- संगालोखबर सम्वाददाता

काठमाडौ, ६ भदौ । नेपाल पत्रकार महासंघको २५ औं अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन । मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार प्रतिद्वन्दी प्रेस चौतारीका तीर्थ कोईरालालाई १ सय ५ मतान्तरले पराजित गर्दै संयुक्त प्यानलका उम्मेद्वार आचार्य बिजयी भएका हुन ।

आचार्यले ७ सय ३२ र कोईरालाले ६ सय २७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित अधिकांश सदस्यमा समेत आचार्य नेतृत्वको प्यानल बिजयी भएको छ । महासंघको खुल्ला उपाध्यक्षमा बिपुल पोखरेल ७ सय ९६ मतका साथ बिजयी भएका छन । त्यस्तै समाबेशी उपाध्यक्षमा दिलिप थापा मगरले ८ सय ५९ ल्याउँदै बिजयी भए ।

Advertisement

महासचिवमा रमेश बिष्ट ७ सय ५१ मत ल्याएर बिजयी भएका छन । खुल्ला सचिवमा रामप्रसाद दाहाल ७ सय ४३, महिला सचिवमा लक्ष्मी पुन ७ सय ८७, आदिबासी जनजाती सचिवमा उदय जीएम ७ सय ५७ र मधेशी सचिवमा शीतलप्रसाद महतो ७ सय ४६ मतका साथ बिजयी भएका छन ।

दलित सचिवमा रेम बहादुर बिश्वकर्मा, एसोसिएट सचिवमा प्रकाश थापा, कोषाध्यक्षमा राजेश मिश्र बिजयी भएका छन । यता लेखा समिति संयोजकमा रोशन पुरी निर्वाचित भए भने लेखा समिती खुल्ला सदस्यमा भुपेन्द्र आचार्य र महिला सदस्यमा मीरा राजभण्डारी बिजयी भएका छन । केन्द्रीय सदस्यको मतगणना भने अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ ।

 

प्रदेशबाट निर्वाचित भएकाहरुको सूची

प्रदेश नम्बर १

सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)

प्रदेश नम्बर २

देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)

प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)

कुन उम्मेदवारले कति मत पाए ? हेर्नुहोस् सूची

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!