
काठमाडौं । जेनजी पुस्ताले सरकारविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १४ पुगेको छ । काठमाडौंका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । मृतकहरूको पहिचान खुलेको छैन ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजीहरूले देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् ।

संगालोखबर 













