
काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ६ जनाको ट्रमा सेन्टर र २ जनाको सिभिल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
यस्तै केएमसीमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । आन्दोलनका क्रममा घाइते भएका दर्जनौँको उपचार भइरहेको छ ।

संगालोखबर 













