ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिनेछ ।

वृष– परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ ।

Advertisement

मिथुन– आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।

कर्कट– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्याउनु होला ।

सिंह– तपाइको बुद्घिको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ, अन्नको लाभ पनि होला ।

कन्या– धनको लाभ अर्थात रुपैया पैैसा कमाइने दिन छ, पुराना साथीसंगको भेटघाटले मन रमाउने छ ।

तुला– अनौठो तरिकाबाट रुपैयापैसा कमाइने छ, आज रमाइलो यात्राको योग पनि रहेको छ ।

वृश्चिक–आज तपाइलाइ सामान्य रोगले सताउला सावधान रहनु होला साथै भौतिक सरसामनको पनि क्षति हुने दिन छ ।

धनु– बन्देैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ  ।

मकर– आम्दानीका प्रशस्तै बाटाहरु ख्ुाल्ने दिन छ, ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ ।

कुम्भ– काम गर्न जागर आउनाले धनको लाभ होला, सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।

मीन– विचार बढने समयमा निर्णय नहुदा काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!