काँग्रेसले भोलिसम्म तीन प्रदेशको उम्मेदवार टुङ्गो लगाउने

काँग्रेसले भोलिसम्म तीन प्रदेशको उम्मेदवार टुङ्गो लगाउने

काठमाडौ । नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले अधिकांश जिल्लाको उम्मेदवार टुङ्गो लगाए पनि प्रदेश नं १, ५ र ७ को भोलिसम्म टुङ्गो लगाउने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले गुल्मी, नवलपरासी, ओखलढुङ्गा, स...
सडक दुर्घटना न्यूनीकरणका लागि स्टिलबार

सडक दुर्घटना न्यूनीकरणका लागि स्टिलबार

  बैतडी। विश्व बैंकको करिब रु २० करोड सहयोगमा सुरु भएको सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार (स्टिल क्रस बेरियर ) लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म सो कार्य ८८ प्रतिशत सम्पन्न भएको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजनाअन्तर्गत जयपृथ्वी राजमार्ग, दशरथचन्द रा...
धानको बीउ वितरण

धानको बीउ वितरण

लहान । जिल्ला कृषि विकास कार्यालय, सिरहाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । बीउ उत्पादक कृषक समूहमार्फत सङ्कलन भएका विभिन्न छ जातका धानका बीउ सहकारी संस्थाको माध्यमबाट किसानलाई वितरण गरेको कार्यालय प्रमुख रामलखन मण्डलले जानकारी दिनुभयो । सिरहामा ७५ प्रतिशत अनुदानमा उन्नत जातका राम धान, ललका बासमती, सुखा ३ र सम्भा मन्सुली धानको बीउ वितरण गरिएको हो । जिल्लाभरिमा २० मेट्रिक टन बीउ ...
‘राजपा आउनुस् सँगै निर्वाचन लडौँ’–अध्यक्ष यादव

‘राजपा आउनुस् सँगै निर्वाचन लडौँ’–अध्यक्ष यादव

काठमाडौ। सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गर्नुभएको छ । रिपार्टर्स क्लबको साक्षात्कारमा उहाँले भन्नुभयो – “राजपाका नेताहरु निर्वाचनमा आउनुस् सँगै मिलेर निर्वाचन लडौँ” भनेर मैले अपिलै गरेको छु अस्ति प्रधानमन्त्रीको निर्वाचनमा मधेसी उम्मेदवार हुनुहुन्नथ्यो तर, लाइन बसेर मतदान गर्नुभयो अब, ...
अवैध रुपमा सञ्चालित निजी विद्यालयमाथि कारबाही सुरु

अवैध रुपमा सञ्चालित निजी विद्यालयमाथि कारबाही सुरु

लहान । वर्षांैदेखि अवैध रुपमा सञ्चालन हुँदै आएको १२२ निजी विद्यालयमाथि जिल्ला शिक्षा कार्यालय, सिरहाले कारबाही सुरु गरेको छ । जिल्लामा सञ्चालित १७८ निजी विद्यालयमा अनुगमन गर्दा १२२ निजी विद्यालय बिनास्वीकृति सञ्चालनमा रहेको पाइएपछि त्यस्ता विद्यालय बन्द गर्न निर्देशन दिए पनि अटेर गरेकाले स्थानीय प्रशासन ऐन बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई लिखित अनुरोध गरिएको जिल्ला शिक्षा अधिकार...
स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, स्वीकृत

स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, स्वीकृत

काठमाडौ । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री जनार्दन शर्माले सो विधेयक माथि विचार गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवालले लोकतन्त्रमा नियम निलम्बन गरी अघि बढ्न नहुने धारणा राख्दै समयमै काम नगरेका कारण यो...
बेपत्ता युवक सार्वजनिक गर्न माग गर्दै बागलुङ सदरमुकाम बन्द

बेपत्ता युवक सार्वजनिक गर्न माग गर्दै बागलुङ सदरमुकाम बन्द

बागलुङ। लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका एक युवकको खोजी गर्न माग गर्दै उनका परिवारले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन् । मङ्गलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुङ्गामा प्रहरीले नियन्त्रण प्रयास गर्दा फरार भएका बानपा–३ का १७ वर्षीय सुनिल पुन नभेटिएछि उनका परिवार र आफन्तजन आन्दोलित बनेका हुन् । भागेर नदी तर्ने क्रममा बीचमै बेपत्ता भएको भन्ने स्थान...
तीन तहको निर्वाचन मुख्य प्राथमिकता : प्रधानमन्त्री देउवा

तीन तहको निर्वाचन मुख्य प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘स्थानीय निर्वाचन परिचालन’ विषयक अभिमुखीकरण कार्यक्रम’मा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसका सभापतिसमेत र...
रासायनिक मल पर्याप्त

रासायनिक मल पर्याप्त

विराटनगर। पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध रहेको छ । विगत केही वर्षदेखि यस क्षेत्रमा रासायनिक मलको अभाव नभएको र यस वर्ष पनि मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ । पूर्वाञ्चलका विभिन्न जिल्लामा तीन हजार २६५ मेट्रिक टन युरिया, चार हजार ६०० मेट्रिक टन डिएपी, दुई हजार ५२८ मेट्रिक टन पोटास तथा १६७ मेट्रिक टन कृषिचुन मौज्दात छ । सोअन्तर्गत मोरङमा दुई ...
तरकारीखेतीबाट मनग्य आम्दानी

तरकारीखेतीबाट मनग्य आम्दानी

भीमदत्तनगर। धान र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका इन्द्रबहादुर ऐरले पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गाल्नुभएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–१ का ऐर विगत चार वर्षदेखि १२ बिगाहा खेतमा अन्नबाली छाडेर तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गर्नुभएको तरकारी स्थानीय बजार र भीमदत्तनगरको मण्डीमा खपत हुन्छ । “मैले उत्पादन गरेको तरकारी काठमाडौँको कालीमाटीसम्म पुग्छ,” उहा...
किसान केराखेतीतर्फ आकर्षित

किसान केराखेतीतर्फ आकर्षित

बर्दिया । बर्दियामा पछिल्लो पटक केराखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । केराखेती युवाको रुचिको विषय बन्दै गएको छ । किसानले सहकारीमार्फत तथा व्यक्तिगत रुपमा केराखेती गर्दै आएका छन् । विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् बर्दिया नगरपालिकाका किसान सन्तोष विक । उहाँले २० बिगाहा जमिन भाडामा लिई केराखेती गर्दै आउनुभएको छ । केराखेतीबाट पर्याप्त आम्दानी भएप...
नक्कली नोट छाप्ने पक्राउ

नक्कली नोट छाप्ने पक्राउ

बुटवल । गैरसरकारी संस्था स्थापना गरी कार्यालय सञ्चालनको नाममा नक्कली नोट छाप्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ गरेका ती युवकबाट नक्कली नोट तयार गर्न प्रयोग हुने सामानसमेत बरामद गरेको छ । बुटवल उपमहानगरपालिका–११ स्थित नवदीपपथमा अपाङ्ग तथा असहायलाई सहयोग गर्ने उद्देश्यसहित स्थापना गरिएको अर्फन हेल्पिङ हेन्ड (असहायका लागि सहयोगी हातहरु) नामको गैरसरकारी...
सर्पदंशका बिरामी बढे

सर्पदंशका बिरामी बढे

गौशाला। पटक पटकको वर्षा, पानी र बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्पदंशका बिरामी अत्यधिक बढेका छन् । महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १०÷१२ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको उपचारमा संलग्न चिकित्सक विनोद राउतले बताउनुभयो । गर्मी र वर्षायामअघि कहिलेकाहीँ फाटफुट रुपमा सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका थिए । जलेश्वर अस्पतालमा आउ...
सप्तकोसी कटानको उच्च जोखिममा बराहक्षेत्र

सप्तकोसी कटानको उच्च जोखिममा बराहक्षेत्र

इटहरी। हिन्दूहरुको आस्थाको महत्वपूर्ण धार्मिक तीर्थस्थल बराहक्षेत्र लामो समयदेखि सप्तकोसी नदीमा आउने बाढीको तीव्र कटानले उच्च जोखिममा परेको भन्दै स्थानीयवासीले मन्दिरको दीर्घकालीन सुरक्षा र संरक्षणका लागि राज्यको ध्यानाकर्षण गराउँदै आएका छन् । यही विषयमा सुनसरी सदरमुकाम इनरुवामा भएको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पनि यो विषयले विशेष प्राथमिकता पाएको थियो । हिन्दूहरुका चार धार्मिक क्षेत्रमध्...
भ्रष्टाचारको आरोप लगाउँदै तालाबन्दी

भ्रष्टाचारको आरोप लगाउँदै तालाबन्दी

जाजरकोट। जनप्रतिनिधिले नै विद्यालयमा अनियमितता भएको भन्दै शिवालय गाउँपालिका वडा नं ६ का स्थानीयबासीले यहाँको इन्द्रज्योति माविमा तालाबन्दी गरेका छन् । विद्यालयमा मनोमानी तरिकाले भ्रष्टाचार गरेको, विभिन्न शीर्षकमा आएको रकम कामै नगरी खाएको भन्दै सोमबारदेखि विद्यालयमा तालाबन्दी गरिएको अन्दोलनकारीका संयोजक कृष्णबहादुर शाहीले बताउनुभयो । विद्यालयमा तालाबन्दी गर्दै तत्कालीन प्रधानाध्यापक तथा हाल...
उर्लाबारीमा करेन्ट लागेर एकको मृत्यु

उर्लाबारीमा करेन्ट लागेर एकको मृत्यु

उर्लाबारी (मोरङ)। मोरङको धनपालथान गाउँपालिका–४ हरकपुर बस्ने ५५ वर्षीय फुलचन साफीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । बेलुका आफ्नै घरको ट्युबेलमा जडान गरिएको पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका साफीको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिनुभयो ।
झापामा नौ वर्षीया बालिकाको हत्या, हत्या आरोपमा दिदीसहित चार पक्राउ

झापामा नौ वर्षीया बालिकाको हत्या, हत्या आरोपमा दिदीसहित चार पक्राउ

सुरुङ्गा (झापा) । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ । दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । विद्यालयबाट घर फर्किएलगत्तै उनको कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा राति शव फेला परेको प्रहर...
पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ

पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ

बुटवल । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ । नेपालबाट भारतीय बजारमा पु¥याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बेलहियामा प्रहरीले चेकजाँच गर्दा उनीहरुबाट अफिम फेलापरेको थियो । सीमा चेकजाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा शङ्का लागेर खोजतलास गर्दा संवेदनशील अङ्गमा लुकाएको अफिम फेला पारेको हो । पक्राउ पर्नेमा दाङ घोराही...
धनकुटामा वाणिज्य बैंकको एटीएम सेवा सुरु

धनकुटामा वाणिज्य बैंकको एटीएम सेवा सुरु

धनकुटा। राष्ट्रिय वाणिज्य बैंक धनकुटा शाखाले एटिएम सेवा सुरु गरेको छ । एटीएम सेवा सञ्चालन भएपछि धनकुटा शाखामा रहेका करिव १२ हजार खातावालालाई खाताबाट पैसा निकाल्न सहज हुने बैंकले जनाएको छ । धनकुटामा राष्ट्रिय वाणिज्य बैंकको यो पहिलो एटीएम हो । धनकुटा बजारमा यसअघि माछापुच्छ«े बैंकको मात्र एटीएम सेवा सञ्चालित थियो । पूर्वाञ्चलमा राष्ट्रिय बाणिज्य बैंकको पहिलो शाखाको रुपमा २०२३ सालमा स्थापना भ...
२०७४ जेठ २५ गते बिहिबारको राशिफल

२०७४ जेठ २५ गते बिहिबारको राशिफल

मेष–    दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसो लेनदेनकाृे काम पनि होला वृष–    परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । मिथुन–    लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढने छन,  ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कर्कट–    पढाइमा सुधार आउने योग छ । कुराकाटनेहरु प्रसम्सक बन्ने छन, जागीरबाट पनि सन्तुष्टी मिल्...
सरकारले तोक्यो आफ्नो प्राथमिकताः माघ ७ भित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता

सरकारले तोक्यो आफ्नो प्राथमिकताः माघ ७ भित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले आगामी माघ ७ गतेभित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता जनाएको छ । साथै स्थानीय तहको दोस्रो चरणको चुनाव पूर्व घोषित मिति असार १४ मा नै हुने समेत बताएको छ । प्रधानमन्त्री पदमा सपथ लिएपछि देउवाले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा तीन उपप्रधानमन्त्री र चारमन्त्री छन् । बुधबार नै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नयाँ सरकारको प्राथमिकता तोक...
प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि

काठमाडौ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि उहाँ सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवा मङ्गलबार प्रधानमन्...
चिनियाँ राष्ट्रपति कजाकिस्तान भ्रमणमा

चिनियाँ राष्ट्रपति कजाकिस्तान भ्रमणमा

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ बुधबार अपराह्न कजाकिस्तानको भ्रमणमा जानुभएको छ । कजाकिस्तानमा हुने ‘साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को सम्मेलनमा सहभागी हुन उहाँ त्यहाँ जानुभएको हो । कजाकिस्तानका राष्ट्रपति नुरसुल्तान नजाबायेभको निमन्त्रणामा राष्ट्रपति सि कजाकिस्तान भ्रमणमा जानुभएको हो । उहाँ त्यहाँ रहँदा एससिओको १७औँ बैठकमा समेत सहाभागी हुनुहुनेछ । उहाँले त्यहाँ आयोजना हुने व...
प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने

प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने

काठमाडौ । प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा भोलि हुने अन्तिम खेलमा दुबै टोली विजय लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेक...
फरार अभियुक्त १७ वर्षपछि पक्राउ

फरार अभियुक्त १७ वर्षपछि पक्राउ

नुवाकोट। कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का मिङ्मार लामा भनिने कामी तामाङ रहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि मङ्गलबार नुवाकोट जिल्ला अदालतमा बुझाएको छ । साविकको घ्याङ्फेदी गाविस–८ का मख्खु भनिने छेव...
असारमा बिहे गर्ने सल्लाह ! गर्भपतन गरेको भन्दै ‘प्रेमिका’को हत्या

असारमा बिहे गर्ने सल्लाह ! गर्भपतन गरेको भन्दै ‘प्रेमिका’को हत्या

काठमाडौं । सञ्चिता तामाङको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका ‘प्रेमी’ प्रशान्त तामाङ छन् । रामेछाप रस्नालुकी २३ वर्षीया सञ्चिता बैशाख ८ गते गंगाहिटीस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दोलखा पैतेश्वरका प्रशान्तलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रशान्त र सञ्चिताको झण्डै दुई व...
सामान भित्र्याउँदा गुणस्तर प्रमाण चिह्न लिनुपर्ने

सामान भित्र्याउँदा गुणस्तर प्रमाण चिह्न लिनुपर्ने

काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशमा उत्पादित ११ प्रकारका सामग्री भित्र्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । विभागले साधारण पोर्टल्यान्ड सिमेन्ट, साधारण स्लाग, पोर्टल्यान्ड पोजोलोना सिमेन्ट, एलपीजी सिलिन्डर, ड्राइसेल एन्ड ब्याट्री, फलामे छड, जिआइ वायर, कम्पोजिट ग्यास सिलिन्डर तथा ट्युब्स, पिभीसी केवल, एलपीजी रेगुलेटर र भल्व फिटिङ्ससम्बन...
प्रधानमन्त्री देउवाद्वारा शपथ

प्रधानमन्त्री देउवाद्वारा शपथ

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । उहाँले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गर्नुभएको थियो । यसअघि उहाँ विसं २०५२ भदौ २७...
पक्की पुल निर्माण भएपछि हजारौँ यात्रुलाई सुविधा

पक्की पुल निर्माण भएपछि हजारौँ यात्रुलाई सुविधा

चौतारा । सिन्धुपाल्चोकको मध्य क्षेत्रस्थित झ्याडी खोलामा पक्की पुल निर्माण भएपछि मध्य र पश्चिम क्षेत्रका बासिन्दाले यातायात सुविधा उपभोग गर्न पाएका छन् । चौतारा साागाचोकगढी नगरपालिका– ७ र इन्द्रावती गाउँपालिका– ९ को बीचमा पर्ने झ्याडी खोलामा सबारीसाधन चल्ने पुल निर्माण भएपछि सदरमुकामबाट सिपाघाट हुँदै छोटोदुरीमा राजधानीसम्मको यातायात सुगम भएको हो । जिल्ला विकास समितिको रु दुई करोड ६० लाखको ...
उपप्रधान तथा अर्थमन्त्री महराको बिदाइ

उपप्रधान तथा अर्थमन्त्री महराको बिदाइ

काठमाडौ। अर्थ मन्त्रालयले उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई आज मन्त्रालयमा एक कार्यक्रम गरी बिदाई गरेको छ । सो अवसरमा उपप्रधान एवम् अर्थमन्त्री महराले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आफूले मुलुकमा सङ्घीयता कार्यान्वयनका लागि आर्थिक वर्ष २०७४÷७५ को बजेट स्थानीय तहमा केन्द्रित गरिएको बताउनुभयो । आफू अर्थ मन्त्रालयमा रहँदा कोहीप्रति आग्रह वा पूर्वाग्रह न...
मोरङ मिक्लाजुङका अधिकांशस्थान पहिरोको जोखिममा

मोरङ मिक्लाजुङका अधिकांशस्थान पहिरोको जोखिममा

उर्लाबारी (मोरङ) । सबैजना नजिकिँदो स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेका बेला मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा भने पहिरोको जोखिमबाट त्रस्त छन् । चुरे क्षेत्रका अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि सो गाउँपालिकाका तीनवटा वडाका बासिन्दा त्रस्त बनेका हुन् । गत वर्षको वर्षामा केही स्थानमा पहिरो खसे पनि धेरैजसो पहाड चिरा परेर धसिएपछि जोखिमीमा परेको स्थानीय छबिलाल भट्टराईले बताउनुभयो । ...
error: Content is protected !!