संगालोखबर


काठमाडौं । जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । काठमाडौंमा १७ र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या १९ पुगेको हो ।

प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो । इटहरीका भने प्रदर्शनकारीको गोली लागेर घटना स्थलमै मृत्यु भएको जनाइएको हो ।

Advertisement

प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिचय खुलेको छैन । प्रदर्शनमा कति जना घाइते भएका छन् भन्ने यकिन विवरण आएको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!