
काठमाडौं । काठमाडौंको बानेश्वरमा जेनजी प्रदर्शनका क्रममा गोली लाग्दा एक जनाको मृत्यु भएको छ ।
आज भएको प्रदर्शनमा गोली लागेर घाइते भई उपचारका लागि सिभिल अस्पताल लगिएकामध्ये एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेको परिचय खुल्न बाँकी छ ।
सिभिल अस्पतालका अनुसार ७०/८० जना प्रदर्शनकारीको उपचार भइरहेको छ । गोली लागेर एक जनाको मृत्यु भएपछि बानेश्वर क्षेत्र थप तनावग्रस्त भएको छ ।

संगालोखबर 













