ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– मनन, ध्यान वा रचनामा ?चि बढ्नेछ . घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

वृष– आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ। नसा, वा जोर्नीसम्बन्धी समस्याले पनि सताउन सक्छ।समय प्रतिकूल रहनेछन्।

Advertisement

मिथुन– कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ। नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ।

कर्कट– विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ।

सिंह– सोचने शक्तिबढने छ . क’राकाटनेह? प्रसम्सा गर्न थालने छन, अन्न तथा धनको पनि वृद्धि ह’नेछ ।

कन्या– सहयोगीको राम्रो साथ पाइनेछ . शिक्षा र साझेदारीमा फाइदा ह’नेछ, घरमा सामान्य मनम’टाव होला ।

तुला- सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्। प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ।

वृश्चिक– उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन्। धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ।

धनु– पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ।

मकर– विशवासपात्रले धोका दिनेछन्।  वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला।

कुम्भ – काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मानहानि वा अपयश समेत सम्भावना छ। आर्थिक अभावले सताउनेछ।

मीन– मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ। तर्कशक्ति बढ्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!