
काठमाडौं । काठमाडौंको बानेश्वरमा जेनजी प्रदर्शनका क्रममा गोली लाग्दा थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई पुगेको छ ।
गोली लागेर घाइते भएका एक २० वर्षीय युवाको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको परिचय खुल्न बाँकी छ ।
यसअघि गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रदर्शनमा करिब ७०/८० जना घाइते भएका र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













