‘नो केबलकार’ समूहका १४ जना साधारण तारेख र तीन जना धरौटीमा रिहा
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर आन्दोलन गर्दा पक्राउ परेका सबै जना रिहा भएका छन् । यसरी रिहा हुनेमा झापाबाट ८, सुनसरीबाट ६ र ताप्लेजुङका तीनसहित १७ जना छन् । उनीहरू बुधबार साँझ रिहा भएका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले पक्राउ परेका सबै जना रिहा भएका पुष्टि गरे । ‘ताप्लेजुङका तीन जनालाई धरौटी...





























