नयाँ सरकारको काम र नीतिको आधारमा समर्थन र विरोध : नेता नेपाल

नयाँ सरकारको काम र नीतिको आधारमा समर्थन र विरोध : नेता नेपाल

काठमाडौ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताउनुभएको छ । समसामयिक राजनीतिक विषययमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहितरुपमा सबै तहको निर्वाचन सम्पन्न गराउने नवनिर्वाचित प्रधनमन्त्री शेरबहादुर देउवाको प्रतिवद्धता पूरा हुनुपर्नेमा जोड दिनुभयो । ...
नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिनेको भीड

नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिनेको भीड

काठमाडौ । नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिन बिहानैदेखि उहाँको निवास बूढानीलकण्ठमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको छ । व्यवस्थापिका– संसद्बाट मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित भएपछि पार्टीका सभापतिसमेत रहनुभएका देउवालाई बधाई दिन आज बिहानैदेखि पूर्वमुख्य सचिव, पूर्वसचिव, राष्ट्रसेवक कर्मचारीलगायत नेता कार्यकर्ता एवम् सर्वसाधारणको भीड ला...
महरा उपप्रधान तथा परराष्ट्र र शर्मा गृहमन्त्री

महरा उपप्रधान तथा परराष्ट्र र शर्मा गृहमन्त्री

काठमाडौ। नेकपा (माओवादी केन्द्र)को तर्फबाट कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्नुहुने भएको छ । माओवादी केन्द्रको आज बसेको हेडक्वार्टरको बैठकले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा महरालाई उपप्रधान तथा परराष्ट्र« र जनार्दन शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिइने निर्र्णय गरेको छ । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महरा उ...
कुलो भत्केपछि गाउँ अन्धकारमा

कुलो भत्केपछि गाउँ अन्धकारमा

जुम्ला। तिला गाउँपालिका–४ स्थित भेरीखेला लघु जलविद्युत् आयोजनाको विद्युत् कुलो भत्केपछि साँपुल्ली गाउँ एक महिनादेखि अन्धकार भएको छ । कुलो नजिक ड्याम बाँधिएको ठाउँको जमिन ६० मिटर भाँसिएर भेरीखोलामा मिसिएपछि विद्युत् पूर्णरुपले बन्द भएको उपभोक्ता समितिका अध्यक्ष दीपबहादुर शाहीले बताउनुभयो । १९ किलोवाट उत्पादित विद्युत्बाट लाभान्वित ५०० घरधुरी यसबाट प्रभावित भएको आयोजनाको विद्युत् अपरेटर जितबहादुर ...
कस्तो सपनाको अर्थ के ? बैज्ञानिकको भनाई यस्तो छ

कस्तो सपनाको अर्थ के ? बैज्ञानिकको भनाई यस्तो छ

  सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ । यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ । तर स्विजरल्याण्डका शोधकर्ताले भने सपनाको वास्तविक अर्थ रहने र यसले मानिसको जिवनमा प्रभाव पार्ने तथ्य फेला पारेका छन् । स्विस मनोविज्ञ तथा मनोथेरापिष्ट कार्ल जंगले आफ्नो ज...
गच्छदारको दाबी भौतिक पूर्वाधारमा, फोरम लोकतान्त्रिकले दुई मन्त्रीलाई निरन्तरता दिने

गच्छदारको दाबी भौतिक पूर्वाधारमा, फोरम लोकतान्त्रिकले दुई मन्त्रीलाई निरन्तरता दिने

काठमाडौ। फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय दाबी गरेका छन् । साथै उनको पार्टीले प्रचण्ड सरकारमा भएका दुई मन्त्रीलाई दोहोर्‍याउने भएको छ । देउवा सरकारमा स्थान सुरक्षित गर्न गच्छदार बैशाख अन्तिम साता प्रचण्ड सरकारमा गएका थिए । त्यसबेला देउवाले आफ्नो सरकारमा उपप्रधानसहित तीन मन्त्रालय दिने बचन दिएको फोरम लोकतान्त...
दृष्ट्रिविहीन विद्यार्थीलाई सुविधायुक्त मोबाइल वितरण

दृष्ट्रिविहीन विद्यार्थीलाई सुविधायुक्त मोबाइल वितरण

पोखरा। अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपालले आज प्रदेश नं ४ का कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई अध्ययन सहज बनाउने उद्देश्यले सुविधायुक्त मोबाइल वितरण गरेको छ । सबै प्रकारका अडियो तथा विद्युतीय पुस्तक पढ्न मिल्ने सफ्टवेयरसमेत समावेश भएको सामसुङ अन सेभेन प्रो मोबाइल संस्थाका अध्यक्ष वीरेन्द्रराज पोखरेलले वितरण गर्नुभएको थियो । पृथ्वीनारायण क्याम्...
ट्रक दुर्घटनामा १० घाइते, चालक गम्भीर

ट्रक दुर्घटनामा १० घाइते, चालक गम्भीर

रत्ननगर (चितवन)। चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आज बिहान ट्रक दुर्घटनामा १० जना घाइते भएका छन् । चितवनको मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८९ नं को सामान बोकेको ट्रक बिहान करिब ८ बजे दुर्घटना भएको हो । ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको र अहिले घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा परेकाम...
देउवा प्रधानमन्त्री भएपछि गृह जिल्लामा खुशियाली

देउवा प्रधानमन्त्री भएपछि गृह जिल्लामा खुशियाली

प्रधानमन्त्रीमा निर्वाचित भएपछि नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा खुशियाली मनाउँदै । तस्बिर- धनबहादुर भण्डारी, डडेल्धुरा, रासस
प्रचण्डले आज बालुवाटार छाड्ने

प्रचण्डले आज बालुवाटार छाड्ने

  काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बालुवाटार छाड्दैछन् । गत वर्ष साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका प्रचण्ड त्यसको तीन दिनपछि बालुवाटारस्थित सरकारी निवासमा सरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकाले प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेर लाजिम्पाटस्थित निजी निवासमा फर्कन लागेका हुन् । राष्ट्रपति कार्य...
दुई वर्षीय बालकको जन्मदिनको खर्चले बालबालिकालाई सहयोग

दुई वर्षीय बालकको जन्मदिनको खर्चले बालबालिकालाई सहयोग

पर्वत । पर्वत सदरमुकाम कुश्माबजारको एक परिवारले आफ्नो दुईवर्षे छोराको जन्मदिनमा हुने खर्च जोगाएर सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई सहयोग प्रदान गरेका छन् । कुश्मा नगरपालिका–५ का दीपक आचार्य र दीपा आचार्यले छोरा ड्यानिल आचार्यको जन्मदिनको अवसर पारेर बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई रु ३० हजार बराबरको सहयोग उपलब्ध गराएका हुन् । खासगरी मजदुर परिवारका बालबा...
ट्राफिक प्रहरीद्वारा रु तीस करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा रु तीस करोड राजस्व सङ्कलन

काठमाडौ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ । महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले...
जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य

जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य

फलेबास(पर्वत)। विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य हुनुभएको छ । रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य हुनुभएको छ । आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उहाँलाई प्रहरीको गोली लागेको थियो । उहाँ सँगैका आठ व्यक्तिले गोली ला...
चट्याङले सात ट्रान्सफर्मरमा क्षति, विद्युत् अवरुद्

चट्याङले सात ट्रान्सफर्मरमा क्षति, विद्युत् अवरुद्

बैतडी। चट्याङले बैतडी जिल्लाका विभिन्न फरकफरक ठाउँमा गरी सात ट्रान्सफर्मरमा क्षति गर्दा विद्युत् सेवा अवरुद्घ भएको छ । सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले जिल्लाको देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात ट्रान्सफर्मरमा क्षति गरेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले जानकारी दिनुभयो । साथै, अत्तरिया–बैतडी ३३ केभी लाइन, बैतडी–अना...
सत्तरी केजी चरेस बरामद

सत्तरी केजी चरेस बरामद

दार्खा (धादिङ)। गजुरीस्थित प्रहरीले मङ्गलबार बिहान लुकाई छिपाई नारायणगढतर्फ लैजाँदै गरेको ७० केजी चरेस बरामद गरेको छ । सुराकीका आधारमा बिहान ४ बजे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले गजुरी हुँदै नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १३७ नंको एल.पी ट्रकलाई पृथ्वीराजमार्गको बेनिघाट रोराङ गाउँपालिका–५ बेनिघाट बजारमा रोकेर खानतलासी गरी उक्त परिण...
अत्यधिक गर्मीका कारण १५ सय कुखुरा मरे

अत्यधिक गर्मीका कारण १५ सय कुखुरा मरे

तनहुँ । अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् । व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा चारहजार ६०० पालेकामध्ये एक हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी दिनुभयो । गर्मीका कारण निमोनिया हुन जाँदा सो दुर्घटना भएको कृषकले बताउनुभयो । उक्त कुखुराले अन्डा दिन थालेको कर...
प्रधानमन्त्री भएपछि देउवाले भने– थोह्रै बोल्छु, धेरै गर्छु

प्रधानमन्त्री भएपछि देउवाले भने– थोह्रै बोल्छु, धेरै गर्छु

काठमाडौं । माओवादी केद्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्रीमा चुनिएका छन् । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहणकै बेला आलोपालो रुपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो । प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटक आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताए । आरो...
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित

काठमाडौँ। एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ । भारतस्थित मुम्बईको अँधेरी स्पोर्टस् कम्प्लेक्समा आज भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो मध्यान्तरसम्म गोल हुन नदिएको नेपालले मध्यान्तरपछि दुई गोल खान पुग्यो । खेलको ५९ औँ मिनेटमा भारतका सन्देश झिगनले पहिलो गोल गरे भने खेलको ७८ औँ मिनेटमा अर्का खे...
२०७४ जेठ २४ गते बुधवारको राशिफल

२०७४ जेठ २४ गते बुधवारको राशिफल

मेष–    परिश्रमले धेरैकाम बन्नेछन धनपनी मनग्य कमाउनु  होला साथै  भाग्य पनि बलियो छ । वृष–    अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि  सावधान रहनु होला,  । मिथुन–    मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ । कर्कट–    अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिलनेछ । सिंह–    व्यापार–...
धनकुटामा राप्रपाका उम्मेदवार घोषणा

धनकुटामा राप्रपाका उम्मेदवार घोषणा

धनकुटा। राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार धनकुटाका सातवटै स्थानीय तहको उम्मेदवार घोषणा गरेको छ । धनकुटा सदरमुकाममा कार्यक्रम गरी राप्रपाले जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवार घोषणा गरेको हो । राप्रपाले धनकुटा नगरको मेयरमा जिल्ला उपाध्यक्ष बालानन्द भुर्तेललाई उम्मेदवार बनाएको छ । त्यस्तै उप–मेयरमा ताश कुमारी तामाङ्गलाई राप्रपाले उम्मेदवार घोषणा गरेको छ । त्यस्तैगरी प...
कांग्रेस सभापति शेरबहादुर देउवा भए प्रधानमन्त्री

कांग्रेस सभापति शेरबहादुर देउवा भए प्रधानमन्त्री

काठमाडौं । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । संसद्को आजको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँको विपक्षमा १७० मत परेको थियो । एक मात्र उम्मेदवार भए पनि प्रधानमन्त्री चयनका लागि हाल कायम सांसदको ५० प्रतिशतभन्दा बढी...
काँग्रेसको नेतृत्वमा मुलुकलाई निकास र विकास: नेता पौडेल

काँग्रेसको नेतृत्वमा मुलुकलाई निकास र विकास: नेता पौडेल

काठमाडौ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई निकास र जनतालाई विकास दिन आवश्यक भएकाले नयाँ बन्ने सरकारले त्यो चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै उहाँले आफ्नो पार्टी २००७ सालको परिवर्तनको सूत्रपात गर्ने पार्टी भएको र अहिले त्यसलाई पूर्णता दिने क्रम चले...
नयाँ सरकारले सबैको भावनालाई समेट्ने प्रधानमन्त्रीको विश्वास

नयाँ सरकारले सबैको भावनालाई समेट्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ बन्ने सरकारले सबैको भावनालाई समेटेर राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्दै उहाँले आफूले गणतन्त्रयता नेकपा (एमाले)का नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्...
संसदको दोस्रो बैठक सुरु, निर्वाचनबाट देउवा प्रधानमन्त्री बन्दै

संसदको दोस्रो बैठक सुरु, निर्वाचनबाट देउवा प्रधानमन्त्री बन्दै

 काठमाडौं । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्रीको चयन हुँदैछ । प्रधानमन्त्री पदका लागि एक मात्र उम्मेदवारको सूचना दिने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चयन गर्न निर्वाचन हुने कार्यक्रम सभामुख ओनसरी घर्तीले पहिलो बैठकलाई जानकारी गराउनुभयो । यही जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचनको मिति तय भएकामा नेकपा(एमाले)ले चितवनको भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने नि...
सिरियामा भएको हवाई आक्रमणमा तीस मारिए

सिरियामा भएको हवाई आक्रमणमा तीस मारिए

दमासकस। सिरियाको उत्तरी सहर रक्वामा अमेरिकी आवद्ध सुरक्षा फौजले सोमबार गरेको हवाई आक्रमणमा परी ३० भन्दा बढीको मृत्यु भएको छ । अफरेट्स नदिको दक्षिणी किनाराबाट डुङ्गामा यात्रा गरिरहेका आमनागरिक लक्षित आक्रमण भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । मुस्लिमहरुको महत्वपूर्ण पर्व रमजानको महिनामा यो आक्रमण भएको छ । सिरियन अब्जरभेटरी फर ह्युम्यान राइटसले घटनामा २० भन्दा बढीको मृत्यु भएको जनाएको छ...
ठक्करबाट पैदलयात्रुको मृत्यु भएपछि स्थानीयद्वारा माइक्रोमा आगजनी, पृथ्वीराजमार्ग अवरुद्ध

ठक्करबाट पैदलयात्रुको मृत्यु भएपछि स्थानीयद्वारा माइक्रोमा आगजनी, पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ। धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु भएको छ।  लु १ ज २६७४ नम्बरको  बुटवलबाट काठमान्डौं जाँदै गरेको माइक्रोको ठक्करबाट स्थानीय बन्दना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। परियारको मृत्यु भएपछि आक्रोसित स्थानीयले  माइक्रोबसमा आगजनी गरेका छन्। सडक छेउमा हिँड्दै गरेको पैदलयात्रीलाई तिब्र गतिमा कुदेको माइक्रोले ठक्कर दिएको। चालकको लापरबाहिले ज्यान गएको ...
भरतपुर प्रकरणलाई असामान्य तवरले प्रचार गरियो: प्रम दाहाल

भरतपुर प्रकरणलाई असामान्य तवरले प्रचार गरियो: प्रम दाहाल

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार नै संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण दिशामा मुलुक अगाडि बढेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण आधारका रुपमा स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढेको र त्यसले हिमाल, पहाड र तराईबीचको एकतालाई...
ओलीलाई प्रचण्डको जवाफः देउवाले दबाव दिएर होइन, आफ्नै इच्छाले राजीनामा दिएको हुँ

ओलीलाई प्रचण्डको जवाफः देउवाले दबाव दिएर होइन, आफ्नै इच्छाले राजीनामा दिएको हुँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले कांग्रेस सभापति शेरबहादुर देउवाको दबावमा राजीनामा नदिएको बताएका छन् । साथै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिँदै इमानको मुखले भनेर भन्दा व्यवहारमा स्थापित गर्न चुनौती दिएका छन् । मंगलबार व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावको बीचमा किन राजीनामा दिएको ? कसको दबावमा दिएको भनेर प्रश्न गरेका थिए । संसदलाई सम्बोधन गर...
नेकपाका जिल्ला संयोजक पक्राउ

नेकपाका जिल्ला संयोजक पक्राउ

इलाम। निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई सोमबार पक्राउ गरेको छ । नेकपाका जिल्ला संयोजक पुष्प भट्टराईलाई सोमबार प्रहरीले धोबीधारा क्षेत्रबाट पक्राउ गरी जिप्रका इलामको हिरासतमा राखेर अनुसन्धान थालिएको जिप्रका इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । प्रहरीले यसअघि पनि निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेक...
धरानबाट  मोटरसाईकल चोरी गर्ने पक्राउ

धरानबाट मोटरसाईकल चोरी गर्ने पक्राउ

भद्रपुर। सुनसरी, धरानबाट चोरी भएको को२९प ४७८६ नंको पल्सर मोटर का चोर भनिएकाहरुलाई पक्राउ गरिएको छ । धरान नगरपालिका–१५ निवासी शङ्कर विकले मोटरसाइकल चोरी दमक नगरपालिकाका निसान राई र मनोज शङ्करको मिलेमतोमा मनराज विकलाई बिक्री गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । निज मनराजले मोटरसाइकलको नं परिवर्तन गरी चलाउँदै गरेका अवस्थामा प्रहरी निरीक्षक मिलन बस्नेतको टोलीले सोमबार अपराह्न पक्राउ गर...
धनकुटामा राप्रपाले उम्मेदवार घोषणा गर्दै

धनकुटामा राप्रपाले उम्मेदवार घोषणा गर्दै

धनकुटा। स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धनकुटाका उम्मेदवारहरुको घोषणा गर्दैछ । उम्मेदवार घोषणाका लागि दिउँसो स्थानीय प्यासिफिक होटललमा कार्यक्रम आयोजना गरिएको छ । दिउँसो साँढे १ बजेबाट घोषणा कार्यक्रम सुरु भएको छ । उम्मेदवार घोषणा गरी चुनावको तयारीमा जुट्ने राप्रपा धनकुटाका अध्यक्ष कुमार बहादुर थापाले जानकारी दिएका छन । दोस्रो चरण अन्तरगत असार १४ गते स्थान...
error: Content is protected !!