
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ स्थित धपडतालमा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुब्दा चौबिसे–१, फेदापजुङका १७ वर्षीय अभिषेक आले मगरको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा दिउँसो करिब ३ः३० बजे उनी तालमा डुबेर बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा साँझ करिब ५ बजे उनको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । ‘तालमा मान्छे डुबेको खवर पाएपछि मुढेबास र राजारानीबाट प्रहरी टोली घटनास्थल गएको थियो,’ प्रहरी प्रवक्ता खनालले भने, ‘खोजी गर्ने क्रममा शव भेटिएको छ ।’
मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदैछ ।

संगालोखबर 













