
धनकुटा । धनकुटामा खोल्सीमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका-५ की ३५ वर्षीया पूर्णिमा राईको उद्धार गरिएको हो ।
आज साँझ करिब ६ः३० बजे धनकुटा-६ परिचय मोडस्थित कोशी लोकमार्गको पेटीमा बसेकी उनी करिब ७० मिटर माथिबाट खोल्सीमा खसेकी थिइन् ।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीको कमान्डमा प्रहरी टोली खटिएको थियो ।
उनलाई सकुशल उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पठाइएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













