ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष राशि– चु. चे. चो. ला. लि. लु. ले. लो. अ.
कामहरु सजिलो तरिकाले बन्नेछन । काममा जोश र जागर बडने छ । आर्थिक पक्ष भने सामान्य रहला । कर्मचारी वर्गले समयका कुरामा सावधान रहनु होला । कलाकारिता तथा साहित्य क्षेत्रमा उत्साहजनक साता छ । साताको अन्यमा प्रेममा सुखको अनुभव होला । यहि साता टाढाबाट शुभ समाचार पनि आउन सक्छ ।

बृष राशि– इ. उ. ए. ओ. वा. वि. वु. वे. वो.
रमाईलो यात्रा हुने साता छ । शरिरबाट अल्छि पनलाई धपाउने कुरामा सजग रहनु होला । काम कुरामा अनावस्यक बाधाहरु देखिए पनि साताको अन्त्यमा सबै कामहरु बन्नेछन् । घर परिवार र साथिभाईको सहयोग लिनु भए पुराका पुरा सफल साता रहनेछ । हितैसीको मिलनले तपाईंलाई यो साता खुशि बनाउने देखिन्छ ।

Advertisement

मिथुन राशि– क. कि. कु. घ. ङ. छ. के. को. ह.
काममा शुभ संकेतहरु देखिनेछन् । संकेतको सदुपयोग गर्न सके फाइदा जनक साता छ । आर्थिक पक्ष पनि राम्रो छ । रुपैया पैसाको काममा राम्रौ किसिमको लाभ मिल्ला । पठन पाठनमा अनेक कुराले बाधा पर्न सक्छ । प्रेम प्रसंगमा प्रगति राम्रै संग छ । यो साता तपाईंका कामहरु सरकारी अधिकारीका सहयोगमा बन्ने देखिन्छन् ।

कर्कट राशि– हि. हु. हे. हो. डा. डी. डु. डे. डो.
प्रेम प्रसंगका कुरामा साथ दिने साता छ । मनोरञ्जनात्मक कुराहरु पनि होलान । सजिलो तरिकाबाट कामहरु बन्दै जानेछन्् । खानपिनका बिभिन्न परिकारहरु प्राप्त हुनेछ तर स्वाथ्यका बारेमा चनाखो रहनु होला । कुनै विशेष समारोहमा तपाईंको उपस्थिति महत्वपूर्ण छ । राजनीति तिर पनि चासो त्यत्तिकै रहने साता छ । लेनदेनको मामिलामा भने अत्यन्त सजग हुनुहोला ।

सिंह राशि– मा. मि. मू. मे. मो. टा. टि. टू. टे.
पेशामा अनि कमाउने कुरामा राम्रो साता छ । स्वास्थ्यका ठीक रहला । शारिरिक कान्तिमा भने कमि हुने देखिन्छ । आर्थिक प्रसंगमा भने खर्च भए पनि बडि मात्रामा फाईदा नै हुनेछ । कुनै अशुभ समाचार पनि यो साता तपाईंको कानमा पर्न सक्छ । नया कुराको जानकारी पनि पाइएला । मायालु मान्छे संगको मिलनले मन खुशि रहला ।

कन्या राशि– टो. पा. पी. पू. ध. ण. ठ. पे. पो.
कमाई र खर्च बराबर रहला । लामो समय देखि काममा देखिएको समस्या समाधान हुन सक्छ प्रयास भने गर्नै पर्नै देखिन्छ । ऐतिहासिक स्थानको यात्रमा रमाउन पाउनु हुनेछ । वाद विवादबाट भने जोग्गिनु होला । शिक्षा सङ्गित र कला क्षेत्रमा रामै्र प्रगति हुने देखिन्छ । माया पीरतीका मीठा कुराले आनन्दको अनुभव गराउने छ ।

तुला राशि– रा. रि. रु. रे. रो. ता. ति. तु. ते.
तपाईंका लागि साता राम्रो छ तर शरिरमा अल्छी पनले डेरा जमाउन सक्छ । आफन्त संग मिलन हुने सम्भावना छ । बोलीमा प्रभाव रहने हुनाले राजनीति क्षेत्रमा प्रगति हुने देखिन्छ । आय–आर्जनका कुरामा राम्रै प्रगति हुनेछ । मायालु मान्छे संगको भेटमा भएका रमाइला कुराले मन गद–गद रहने साता छ ।

बृश्चिक राशि– तो. ना. नि. नु. ने. नो. या. यि. यू.
कुभलो चिताउनेहरुले यो साता केहि पनि बिर्गान सक्दैनन् । तर सावधान भने रहनु होला केहि दुख दिने कोसिसमा रहनेछन् । कामको सिलसिलामा सम्झन योग्य स्थानको यात्रा हुने साता छ । घर परिवारमा शुभ समाचार पनि आउनेछ । सामाजिक काममा पनि तपाईंले यो हप्ता सरिक हुनु पर्ला । प्रेम प्रसंगमा खुशिका पलहरु बिताउन समय अभावको महसुस हुनेछ ।

धनु राशि– ये. यो. भा. भी. भू. ध. फा. ढा. भे.
अनावस्यक विवादका कुराले तपाईंलाई यो साता हानी गर्न सक्छ । त्यसैले अनावश्यक कुरालाई चासो नदिनु नै बेश होला । तर इष्टमित्रहरुले भने काममा सहयोग नै गर्नेछन् । साताको अन्त्यमा अलिकति फजुल खर्च पनि होला । नसोचेको आफन्त संगको भेटघाट एवं रसरंगले समय वितेको तपाईंलाई ख्यालै नरहला । कर्मचारी वर्गलाई धेरै नै राम्रो साता छ ।

मकर राशि– भो. जा. जी. जू. जे. जो. ख. खि. खु. खे. खो. गा. गी.
आत्म विश्वास बड्ने साता छ । अरुले पनि प्रेम सम्बन्धमा राम्रै सहयोग गर्नेछन् । तपाईंलाई गन्नेमान्ने ब्यक्तिहरुले पनि काममा उचित सर–सल्लाह दिनेछन् तर तपाईंले सावारी साधनहरुबाट भने सावधानि अपनाउनु पर्ने देखिन्छ । रुपैया पैसा लेनदेनको कुरामा भने होश पु¥याउनु पर्ने साता छ ।

कुम्भ राशि– गु. गे. गो. सा. सी. सू. से. सो. दा.
बोलीको प्रभावका कारण तपाईंले यो साता प्रेममा सफलता पाउन सक्नु हुनेछ । सामाजिक काममा पनि सरिक हुनुहुने छ । पशु, सवारी साधन अनि हतियार संग भने सावधानि अपनाउनु पर्ने साता छ । छोटो अनि महत्वपूर्णयात्रा पनि होला । स्वास्थ्य विग्रन सक्छ खान पिनमा सजक रहनुहोला ।

मीन राशि– दी. दु. थ. झ. ञ. दे. दो. चा. ची.
र्आिर्थक हिसावले राम्रो साता छ । परिश्रमलाई अनुसार फल मिल्ने साता छ । अरुको सहयोग कमै मिल्ला । शारीरिक कान्तिमा वृद्धि हुने समय छ । अनि यो साता पठन–पाठनमा राम्रै संग मन जाने देखिन्छ । मायालु मान्छे संग छोटो मीठो यात्रा पनि हुनेछ । तपाईंको आपनै बुद्घि र बलले सबै कुराहरु राम्रो हुनेछ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!