हो । नृपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेर तोलामा एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा एक हजार आठ सय ४० ...
error: Content is protected !!