संगालोखबर


काठमाडौं । घुस डिल अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । गुप्ताले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री ओलीले यस विषयमा चासो राख्दै सोमबार बालुवाटारमा बोलाएर मन्त्री गुप्तालाई यसमा संलग्न व्यक्तिहरूका बारेमा पनि सोधेका थिए ।

Advertisement

उक्त अडियोको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको छ । साथ, यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।

केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!