
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । आज साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा युवापुस्ताको आन्दोलन चर्किएका बेला आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । काठमाडौँ, विराटनगर, इटहरी लगायत देशका ठूला शहरहरूमा आन्दोलन जारी छ ।

संगालोखबर 













