ताप्लेजुङमा पुल निर्माणको क्रममा करेन्ट लाग्दा युवकको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका-५ का ३० वर्षीय सन्तोष राईको करेन्ट लागेर मृत्यु भएको हो ।
तक्मेवा खोलामा पुल निर्माणको क्रममा करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र तापेथोक लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सो स्थानमा पाथीभरा सर्भिस सेन्टरले पुल निर्माणको जिम...































