काठमाडौ, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले २३ नजा राज्यमन्त्री आफ्नो मन्त्रिमण्डलमा समावेश गरेपछि मन्त्रालय भद्रगोल बनेको छ । प्रधानमन्त्रीले ठूलो संख्यामा राज्यमन्त्री थपेकै कारण मन्त्रालय भद्रगोल भएका हुन् ।

Advertisement

साना मन्त्रालयमा राज्यमन्त्री बस्ने ठाउँसमेत पाइएको थिएन । उनीहरु सहसचिवको कार्यकक्षमा बसे भने सहसचिवहरु अधिकृतको कार्यकक्षमा बस्ने व्यवस्था मिलाइएको छ ।

५० सदस्यीय देउवा मन्त्रिपरिषदमा २३ राज्यमन्त्री र २६ मन्त्री छन् । ५० जना मन्त्रीहरुको व्यवस्थापन गर्न प्रशासनिक नेतृत्वलाई हम्मेहम्मे परेको छ । आजको अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!