एमाले महालक्ष्मी नगरको अध्यक्षमा कमल कार्की विजयी

एमाले महालक्ष्मी नगरको अध्यक्षमा कमल कार्की विजयी

धनकुटा । नेकपा एमाले महालक्ष्मी नगर कमिटीको अध्यक्षमा कमल कार्की निर्वाचित भएका छन् । नगरको दोस्रो अधिवेशनमा आज भएको मतदानबाट ११७ मत प्राप्त गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । उनले विष्णुप्रसाद दाहाललाई २२ मतान्तरले पराजित गरेका छन् । दाहालले ९५ मत पाएका छन् । सहमति जुट्न नसकेपछि अध्यक्ष र सचिव पदमा मतदान गरिएको थियो । ७५ सदस्यीय नगर कमिटीमा तीन पदाधिकारीसहित ७३ पद सर्वसम्मत चयन गरिएक...
धनकुटाका पत्रकारसँग बीमा सम्बन्धी अन्तरक्रिया

धनकुटाका पत्रकारसँग बीमा सम्बन्धी अन्तरक्रिया

धनकुटा । धनकुटाका पत्रकारहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले बीमा क्षेत्रका समस्याहरू बुझेर समाधान खोज्न पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा सहभागि पत्रकारहरूले जीवन बीमा र निर्जीवन बीमा क्षेत्रमा देखिएका समस्याहरू जानकारी गराउँदै समाधानका उपायका विषयमा सुझाव दिएका छन् । सो अवसरमा बीमा प्राधिकरणका कोशी प्रदेश प्...
धनकुटाको जोरपाटीमा बालकलाई ठक्कर दिई भ्यान फरार

धनकुटाको जोरपाटीमा बालकलाई ठक्कर दिई भ्यान फरार

विराटनगर । धनकुटा छथर जोरपाटी गाउँपालिका-२ जोरपाटीस्थित कोशी लोकमार्गमा एक बालकलाई ठक्कर दिएर भ्यान फरार भएको छ । आज साँझ अन्दाजी ६ः४५ बजे सिधुवाबाट हिलेतर्फ जाँदै गरेको, ‘मातृभाग्स एग्रोभेट’ लेखिएको खरानी रङको, ४८५ नम्बर खुलेको तर अन्य विवरण अज्ञात रहेको भ्यानले बाटोमा हिँडिरहेका अन्दाजी ४ वर्षीय रियो मगरलाई ठक्कर दिएको थियो । बालकको टाउको र खुट्टामा गम्भीर चोट लागेका कारण उनलाई तत्काल उपचारक...
धनकुटामा सुरु भयो भलिबल उत्सव तथा रमाइलो मेला

धनकुटामा सुरु भयो भलिबल उत्सव तथा रमाइलो मेला

धनकुटा । धनकुटामा भलिबल उत्सव तथा रमाइलो मेला सुरु भएको छ । जिल्ला भलिबल संघको आयोजनामा धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबारदेखि उत्सव सुरु भएको हो । पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले रेफ्रीलाई बल हस्तान्तरण गरेर भलिबल उत्सव उद्‌घाटन गरेका छन् । महिला भलिबल तर्फको उद्‌घाटन खेलमा पाख्रीवासलाई २५-१० र २५-११ को सोझो सेटमा पराजित गर्दै सहिदभूमि गाउँपालिका विजयी भएको छ । १५ दिन अर्था...
खोटाङको वराहपोखरीमा बसाइँ सरेर आउनेले पाउँछन् प्रोत्साहन स्वरुप एक लाख

खोटाङको वराहपोखरीमा बसाइँ सरेर आउनेले पाउँछन् प्रोत्साहन स्वरुप एक लाख

विराटनगर । खोटाङको वराहपोखरी गाउँपालिकाले बसाइँ सरेर गाउँमा आएको एक परिवारलाई प्रोत्साहन स्वरुप एक लाख दिएको छ । १८ वर्षपछि गाउँमै फर्किएका बेदबहादुर खड्काको परिवारलाई गाउँपालिकाले एक लाख दिएको हो । २०६३ सालमा सोही स्थानबाट सप्तरी बसाइ सरेको खड्काको परिवार स्थायी रूपमा बस्नेगरि पुनः गाउँ फर्किएपछि प्रोत्साहन गरेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय बसाइँसराइले गाउँ खाली हुँदै गएपछि गाउँपालिका...
विराटनगरबाट स्रोत नखुलेको सात लाखसहित भारतीय नागरिक पक्राउ

विराटनगरबाट स्रोत नखुलेको सात लाखसहित भारतीय नागरिक पक्राउ

विराटनगर । विराटनगर-१५ बाट श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो जोगबनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तव सात लाख नेपाली रुपैयाँसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको छ । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । उनले उक्त नोट ...
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजी गरिँदै

कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजी गरिँदै

विराटनगर । कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजी गरिने भएको छ । ‘कोशी प्रदेशको सान, प्रतिभावान् अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान’ भन्ने मूल नाराका प्रतिभा खोजी कार्यक्रम गर्न लागिएको हो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, कोशी प्रदेशको आयोजना तथा करुणा फाउन्डेसन नेपाल र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा विभिन्न सरोकारवाला न...
कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै बैशाख ११ गतेदेखि नै परीक्षा सञ्चालन हुने जनाएको हो । परीक्षा स्थगित भएको भन्दै प्रचार गरिएपछि बोर्डले विज्ञप्ति जारी गर्दै सत्यता नभएको जनाएको हो । भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले उल्लेख गरेको छ । ‘यही २०८२ साल वैशाख ११ गतेबाट सञ्चालन हुने ...
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

विराटनगर । आज सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । बिहीबार प्रतितोला एक हजार नौ ६० रुप...
सुनसरीमा लामखुट्टे भगाउने धुपबाट सल्किएको आगोबाट १० घर खरानी

सुनसरीमा लामखुट्टे भगाउने धुपबाट सल्किएको आगोबाट १० घर खरानी

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-६ मा आगलागी भएको छ । बिहीबार अपरान्ह भएको आगलागीबाट १० घर ध्वस्त भएका छन् । प्रहरीका अनुसार पाँच परिवारको १० घर जल्दा अन्दाजी ६० लाख बराबरको क्षति भएको छ । झिँगा र लामखुट्टे भगाउने धुपबाट घरमा आगो सल्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाबुनन्द गोइतको घरबाट सुरु भएको आगोले रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतको घर जलेर खरानी भएको हो । ...
सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ फुटानी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा दुहबी-३ का ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको हो । प्रहरीका अनुसार फुटानी चोक-वसनपुर भित्री सडक खण्डमा को ३९ प ९१७५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा चालक माझी गम्भिर घाइते भएका थिए । उनको विराट शिक्षण अस्पताल बुढीगंगामा उपचारका क्रममा राति ११ः३० ब...
एमाले विराटनगर महानगरमा गिरीको प्यानल नै निर्वाचित

एमाले विराटनगर महानगरमा गिरीको प्यानल नै निर्वाचित

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा बलराम गिरीसहित प्यानलै विजयी भएको छ । आज बिहानको राति सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार १७३ मतका साथ अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार रोहित कोइरालाले १२१ मत प्राप्त गरे । उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने १४५ मतसहित निर्वाचित हुँदा अर्का उम्मेदवार राम पोखरेलले १३६ मत प्राप्त गरे । सचि...
चुनकुमारी मृत्यु प्रकरण : पतिकै योजनामा हत्या, ६ जना पक्राउ

चुनकुमारी मृत्यु प्रकरण : पतिकै योजनामा हत्या, ६ जना पक्राउ

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका-२ घर भएकी ३४ वर्षीया चुनकुमारी बुढाथोकीको हत्या पतिकै योजनामा भएको खुलेको छ । गत चैत २५ गते सुनसरीको धरान-६ पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत फेला परेकी उनको हत्या कोरियामा बस्दै आएका पतिको योजनामा भएको खुलेको हो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय धराने बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । ...
मोरङको सुन्दरहरैँचामा ट्रान्सफर्मर चोरी

मोरङको सुन्दरहरैँचामा ट्रान्सफर्मर चोरी

विराटनगर । मोरङमा बिजुली गएको मौका छोपेर ट्रान्सफर्मर चोरी भएको छ । सुन्दरहरैँचा नगरपालिका-२ जोगियारेमा बुधबार राती ट्रान्सफर्मर चोरी भएको हो । बुधबार राति तीन घण्टा बढी बिजुली गएको मौका पारेर चोरको समूहले सिंगो ट्रान्सफर्मर नै चोरेर लगेका हुन् । ‘अहिले अर्को ट्रान्सफर्मर जडान गरेर विद्युत सुचारु भएको छ’, वडा नम्बर २ का वडाध्यक्ष विवश प्रधानले संगालोखबरसँग भने, ‘प्रहरीले पनि चोरी गर्ने समूहलाई...
विराटनगरका शिक्षकहरू काठमाडौंको सडक केन्द्रित आन्दोलनमा 

विराटनगरका शिक्षकहरू काठमाडौंको सडक केन्द्रित आन्दोलनमा 

विराटनगर । यतिबेला देशैभरका शिक्षक-कर्मचारीहरू काठमाडौंमा सडक केन्द्रित आन्दोलनमा सरिक भएका छन् । चैत २० गतेबाट सुरु भएको आन्दोलन १६ औं दिनसम्म निरन्तर जारी छ । नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु भएपनि शिक्षकहरू विद्यालय बन्द गरेर काठमाडौंको सडकमा शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित आन्दोलनमा सक्रिय भएका छन् । जसका कारण माध्यमिक शिक्षा परीक्षा एसइईको उत्तरपुस्तिका परीक्षण समेत हुन सके...
माओवादी केन्द्र विराटनगरको दोस्रो सम्मेलन बैशाख ७ गते 

माओवादी केन्द्र विराटनगरको दोस्रो सम्मेलन बैशाख ७ गते 

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर समितिले वैशाख ७ गते दोस्रो नगर सम्मेलन गर्ने भएको छ । विराटनगर महानगर समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बैशाख ७ र ८ गते सम्मेलन हुने जानकारी दिएको हो । सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने छन् । सम्मेलनमा तीन सय ५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक र २५ जना स्वयंसेवक रहने नगर समितिका अध्यक्ष नवीन पौडेलको...
मोरङको रंगेलीमा गाईले हानेर घाइते वृद्धको मृत्यु

मोरङको रंगेलीमा गाईले हानेर घाइते वृद्धको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-९ दोहमनामा गाईले हानेर घाइते भएका वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार छिमेकीको गाइले हानेर अन्दाजी ९० वर्षीय रामप्रसाद शिवाकोटी घाइते भएका थिए । टाउको, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेका वृद्धको रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर स्थित नोवेल अस्पतालमा ल्याइएको थियो । नोवेलमा पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा आज बाटोमा नै उन...
सुनसरीबाट २४ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीबाट २४ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका-४ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका-६ का २४ वर्षीय राजेश मुखिया पक्राउ परेका हुन् । दुई वटा झोलामा राखेको २४ किलो गाँजासहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस्तै विराटनगर महानगरपालिका-१६ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित सुन्दरहरैँचा-७ का २२ वर्षीय जिवस तामाङ र ३८ वर्षीय भिमकुमार तामाङ पक्राउ पर...
सोलुखुम्बुमा छोरीलाई खुकुरी हानेर बाबु फरार, उपचारका लागि काठमाडौं लगियो

सोलुखुम्बुमा छोरीलाई खुकुरी हानेर बाबु फरार, उपचारका लागि काठमाडौं लगियो

विराटनगर । सोलुखुम्बुमा बालिका छोरीलाई खुकुरी हानेर बाबु फरार भएका छन् । थुलुङ दूधकोशी गाउँपालिका-९ गोपेका ३२ वर्षीय चामकुमार तामाङले आफ्नै ५ वर्षीया छोरी पवित्रालाई आज बिहान खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट बालिका गम्भीर घाइते भएकी छन् । सोलुखुम्बुमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । उनको कान, निधारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्...
पर्यटकको पर्खाइमा धनकुटाको चौबिसे

पर्यटकको पर्खाइमा धनकुटाको चौबिसे

धनकुटा । धनकुटा जिल्ला पूर्वी नेपालको मुख्य पर्यटकीय गन्तव्य मध्येमा पर्दछ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बाक्लो हुने गरेको छ । जिल्लाका विभिन्न पर्यटकीय स्थल चर्चामा रहेपनि केही स्थानका पर्यटकीय स्थल भने ओझेलमा परेका छन् । चौबिसे गाउँपालिकामा पर्यटकीय गन्तव्यको सम्भावना बोकेका थुप्रै स्थानहरू छन् । तर पर्याप्त प्रचार-प्रसारको अभावमा ओझेलमा परेका छन् । भेडेटार-रवि-रा...
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा एक लाख ९० हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा एक लाख ९० हजार नाघ्यो

विराटनगर । नेपाली बजारमा सुनको मूल्यमा ऐतिहासिक नयाँ रेकर्ड कायम भएको छ । आज प्रतितोला तीन हजार छ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ किर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर ...
इटहरीबाट भैरहवाका लागि छुटेको बस मकवानपुरमा दुर्घटना

इटहरीबाट भैरहवाका लागि छुटेको बस मकवानपुरमा दुर्घटना

विराटनगर । सुनसरीको इटहरीबाट भैरहवा जाँदै गरेको बस मकवानपुरमा दुर्घटना भएको छ । प्रहरीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । इटहरीबाट भैरहवा जाँदै गरेको  लु २ ख ५९९ नम्बरको बस आज बिहान करिब ४ः५० बजे मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित पूर्व-पश्चिम सडक खण्डमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस सडकबाट अन्दाजी १० मिटर तल खसेको छ । घाइतेहरूको भरतपुर अस्पता...
ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका-५ याङशिला चोकमा बुधबार दिउँसो भएको दुर्घटनामा चालक पाँचथरको फिदिम नगरपालिका-३ का २५ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आधारभूत स्वास्थ्य चौकी तापेथोकमा मृत्यु भएको हो । दुर्घटनामा फिदिम-३ का स...
उर्लाबारीबाट जबरजस्ती करणी आरोपमा एक पुरुष पक्राउ

उर्लाबारीबाट जबरजस्ती करणी आरोपमा एक पुरुष पक्राउ

विराटनगर । मोरङबाट महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका-८ राजघाटका ३७ वर्षीय मनोज धामीलाई प्रहरीले पक्राउ गरेको हो । गत चैत २८ गते राति २० वर्षीया महिलालाई उनले जबरजस्ती करणी गरेको भनेर उजुरी परेको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले धामीलाई मङ्गलबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका धामीका सम्बन्धमा थप अनुसन्धान भइरहेको ...
सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको युवा सूचीमा 

सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको युवा सूचीमा 

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको युवा सूचीमा समेटिएकी छन् । विश्वका विभिन्न विधाका युवाहरू समेट्ने फोरमको युवा नेतामा डङ्गोललाई समावेश गरेको हो । फोरमले डङ्गोललाई २९ वर्षको उमेरमा काठमाडौं महानगरको उपमेयर हुँदा नेपालका ७५३ पालिकामा सबैभन्दा धेरै मतान्तरले जितेकोदेखि अक्सफोर्डमा मन्तव्य दिएको लगायतका विषयलाई समावेश गरेको छ । नेकपा एमालेबाट उम्मेदवार...
यू-१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित

यू-१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित

विराटनगर । आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । तल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो । हङकङले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर १२ ओभर ३ बलमै भेटायो । नेपालका शाहिल पटेलले ४२, कप्तान नरेन भट्टले ३९ र निरजकुमार यादवले २३ रन बनाए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६ ओभर २ बलमा १ सय १५ रन बनाउँदा सबै वि...
शिक्षकहरूलाई तत्काल विद्यालय फर्काउने वातावरण बनाउनुपर्छ : सुनिल शर्मा 

शिक्षकहरूलाई तत्काल विद्यालय फर्काउने वातावरण बनाउनुपर्छ : सुनिल शर्मा 

विराटनगर । शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित आन्दोलनरत शिक्षकहरूका माग तत्काल सम्बोधन गर्नुपर्ने प्रतिनिधिसभा सांसद डा. सुनिल शर्माले बताएका छन् । गत चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षक काठमाडौंमा सडक केन्द्रित आन्दोलन गरिरहेका छन् । नेपाली काँग्रेसका युवा नेता तथा सांसद शर्माले शिक्षकमाथि भइरहेको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल विद्यालय फर्काउने वातावरण बनाउन सरका...
भेडेटारबाट धरान आउँदै गरेको अटोमा गाँजा, बाबु-छोरासहित तीन जना पक्राउ

भेडेटारबाट धरान आउँदै गरेको अटोमा गाँजा, बाबु-छोरासहित तीन जना पक्राउ

विराटनगर । सुनसरी धरान उपमहानगरपालिका-१३ बाट १९ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-४ का ४८ वर्षीय जोकबहादुर राई, उनका छोरा ३० वर्षीय सुमन राई र अटोमा सवार धनकुटाको साँगुरीगढी-३ का ३६ वर्षीय सुरज लिम्बु रहेका छन् । प्रहरीका अनुसार जोकबहादुर अटो चालक हुन् । भेडेटारबाट धरानतर्फ आएको को २ ह ४७३९ नम्बरको अटोमा चेकचाँज गर्दा गाँजा भेटिएको प्रहरीले जनाएको छ । यसैगरी विराटनग...
रोजगारी सिर्जना तथा व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्न लगानी सम्मेलन

रोजगारी सिर्जना तथा व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्न लगानी सम्मेलन

विराटनगर । कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । आगामी बैशाख १७ र १८ गते लगानी सम्मेलन गर्न लागिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । रोजगारी सिर्जना तथा व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्नका लागि लगानी सम्मेलन गर्न लागिएको जनाइएको छ । लगानी सम्मेलनमार्फत कोशी प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न तथा सम्भावनाका नयाँ क्षेत्रहरू खोजी गरिने प्रदेश सचि...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन दुई हजार सात सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । आइतबार सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य आइतबारको त...
इटहरीमा ट्याक्टरले किच्दा बालकको मृत्यु

इटहरीमा ट्याक्टरले किच्दा बालकको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१५ मा ट्याक्टरले किचेर एक बालकको  मृत्यु भएको छ । भारतको वेस्ट बंगाल घर भइ इटहरी-१५ स्थित पूजा इँटा भट्टामा काम गर्दै आएका ऐनुल मियाँका तीन वर्षीय छोरा माहिर मियाँको मृत्यु भएको हो । मंगलबार प्र १-०२-००३ त ७०२ नम्बरको ट्याक्टरले बालकलाई किचेको थियो । प्रहरीका अनुसार इँटा भट्टा बाहिर खेलिरहेका बालकलाई ट्याक्टरको पछाडिको चक्काले किचेको थियो । गम्भीर घाइत...
error: Content is protected !!