काठमाडौं, ९ भदौ । भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । नेपालको इन्धनबजारमा एकाधिकार जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो ।

Advertisement

नेपालमा पेट्रोलपम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिति जनाउने रणनीति भारतले बनाएको छ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालमा सयवटा पेट्रोलपम्प खोल्ने प्रस्ताव गरेका छन् ।

नेपालको वैदेशिक लगानी नीतिविपरीत राज्यमन्त्री प्रधानले भारत सरकार स्वामित्वको इन्डियन आयल कर्पोरेसनमार्फत नेपालमा पम्प सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् ।

संविधान संशोधनका लागि दबाब दिन नेपालमा नाकाबन्दी गरेर पेट्रोलियम पदार्थ रोकेको भारतले इन्धनको खुद्रा व्यापारमा पनि उपस्थिति जनाउने तयारी गरेको छ ।

पेट्रोलियम पदार्थको खुद्रा व्यापारमा पनि कब्जा गर्ने योजनासहित भारतीय इन्डियन आयल कर्पोरेसनले मुलुकभरका मुख्य राजमार्गमा एक सयवटा अत्याधुनिक पम्प सञ्चालन गर्ने योजना बनाएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!