मोरङको उर्लाबारीमा किशोरको शव फेला
विराटनगर । मोरङको उर्लाबारीमा पैनीमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । आज बिहान उर्लाबारी नगरपालिका-२ जनटोलका १७ वर्षीय सनम निरौलाको शव फेला परेको हो ।
‘छारे रोगका बिरामी रहेछन् । राति साथी र बुबासँगै सुतेको बुझियो । बिहान पाँच बजे हेर्दा मान्छे देखेनछन्’, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले संगालोखबरसँग भने, ‘रोगले भेट्दा पहिला पनि हिड्ने गरेको रहेछ । खो...


























