उदयपुरका क्यान्सर रोगीलाई नोवेलमा निःशुल्क उपचार गरिदिँदै शर्मा, कहिलेसम्म पाइन्छ सेवा ?

उदयपुरका क्यान्सर रोगीलाई नोवेलमा निःशुल्क उपचार गरिदिँदै शर्मा, कहिलेसम्म पाइन्छ सेवा ?

विराटनगर । विराटनगरको नोवेल मेडिकल कलेजमा उदयपुर जिल्लाका क्यान्सर रोगीहरूको निःशुल्क उपचार हुने भएको छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले उदयपुरका क्यान्सर पीडितको निःशुल्क उपचारको व्यवस्था मिलाएका हुन् । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिका संयोजक नवराज अधिकारीले डा. शर्मासँग भेट गरी उदयपुर जिल्लाका सबै क्यान्सर पीडितहरूलाई निःशुल्क उपचार गराउन आग्रह गरेका थिए । सोह...
वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा पाँच जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा मोरङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत युरोप, अमेरिका, कुवेत, दुबईलगायतका देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । भारतको अररिया जिल्ला जोगवनी ग्राम पञ्चायत-३ का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ का २२ वर्षीय रोहित कुमार पासवान, विराटनगर-८ का २३ वर्षीय करण भनिने अमित राय, कटहर...
सामाजिक सञ्जालका आइडी ह्याक गरे हुनसक्छ तीन वर्ष कैद

सामाजिक सञ्जालका आइडी ह्याक गरे हुनसक्छ तीन वर्ष कैद

विराटनगर । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश भएको छ । विधेयकमा उल्लेख भए अनुसार अब कसैको आइडी तथा सूचना ह्याक गर्नेलाई तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने छ । कसैको कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको पासवर्ड वा सिरियल नम्बर क्र्याक गरी कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको गुप्त सङ्केत, ...
ताप्लेजुङमा बन्दको सामान्य प्रभाव, एक जना पक्राउ

ताप्लेजुङमा बन्दको सामान्य प्रभाव, एक जना पक्राउ

विराटनगर । ताप्लेजुङमा यातायात बन्दको सामान्य प्रभाव परेको छ । ‘नो केबलकार’ पक्षसहित पहिचान पक्षधरले आजबाट गरेको अनिश्चितकालीन यातायात बन्दको सामान्य प्रभाव पारेको हो । बजार बन्द गराउँदै र हुलहुज्जत गर्दै हिड्ने प्रदिप मादेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले जानकारी दिए । यातायात बन्द भएपनि स्कुल, बजार र कलकारखाना खुल्ला भएका उनको भनाइ छ । ‘सुरक्षा व्यवस्था ...
धरानबाट लागूऔषधसहित दुई दम्पती पक्राउ

धरानबाट लागूऔषधसहित दुई दम्पती पक्राउ

विराटनगर । सुनसरीबाट लागूऔषधसहित दुई दम्पती पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-३ गौधाराबाट लागूऔषधसहित मेडिकल सञ्चालक दम्पती र धरान-८ बाट अर्को एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो । गएराति मेडिकल पसलमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कार्टुनमा लुकाएर राखेको अवस्थामा नियन्त्रित लागूऔषध फेला पारेको थियो । प्रहरीले ट्रामोल दुई हजार क्याप्सुल र स्पास्पेन सात हजा...
तेह्रथुममा प्रचण्डको मर्निङवाकमा जाँदै गरेको स्कारपियो दुर्घटना 

तेह्रथुममा प्रचण्डको मर्निङवाकमा जाँदै गरेको स्कारपियो दुर्घटना 

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिकामा स्कारपियो दुर्घटना भएको छ । आज बिहान करिब ६ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मर्निङवाकमा सहभागि हुन यात्रु लिएर चुहानडाँडा तर्फ जाँदै गरेको प्र १-०२-००२ र च ७७३३ नम्बरको स्कारपियो दुर्घटना भएको हो । दुर्घटनामा पूर्व राज्यमन्त्री द्वय रामकुमारी चौधरी र मुक्साङ मेनाङवोसहित चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तेह्रथुमका ...
पहिचान पक्षधरको बन्दले मेची राजमार्ग र तमोर करिडोर ठप्प

पहिचान पक्षधरको बन्दले मेची राजमार्ग र तमोर करिडोर ठप्प

विराटनगर । पाथिभरा क्षेत्रमा माघ १२ गते ‘नो केबलकार’ पक्ष र सुरक्षाकर्मीबीच भएको झडपलाई लिएर पहिचान पक्षधरले मेची राजमार्ग र तमोर करिडोर बन्द गरेका छन् । आज बिहानैदेखि सडकमा निस्किएका बन्दकर्ताले सवारी साधन आवत-जावतमा रोक लगाएका छन् । केही बन्दकर्ताहरू धरान बन्द गर्दै तमोर करिडोरतर्फ लागेका छन् । तमोर कोरिडोर ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म पर्छ । मेची राजमार्ग ताप्लेजुङदेखि पाँचथरक...
गृहमन्त्री लेखकले छलफलका लागि बोलाए ताप्लेजुङका सांसद

गृहमन्त्री लेखकले छलफलका लागि बोलाए ताप्लेजुङका सांसद

विराटनगर । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदलाई छलफलका लागि बोलाएका छन् । ताप्लेजुङमा केबलकार निर्माणको विषयमा भइरहेको विवादको विषयमा छलफल गर्न गृहमन्त्री लेखकले उनीहरूलाई बोलाएका हुन् । लेखकले सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेवेलाई आज साँझ ५ बजे मन्त्रालयमा बोलाएका हुन् । उनीहरूले गृहमन्त्री लेखकलाई जिल्लाको वास्तविक अवस्थाबारे जानकारी ग...
धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

धनकुटा । धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गएराति चौबिसे गाउँपालिका-८ फेदी स्थित कच्ची सडकखण्डमा को २ त ४९७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार ट्याक्टरका सह-चालक चौबिसे-८ चौतराका २२ वर्षीय शम्भु लिम्बु घाइते भएका हुन् । उनको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट करिब सय मिटर तल झरेको छ । ट्याक्टर घ...
२०८१ माघ १५ गते मंगलबार/आजको राशिफल

२०८१ माघ १५ गते मंगलबार/आजको राशिफल

बि.सं.२०८१ माघ १५ गते मंगलबार ई.सं.२०२५ जनवरी २८ नेपाल सम्बत ११४५ पोहेलागा चतुर्दशी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण चतुर्दशी, चन्द्रमा धनु राशिमा, पूर्वाषढानक्षत्र, वज्रयोग, विष्टि/भद्राकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५२ बजे, सूर्यास्त साँझ ०५ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर...
मोरङमा एकै परिवारका ३० जनाले गरे बाबुको काजकिरिया

मोरङमा एकै परिवारका ३० जनाले गरे बाबुको काजकिरिया

विराटनगर । मोरङमा एकै परिवारका ३० जनाले बाबुको काजकिरिया गरेका छन् । बुढीगंगा गाउँपालिका-४ का ८८ वर्षीय शारदाप्रसाद भट्टराईको निधन भएपछि छोरा, छोरी र बुहारीसहित ३० जनाले काजकिरिया गरेका हुन् । भट्टराईका तीन जना श्रीमती छन् । उनीहरूबाट १० छोरा र आठ छोरीको जन्म भयो । जसमध्ये एक छोरीको भने निधन भइसकेको छ । बुढीगंगा-४ नेमुवास्थित छोरा गोविन्द भट्टराईको घरमा बाबुको काजकिरिया गरिएको हो । स्वर्गीय भट...
मनमोहनमा एलएलबीको पढाइ सुरु 

मनमोहनमा एलएलबीको पढाइ सुरु 

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाइ सुरु भएको छ । विश्वविद्यालयको  ‘स्कुल अफ अप्लाइड साइन्स टेक्नोलोजी अफ ल’ अन्तर्गत व्यवस्थापन कानुन ‘बिबिए एलएलबी’ स्नातक तहको पढाई आजबाट औपचारिक रूपमा सुरु भएको हो । विश्वविद्यालयले कानुन अध्ययन गर्न भर्ना भएका बिबिए एलएलबी तहका विद्यार्थीहरू र उनीहरूका अभिभावकलाई अभिभुखिकरण गराएको छ । मनमोहन प्राविधिक विश्वविद्या...
एमाले मोरङको जिल्ला अधिवेशनको मिति तोकियो

एमाले मोरङको जिल्ला अधिवेशनको मिति तोकियो

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन आगामी फागुनमा हुने तय भएको छ । सोमबार विराटनगरमा बसेको जिल्ला सङ्गठन कमिटीको तेश्रो पूर्ण बैठकले फागुन १७ देखि १९ गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको हो । एमाले मोरङका तत्कालीन अध्यक्ष एवं प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अध्यक्ष पद छाडेपछि गत जेठ १८ गते बाबुराम कार्की नेतृत्वमा सङ्गठन कमिटी बनेको थियो । पाटी भित्र आन्तरिक विवा...
भोजपुरमा टिपर दुर्घटना, चालक र सह-चालक घाइते

भोजपुरमा टिपर दुर्घटना, चालक र सह-चालक घाइते

भोजपुर । भोजपुरमा टिपर दुर्घटना भएको छ । गएराति करिब १२ बजेको समयमा हतुवागढी-८ मा टिपर दुर्घटना भएको हो । दुर्घटनामा चालक सुनसरीको इटहरी-४ का अन्दाजी ३० वर्षीय अमरबहादुर राई र सह-चालक भोजपुर अरुण गाउँपालिका-१ का अन्दाजी २४ वर्षीय कर्ण भुजेल घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको र धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्त...
दक्षिण कोरियामा सुनसरीका खतिवडासहित दुई नेपालीको मृत्यु

दक्षिण कोरियामा सुनसरीका खतिवडासहित दुई नेपालीको मृत्यु

विराटनगर । दक्षिण कोरियामा दुई जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अनुसार आइतबार दुई जनाको मृत्यु भएको हो । दक्षिण कोरियाको जेछनमा सुनसरी घर भएका ५० वर्षीय शशी खतिवडाको मृत्यु भएको छ । एनआरएनएका अनुसार उनी केही दिनदेखि उपचाररत थिए । उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनी क्षयरोगबाट पीडित थिए । यस्तै अर्का ३९ वर्षीय युवाको हृदयघातका कारण मृत्यु भएको हो ।
चौबिसेको कौशिका धाम ओझेलमा

चौबिसेको कौशिका धाम ओझेलमा

धनकुटा । धनकुटाको चौबिसेमा रहेको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल कौशिका धाम ओझेलमा परेको छ । पर्याप्त पूर्वाधार विकास र बाह्य प्रचारप्रसार नहुँदा कौशिका धाम ओझेलमा परेको हो । चौबिसे गाउँपालिका-४ र ५ को संगमस्थल हंसमोरङस्थित त्रिवेणी घाटमा कौशिका धाम छ । कौशिकालाई पवित्र तीर्थस्थल तथा पुण्य धामको रूपमा समेत मानिन्छ । तमोर नदी, तेलिया र छरुवा खोलाको संगम स्थलमा कौशिका धाम पर्दछ । पद्मपुराणमा कौ...
झापाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको हल्दीबारी गाउँपालिका-१ बाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रदेश १-०१-०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार हल्दीबारी-१ का २० वर्षीय सोनु कर्मकार र दमक नगरपालिका-८ का २३ वर्षीय सक्षम भट्टराईलाई पक्राउ परेका हुन् । उनीहरूको साथबाट पाच सय १० मिलिग्राम ब्राउन सुगर ...
केबलकार विरोधी समूहकै कारण हवाइ फायर गर्ने अवस्था सिर्जना भयो : प्रशासन

केबलकार विरोधी समूहकै कारण हवाइ फायर गर्ने अवस्था सिर्जना भयो : प्रशासन

विराटनगर । ताप्लेजुङमा केबलकार विरोधी समूहकै कारण हवाइ फायर गर्नेसम्मको अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रेस विज्ञप्ति जारी गर्दै सो समूहले एक्कासि ढुङ्गा, चिपर्ट, दाउरा र गुलेली प्रहार गर्न थालेपछी उच्च संयमताका साथ परिचालित सुरक्षाकर्मीले आत्मरक्षाको अन्तिम विकल्पको रूपमा हवाई फायर गर्ने सम्मको अवस्था आएको जनाएको हो । पाथीभरा मुक्कुमलुङ केबलकार द...
२०८१ माघ १४ गते सोमबार/आजको राशिफल

२०८१ माघ १४ गते सोमबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०८१ माघ १४ गते सोमबार ई.सं.२०२५ जनवरी २७ नेपाल सम्वत् ११४५ पोहेलागा त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण त्रयोदशी, चन्द्रमा धनु राशिमा, मूलनक्षत्र, हर्षणयोग, गरकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५२ बजे, सूर्यास्त साँझ ०५ः४० बजे हुनेछ । आज जन्म लिने बच्चा धनुराशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दाआफ्नोपुरा शरीर ऐना हेरे...
पहिचानवादीहरू ताप्लेजुङमा खनिए : नगर प्रमुख मादेन

पहिचानवादीहरू ताप्लेजुङमा खनिए : नगर प्रमुख मादेन

विराटनगर । ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको विषयमा उत्पन्न विवादका कारण सो क्षेत्र अशान्त बन्दै गएको छ । पहिचान पक्षधरले केबलकार निर्माण गर्न नदिने अडान कस्दा बनाउन दिने र नदिने पक्षबीचको विवाद झडपमा मात्र सीमित नभएर गोली चल्ने सम्मको अवस्थामा पुगेको छ । शनिबार पहिचान पक्षधरले ढुङ्गामुढा गरेपछि प्रहरीले गोली चलायो । सुरक्षाकर्मी र आन्दोलनरत पक्षका केही घाइते समेत भए । ताप्...
प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्षमा थापा 

प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्षमा थापा 

विराटनगर । प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा सर्वसम्मत निर्वाचित भएकी छन् । ९ औं जिल्ला अधिवेशनले थापालाई सर्वसम्मत निर्वाचित गरेको हो । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष भएकी छन् । उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारी सर्वसम्मत निर्वाचित भएक...
भारतबाट उद्धार गरिएका बालबालिकाको परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार गरिएका बालबालिकाको परिवारसँग पुनर्मिलन

विराटनगर । भारतबाट उद्धार गरिएका विराटनगरका पाँच जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । विभिन्न समयमा हराएका दुई बालक र तीन बालिकालाई आज परिवारको जिम्मा लगाइएको हो । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सृजना राईको रोहबरमा विराटनगर महानगरपालिकाका बालकल्याण अधिकारीमार्फत उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ । भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभ अवस...
धनकुटामा एक सय ५२ किलो गाँजा जलाएर नष्ट

धनकुटामा एक सय ५२ किलो गाँजा जलाएर नष्ट

धनकुटा । धनकुटामा एक सय ५२ किलो गाँजा जलाएर नष्ट गरिएको छ । विभिन्न समयमा बरामद गरिएको उक्त परिमाणको गाँजा धनकुटा-९ मुलघाट स्थित तमोर नदि किनारमा जलाएर नष्ट गरिएको हो । साँगुरीगढी गाउँपालिकाबाट विभिन्न समयमा बरामद भएको गाँजा जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर सुमन खड्काले बताए । प्रहरीले साँगुरीगढीको भेडेटार र चाँदीबजारबाट विभिन्न समयमा गाँजा बरामद गरेको थियो ।
इटहरीमा जनप्रतिनिधि र  कर्मचारीबीच किन भयो विवाद ?

इटहरीमा जनप्रतिनिधि र  कर्मचारीबीच किन भयो विवाद ?

विराटनगर । इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् । शुक्रबार उपमेयर सङ्गीता चौधरीसहित वडाध्यक्षहरू प्रशासन शाखा प्रमुख सञ्जीव खड्कामाथि आक्रामक ढङ्गबाट प्रस्तुत भएपछि कर्मचारी आन्दोलित भएका हुन् । आज केहीसमय आन्दोलन गरेर कर्मचारीहरू काममा फर्किएका थिए । प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताका अनुसार जनप्रतिनिधिहरूले प्रशासन शाखा प्रमुखलाई थर्काएको विषयलाई लिएर कर्मचारीहरू आन्दोलि...
पहिचान पक्षधरद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणा

पहिचान पक्षधरद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणा

विराटनगर । पहिचान पक्षधरले माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । आज विज्ञप्ति जारी गर्दै मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द गर्ने उनीहरूले घोषणा गरेका हुन् । उनीहरूले विभिन्न मागसहित अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । उनीहरूले मानव अधिकार हनन गरी मुक्कुमलुङमा केबलकार बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । चन्द्र ढक...
ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइयो 

ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइयो 

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइएको छ । आज उनीहरूलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो । झडपमा गम्भीर घाइते भएका धर्म पालुङ्वा, सगुन लावती र यामबहादुर लिम्बूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो । उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अन...
विराटनगरबाट हराएका पाँच बालबालिकाको उद्धार

विराटनगरबाट हराएका पाँच बालबालिकाको उद्धार

विराटनगर । विराटनगरबाट हराएका पाँच जना बालबालिकाको उद्धार गरिएको छ । शनिबार तीन जना बालक र दुई जना बालिकालाई बिहारबाट उद्धार गरेर विराटनगर ल्याइएको हो । सात देखि १७ वर्ष उमेर समूहका उनीहरूमध्ये दुई जना एक वर्ष अघि र तीन जना गत कात्तिकदेखि बेपत्ता भएका थिए । उनीहरूको घर विराटनगर १, ८, १४ र १९ नम्बर वडामा पर्छ । भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभ अवसर ग्रामको समन्वयमा उनीहरूलाई राष्ट्र...
ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं लग्ने तयारी

ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं लग्ने तयारी

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा घाइते भएका तीन जनालाई काठमाडौं लग्ने तयारी भएको छ । शनिबार पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा एक किलोमिटर माथिको क्षेत्रमा ‘नो केबलकार’ समूह र प्रहरीबीच झडप भएको हो । झडपमा २६ जना घाइते भएका छन् । जसमा २१ जना सुरक्षाकर्मी र पाँच जना आन्दोलनकारी छन् । आन्दोलनरत पक्षले प्रहरीले पाँच जनालाई गोली हानेको दाबी छ । गोली लागेका मध्ये तीन जनाको अवस्था ...
२०८१ माघ १३ गते आइतबार/आजको राशिफल 

२०८१ माघ १३ गते आइतबार/आजको राशिफल 

बि.सं.२०८१ माघ १३ गते आइतबार ई.सं.२०२५ जनवरी २६ नेपाल सम्वत् ११४५ पोहेलागा द्वादशी, कालोयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण द्वादशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठानक्षत्र, व्याघातयोग, कौलवकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ०५ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै ...
राजनीति बिग्रियो भने अर्थतन्त्र बिग्रन्छ : अर्थमन्त्री पौडेल

राजनीति बिग्रियो भने अर्थतन्त्र बिग्रन्छ : अर्थमन्त्री पौडेल

विराटनगर । सङ्घीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजनीति बिग्रियो भने अर्थतन्त्र बिग्रिने बताएका छन् । आज विराट एक्स्पो-२०२५ को उद्‌घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राजनीति नीति मध्येको मुख्य नीति हो’, अर्थमन्त्री पौडेलले भने, ‘राजनीति बिग्रियो भनेदेखि अर्थतन्त्र बिग्रिन्छ । समाजका यावद प्रबन्धहरू बिग्रन्छन् । त्यसकारण राजनीति दुरुस्त नभइकन अर्थतन्त्र दुरुस्त ह...
आठौं संस्करणको विराट एक्स्पो सुरु

आठौं संस्करणको विराट एक्स्पो सुरु

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गरेको आठौं विराट एक्स्पो सुरु भएको छ । संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्‌घाटन गरेसँगै एक्स्पो औपचारिक रूपमा सुरु भएको हो । आजबाट सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानसहित चार देशका दुई सय ६८ स्टल रहेका छन् । मेरो देश मेरै उत्पादन, विजनेश क्लिनिक, संघ प्रदेश र स्थानीय तहका करका दर...
error: Content is protected !!