
काठमाडौँ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्ता (जेनजी) संसद भवनभित्र प्रवेश गरेका छन् । प्रहरीको सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरू संसद भवनभित्र छिरेका हुन् ।
उनीहरु गेटमाथि चढेर भवनभित्र प्रवेश गरेका हुन् । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाईफायर गरेको छ । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

संगालोखबर 













