संगालोखबर


विराटनगर । इटहरी उपमहानगरपालिकामा कर्फ्यु आदेश जारी भएको छ । जेनजी पुस्ताले प्रदर्शनका क्रममा उपमहानगरपालिकामा आगजनी गर्नुका साथै ढुङ्गामुढा गरेपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

प्रदर्शनकारीले मेयर हेमकर्ण पौडेलको कार्यकक्षसहित जिन्सी शाखामा आगजनी गरेका हुन् । अहिले पनि प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् । आगजनीका कारण उपमहानगरमा ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र कुमार मिश्रले अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।

Advertisement

आदेशअनुसार उत्तरतर्फ नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वतर्फ मिलन चोकदेखि जुट विकास क्षेत्रसम्म कर्फ्यु लगाइएको छ ।
यस्तै, दक्षिणतर्फ अख्तियारको कार्यालयदेखि साथी पेट्रोल पम्प हुँदै बसपार्कसम्म र पश्चिमतर्फ कंलकी मोडदेखि जनता बस्तीसम्म अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!