- रबिन कटेल/संगालोखबर

धनकुटा, ९ भदौ । धनकुटा नगरको बिकासका लागि चालु आर्थिक बर्षमा ४६ करोड बजेट बिनियोजन भएको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०७४/०७५ का लागि ४६ करोड १० लाख ४७ हजार बजेट बिनियोजन गरेको हो ।

शुक्रवार आयोजित नगर सभाको प्रथम अधिवेशनमा नगरका उप–प्रमुख शकुन्तला बस्नेतले बजेट सार्वजनिक गरेकी हुन । बजेटमा चालु तर्फ २४ करोड ८० लाख ४५ हजार र पूँजीगत तर्फ २१ करोड ३० लाख २ हजार बजेट छुट्याईएको छ ।

Advertisement

चालु तर्फ छुट्याईएको रकम कुल बजेटको ५३.८ प्रतिशत हो भने पूँजीगत तर्फ ४६.२ प्रतिसत बजेट बिनियोजन गरिएको हो ।

चालु खर्चमा सरकारबाट वित्तिय समानीकरणको लागि सशर्त अनुदान (शिक्षा, स्वास्थ्य र आयुर्वेद) तर्फको १४ करोड ८९ लाख र सामाजिक सुरक्षातर्फको ५ करोडसमेत समावेश गरिएको छ ।

धनकुटा नगर सभाको प्रथम अधिवेशन । तस्वीर: रबिन कटेल/संगालोखबर

बजेटमा धनकुटा नगर कार्यपालिकाको कार्यालय तर्फको चालु खर्च ९ करोड ९१ लाख ४५ हजार रहेको छ । उक्त रकम चालु खर्चको ३९.९७ प्रतिशत हो भने कुल बजेटको २१.५ प्रतिशत हुन आउँछ ।

यता धनकुटा नगरपालिकाको कुल आन्तरीक आय तर्फ २ करोड २६ लाख ४७ हजार प्रस्ताव गरिएको छ । नगरपालिकाको कुल बजेटमा ४.९१ प्रतिशत मात्र आन्तरिक आय रहेको छ ।

सडक निर्माण र पर्यटन विकासलाई प्राथमिकता

धनकुटा नगरपालिकाले चालु आर्थिक बर्षको बजेटमा सडक निर्माण र पर्यटन विकासलाई प्राथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा राखिएको सडक निर्माणमा पूँजीगत बजेटको ४८.२२ प्रतिशत छुट्याईएको छ ।

नगरको ग्रामिण क्षेत्रको रुपमा रहेका भीरगाउँ र बेलहाराको सेवा केन्द्र जोड्ने प्रमुख सडकहरु तथा अन्य वडा केन्द्र जोड्ने सडक र ढल निर्माण गर्न नगरस्तरीय २० र वडास्तरीय १०९ गरी १२९ वटा योजनामा १० करोड २७ लाख ६ हजार बजेट बिनियोजन गरिएको छ ।

आर्थिक बिकास तर्फ कृषि तथा पशु बिकास, उद्योग र पर्यटन बिकासका ४६ योजनाका लागि ३ करोड ६१ लाख ९० हजार बजेट छुट्याईएको छ । जसमा ब्यावसायिक कृषि तथा पशुपालन, पकेट क्षेत्र घोषणा, प्रविधि हस्तान्तरण, कृषि सहकारी भवन निर्माण एवम् बिभिन्न सिचाई आयोजना सञ्चालनका लािग ७५ लाख ५० हजार तोकिएको छ ।

उद्योग तर्फ आय आर्जन तथा सिपमुलक तालिमहरुका लागि ८ लाख ६५ हजार तोकिएको छ ।

पर्यटन बिकासका लागि हिले तथा धनकुटा बसपार्क सुधार, चुलिवनमा भ्यू टावर निर्माण, चुवाको बोटमा पार्क, वीचबजारमा शिवपार्क, जौटार पर्यटन मार्ग, नगरक्षेत्रमा पार्क तथा फुलवारी निर्माण लगायतका लागि २ करोड ७७ लाख ७५ हजार बजेट बिनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ १ सय ४३ योजनामा २ करोड ७८ लाख १० हजार बजेट बिनियोजन गरिएको छ । सस्थागत विकास तर्फ महिला, दलित, आदिवासी जनजाति, एवम् जेष्ठ नागरिकको पूर्वाधार बिकास लगायतका ९६ योजनामा ३ करोड ९० लाख ३१ हजार बजेट तोकिएको छ ।

सस्थागत बिकास अन्र्तगत खेलकुदका २९ योजनामा ७८ लाख ७५ हजार र सेवा प्रवाहका ११ योजनामा ८८ लाख २२ हजार बजेट बिनियोजन भएको छ ।

बित्तिय ब्यवस्थापन र सुशासन तर्फका ५ योजनामा १६ लाख बजेट बिनियोजन गरिएको छ । यता वातावरण तथा विपत ब्यवस्थापनका २३ योजनामा ५६ लाख ६५ हजार बजेट बिनियोजन गरिएको नगरपालिकाका उप–प्रमुख बस्नेतले जानकारी दिएकी छन् ।

धनकुटा नगर सभाको प्रथम अधिवेशनमा सहभागिहरु । तस्वीर: रबिन कटेल/संगालोखबर

पाँच योजनामा विशेष प्रस्ताव

धनकुटा नगर सभाको अधिवेशनले ५ वटा योजनालाई बिशेष प्रस्तावको रुपमा अघि सारेको छ ।

बृहत खानेपानी योजना, बेलहारा हवाई मैदान निर्माण, धनकुटा अस्पताल ५० सैया बनाउँने, धनकुटालाई प्रादेशिक राजधानी बनाउँने र धनकुटा खानेपानी सस्थाको सस्थागत बिकासलाई बिशेष प्रस्तावको रुपमा पारित गरिएको नगरपालिकाका प्रवक्ता जम्सेर राईले संगालोखबरलाई जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!