मोहन ढकाल/संगालोखबर


विराटनगर । जेनजी पुस्ताको आन्दोलनका क्रममा विराटनगरमा रहेका सरकारी कार्यालयसँगै भाटभटेनी सुपर मार्केट ध्वस्त भएको छ । आगजनी र तोडफोडका कारण कार्यालय, महत्वपूर्ण कागजात, सवारी साधन, फर्निचर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ ।

मंगलबार भएको आन्दोलनमा कोशी प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उच्च अदालत, जिल्ला अदालत, महानगरपालिकाको कार्यालय तथा अन्य विभिन्न कार्यालयमा आगजनी तथा तोडफोड हुँदा ठूलो क्षति भएको छ ।

Advertisement

आन्दोलनका क्रममा कार्यालयभित्र रहेका विभिन्न समाग्री चोरी भएका छन् । भाटभटेनी तथा अन्य सरकारी कार्यालयमा अहिलेसम्म पनि पूर्णरूपमा आगो नियन्त्रणमा आएको छैन ।

तस्बिर : मोहन ढकाल/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!