धनकुटामा एमालेले सार्वजनिक गर्‍यो महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन तालिका

धनकुटामा एमालेले सार्वजनिक गर्‍यो महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन तालिका

धनकुटा । धनकुटामा नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन अधिकृत नहकुल राईको अध्यक्षतामा आज बसेको निर्वाचन समितिको बैठकको निर्णय अनुसार मंसिर १३ गतेसम्मको तालिका सार्वजनिक गरिएको हो । कार्यतालिका अनुसार आज मतदाता नामावली प्रकाशन गरिएको छ । यस्तै, भोलि साँझ ५ बजेसम्म मतदाता नामावलीमाथि दाबी-विरोधको समय निर्धारण गरिएको ...
पुष्पलालचोक-तीनपैनी सडक : पहिला पूर्वकै नमूना, अहिले खाल्डै-खाल्डाको धराप

पुष्पलालचोक-तीनपैनी सडक : पहिला पूर्वकै नमूना, अहिले खाल्डै-खाल्डाको धराप

विराटनगर । विराटनगरको पुष्पलाल चोकदेखि तीनपैनीसम्मको सडक कुनै बेला पूर्वी नेपालकै नमूना सडकका रूपमा परिचित थियो । दुई लेन सडकको बीच भागमा बनाइएको आइल्याण्डमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो भने रातको समयमा सडकलाई उज्यालो बनाउन सोलार बत्ती जडान गरिएको थियो । तर अहिले सोही सडकले दुर्घटनाको धराप थापेको छ । सडकभरि रहेका खाल्डाका कारण सवारी आवत-जावत जोखिमपूर्ण बनेको छ । स्थानीय निर्मला पाण्डेक...
प्रविण पोख्रेललाई तोकियो नेशनल भोलेन्टियर फोर्सको धनकुटा कमान्डर

प्रविण पोख्रेललाई तोकियो नेशनल भोलेन्टियर फोर्सको धनकुटा कमान्डर

धनकुटा । राष्ट्रिय युवा सङ्घ धनकुटाका पूर्वअध्यक्ष प्रविण पोख्रेललाई नेशनल भोलेन्टियर फोर्सको धनकुटा कमान्डर तोकिएको छ । नेकपा एमालेले निर्माण गरेको फोर्सका लागि पोखरेललाई धनकुटा कमान्डरको जिम्मेवारी प्रदान गरिएको हो । मुलुकमा अराजकता र अशान्ति बढ्दै गएको भन्दै एमालेले अराजक गतिविधि रोक्दै शान्तिपूर्ण वातावरण निर्माणका लागि फोर्स निर्माण गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा केन्द्रिय कमान्ड...
विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि मसी प्रहार गर्ने युवा को हुन् ?

विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि मसी प्रहार गर्ने युवा को हुन् ?

विराटनगर । विराटनगरमा नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा रातो मसी प्रहार गर्ने दुई युवा नेपाली काँग्रेसका क्रियाशील सदस्य भएको खुलेको छ । युवा संघको जागरण सभामा सुनसरी जाँदै गर्दा बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीको सिसामा मसी प्रहार भएको थियो । विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकालमाथि विराटनगर –१ का २५ वर्षीय संजोग गौतम र विराटनगर-२ का १९ वर्षीय...
धनकुटाका दुर्गामणि पौडेल : दुई दशकपछि गाउँ फर्किएर खोले वाइन उद्योग

धनकुटाका दुर्गामणि पौडेल : दुई दशकपछि गाउँ फर्किएर खोले वाइन उद्योग

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ मारेकटहरेस्थित तोरीबारीका दुर्गामणि पौडेलले निजी लगानीमा वाइन उद्योग खोलेका छन् । स्थानीयलाई रोजगारी दिने उद्देश्यसहित करिब १० करोड लागतमा पौडेलले वाइन उद्योग खोलेका हुन् । बसन्तपुर तीनजुरे बेभरेज प्रालिले सञ्चालनमा ल्याएको तीनजुरे किबी उद्योगबाट ‘तीनजुरे बगान वाइन’ उत्पादन सुरु भएको छ । उद्योगमा स्थानीय कृषकले उत्पादन गरेको किवी खपत हुँदै आएको छ भने स्थ...
एमाले नेता महेश बस्नेतविरुद्ध सुनसरीको दुहबीमा प्रदर्शन

एमाले नेता महेश बस्नेतविरुद्ध सुनसरीको दुहबीमा प्रदर्शन

विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध सुनसरीको दुहबीमा युवाहरूले प्रदर्शन गरेका छन् । युवा संघ नेपाल कोशी प्रदेशको जागरण सभामा सहभागि हुन सुनसरी आएका नेता बस्नेतको विरोधमा युवाहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले बस्नेतविरुद्ध नाराबाजी गरेका थिए । ‘युवाहरूले प्रदर्शन गर्नुभएको थियो’, इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिवराम थापाले संगालोखबरसँग भने, ‘अहिले...
अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन : महेश बस्नेत

अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन : महेश बस्नेत

विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेतले अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य नहुने बताएका छन् । विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा आफू सवार गाडीमा रातो मसी छ्यापिएपछि सामाजिक सञ्जालमार्फत उनले सो कुरा व्यक्त गरेका हुन् । उनले आफूहरूमाथि रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय रहेको उल्लेख गरेका छन् । ‘लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ । शान्तिपूर्ण सभा-जुलु...
विराटनगरमा एमाले नेता महेश बस्नेत चढेको गाडीमा रंग छ्यापियो, दुई जना पक्राउ

विराटनगरमा एमाले नेता महेश बस्नेत चढेको गाडीमा रंग छ्यापियो, दुई जना पक्राउ

विराटनगर । विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा केही युवाले रंग छ्यापेका छन् । युवा संघको कार्यक्रममा सहभागि हुन इटहरी जाने क्रममा विराटनगर विमानस्थल अगाडि नेता बस्नेत सवार गाडीमा रातो रंग छ्यापिएको हो । रंग छ्याप्ने क्रममा विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतम र विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुँवरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विरोध गर...
बिर्तामोडको रेखा खोलामा शव भेटियो, दुई जना पक्राउ

बिर्तामोडको रेखा खोलामा शव भेटियो, दुई जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका-७ मियाबारीस्थित रेखा खोलामा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड-६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव फेला परेको हो । स्थानीयले शनिबार राति शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । राति नै कानुनी प्रक्रिया पूरा गरेर शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ...
सुनको मूल्य २९ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य २९ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढे...
विराटनगरको अरनिको कलेजले गर्यो उत्कृष्ट विद्यार्थीलाई सम्मान

विराटनगरको अरनिको कलेजले गर्यो उत्कृष्ट विद्यार्थीलाई सम्मान

विराटनगर । विभिन्न विधाको प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याएका आफ्ना विद्यार्थीहरूलाई विराटनगरको अरनिको आवासीय माध्यमिक विद्यालयले सम्मान तथा पुरस्कृत गरेको छ । एमबीबीएस, इन्जिनियरिङ् तथा बिडिएसको प्रवेश परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने १४ जना विद्यार्थीलाई आज कार्यक्रम आयोजना गरेर सम्मान गरिएको हो । पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ् तर्फको प्रवेश परीक्षामा सबैभन्दा बढी अङ्क ल्...
तीन मुक्तक

तीन मुक्तक

पसिनाले भिजाउँदा मरुभूमिमा फल फल्छ शान्त शहर अहंकारको आगोले जल्छ सत्ताको लोभमा माउ-बच्चाबीच द्वन्द्व हुँदा एकतामा उभिएको सान क्षणभरमै ढल्छ ००००० बुद्धसँग बन्दुक नसाट सत्य बोल अझै नढाँट देश बनाउन गएका हौ भने कर्तव्य भुलेर भ्रामक भाषण नछाँट ०००० कथा भन्न खोजेको कहानी लुकेको छ गीत गाउन खोजेको घाँटी सुकेको छ विकास र निकास दिन नसक्ने सत्तारूढ जस्तो कविता भन्न खोजेको शिर झुकेको छ तिल...
थपिए ८ लाख ३७ हजार नयाँ मतदाता

थपिए ८ लाख ३७ हजार नयाँ मतदाता

विराटनगर । देशभर आठ लाख बढी नयाँ मतदाता थपिएका छन् । फागुन २१ गतेको लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनका आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका हुन् । निर्वाचन आयोगका अनुसार असोज ९ देखि मंसिर ५ गतेसम्म खुला गरिएको मतदाता नामावली संकलन अवधिमा सो संख्यामा मतदाता थपिएका हुन् । थपिएका मतदातामध्ये चार लाख ७३ हजार तीन सय ४५ पुरुष, तीन लाख ६३ हजार सात ७८ महिला र ६१ अन्य छन् । आयोगको नियमित प्रकृ...
कोशीका २ हजार बढी द्वन्द्वपीडित परिवार अझै न्यायको पर्खाइमा

कोशीका २ हजार बढी द्वन्द्वपीडित परिवार अझै न्यायको पर्खाइमा

विराटनगर । नेपाल सरकार र तत्कालीन विद्रोह पक्षबीच विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको छ । २०६३ मङ्सिर ५ गते शान्ति सम्झौता भएपनि कोशी प्रदेशका दुई हजार ७९ द्वन्द्वपीडित परिवार अझै न्याय पाएका छैनन् । विस्तृत शान्ति सम्झौतामा भएको सम्झौता अनुसार ६० दिनभित्र द्वन्द्वमा अपाङ्गता भएका, बलपूर्वक बेपत्ता पारिएका र हत्या गरिएका परिवारका सदस्यलाई जानकारी दिने र उचित न्यायसहित परिपूरणको व्य...
विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । विराटनगर-१६ दरैयाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का ३९ वर्षीय राजु बिक छन् । आज बिहान ८ः३० बजे को ३८ प २३१७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बिकलाई शंका लागेर चेकजाँच लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट १०३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । बिकलाई इलाका ...
झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु

झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु

झापा । झापा कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको पश्चिम बंगाल दार्जिलिङ घर भएका ६१ वर्षीय कर्णबहादुर लिम्बु छन् । आज बिहान कारागारभित्रै लिम्बुलाई अचानक रक्तचाप सम्बन्धी समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई विगत ६ वर्षदेखि जेलमा रहेका उनको...
विराटनगरको कान्तिपुर कलेजका ३१ विद्यार्थीलाई २१ लाख छात्रवृत्ति

विराटनगरको कान्तिपुर कलेजका ३१ विद्यार्थीलाई २१ लाख छात्रवृत्ति

विराटनगर । विराटनगरको कान्तिपुर कलेजले चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल राजनारायण महतोसहितका विद्यार्थीहरूलाई सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै कलेजले एमबिबिएस प्रवेश परीक्षामा सफल बनेका तीन विद्यार्थीसहित वार्षिक परीक्षामा अब्बल अंक ल्याएका विद्यार्थीहरूलाई सम्मान गरेको हो । एमबिबिएस प्रवेश परीक्षामा सामेल भएका १८ हजार परीक्षार्थीहरूमध्ये रा...
सकारात्मक सोच विकासका लागि किशोरी मेला 

सकारात्मक सोच विकासका लागि किशोरी मेला 

किशोरी अवस्थाले करिब १०/११ वर्षदेखि १८ वर्ष सम्मका बालिकाहरूलाई बुझाउँछ । यो अवस्था अत्यन्तै संवेदनशील अवस्था हो । यसलाई परिवर्तनशील तथा संवेदनशील विकासको अवस्था पनि भनिन्छ । शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा बौद्धिक लगायतका क्षेत्रमा बालिकाहरूको तीव्र परिवर्तन हुने अवस्था पनि हो । किशोरी अवस्थामा शरीरको विकास, छातीको विकास, महिनाबारी सुरुसँगै वजन तथा उचाइमा वृद्धि, अनुहारमा परिवर्तन, कपा...
सुनसरीबाट ४१ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीबाट ४१ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-२ का १८ वर्षीय लालदेव रजक छन् । आज बिहानको राति बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकमा धरानबाट आइरहेको बीआर ११ बीएफ ०१८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा मोटरसाइकलमा राखिएको बोरामा ४१ किलो पाँच सय ग्राम गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी ...
विराटनगरमा हराएको सुनको बाला भेटियो, प्रहरीले बुझायो सम्बन्धित व्यक्तिलाई

विराटनगरमा हराएको सुनको बाला भेटियो, प्रहरीले बुझायो सम्बन्धित व्यक्तिलाई

विराटनगर । विराटनगरबाट हराएको सुनको बाला फेला पारेर मोरङ प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । बिहीबार बिहान करिब १० बजे विराटनगर-११ की प्रतीक्षा कोइरालाले हातमा लगाएको बाला हराएको थियो । पिचरा चोक नजिक डेढ तोला बराबरको सुनको बाला हराएको भन्दै कोइरालाले बेलुका ५ बजे प्रहरीलाई मौखिक जानकारी गराएकी थिइन् । उक्त जानकारीपछि प्रहरी चौकी बखरीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रविण भट्टराईको कमान्डमा ख...
सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार सात सय रुपैयाँमा कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ८५ रुपैयाँले घटेर ती...
अब लाइसेन्स विवरणको जानकारी फेसबुकबाटै पाइने

अब लाइसेन्स विवरणको जानकारी फेसबुकबाटै पाइने

विराटनगर । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण फेसबुकमा राख्ने भएको छ । यसअघि लाइसेन्सको जानकारी प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भनेर सन्देश पठाउने गरिएकोमा अब फेसबुकबाटै पाइने भएको हो । विभागले सूचना जारी गर्दै सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण फेसबु...
आर्थिक अभावले उपचारबाट बञ्चित मगरको नोबेलमा निःशुल्क उपचार सुरु

आर्थिक अभावले उपचारबाट बञ्चित मगरको नोबेलमा निःशुल्क उपचार सुरु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-११ सुकुम्बासी बस्तीका भीमबहादुर मगरलाई नेपाली काँग्रेसका युवा नेता डा. सुनिल शर्माले उपचार तथा आर्थिक सहयोग गरेका छन् । क्यान्सर रोगबाट पीडित मगर आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्थामा थिए । उनी गम्भीर अवस्थामा रहेको खबर पाएपछि डा. शर्माले बिहीबार आफैँ पुगेर मगरको अवस्था बुझेका थिए । मगरको घर पुगेका शर्माले तत्कालै नोबेल मेडिकल कलेजमा निःशुल्क खा...
अपडेट: धनकुटामा माइक्रोबस पल्टिँदा एक जनाको मृत्यु, १३ घाइते

अपडेट: धनकुटामा माइक्रोबस पल्टिँदा एक जनाको मृत्यु, १३ घाइते

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ भैसेमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । काठमाडौंबाट खाँदबारी जाँदै गरेको बा ३ ख ५३०२ नम्बरको हायस माइक्रोबस आज बिहान करिब ६ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी संखुवासभाको सभापोखरी २ की ८२ वर्षीया सविना कालाखेतीको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी सदरकुमार थापा क्षेत्रीले जानकारी दिए । घाइतेहरूको धनकुटा...
धनकुटाको भैसेमा माइक्रोबस दुर्घटना

धनकुटाको भैसेमा माइक्रोबस दुर्घटना

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ भैसेमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । काठमाडौंबाट खाँदबारी जाँदै गरेको बा ३ ख ५३०२ नम्बरको हायस माइक्रोबस आज बिहान करिब ६ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि धनकुटा अस्पताल ल्याइँदैछ । १४ जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । ‘अ...
विराटनगरको कान्तिपुर कलेजका विद्यार्थीलाई सीए सम्बन्धी अभिमुखीकरण

विराटनगरको कान्तिपुर कलेजका विद्यार्थीलाई सीए सम्बन्धी अभिमुखीकरण

विराटनगर । विराटनगरको कान्तिपुर कलेजका विद्यार्थीहरूका लागि चार्टर एकाउन्ट (सीए) सम्बन्धी अभिभुखिकरण कार्यक्रम गरिएको छ । नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आइक्यान) सँग सहकार्य गरेर कलेजले बिहीबार एकदिने अभिमुखीकरण कार्यक्रम गरेको हो । महेन्द्र होटलको सभाहलमा भएको कार्यक्रममा कलेजका शिक्षक तथा छात्र-छात्राहरूले विभिन्न जिज्ञासा राखे ।  अन्तरक्रियात्मक कार्यक्रममा आइक्यानका सिए युवराज उप्रेती,...
धारिलो हतियारले आफ्नै घाँटी रेट्दा बेलबारीका युवक गम्भीर घाइते, नोबेलमा उपचार हुँदै 

धारिलो हतियारले आफ्नै घाँटी रेट्दा बेलबारीका युवक गम्भीर घाइते, नोबेलमा उपचार हुँदै 

विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ डाँगीहाटका एक युवकले धारिलो हतियारले आफ्नै घाँटी रेटेका छन् । आज साँझ ३२ वर्षीय हेमकुमार मगरले धारिलो हतियारले आफ्नो घाँटी आफैँले रेटेका हुन् । घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा उनलाई आमा विष्णुमायाले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ‘धारिलो हतियार रेट...
ताप्लेजुङबाट प्रहरीले नियन्त्रणमा लियो चार वटा शंकास्पद बोलेरो

ताप्लेजुङबाट प्रहरीले नियन्त्रणमा लियो चार वटा शंकास्पद बोलेरो

ताप्लेजुङ । यातायात व्यवस्था कार्यालयको अभिलेखमा नदेखिएका र सवारी दर्ता किताबको विवरणमा मेल नखाएका चार वटा बोलेरो ताप्लेजुङबाट प्रहरीले नियन्त्रणमा लिएको छ । फुङलिङ नगरपालिकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले चार वटा बोलेरो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारीमध्ये ना १ ज १५८३ नम्बरको सवारी यातायात व्यवस्थापन कार्यालय वीरगन्ज पर्साको अभिलेखमा देखिँदैन भने को १ ज ११११ नम्बरको सवारी ...
युवालाई रोजगारीसँग जोड्न ‘स्कुल–टु–वर्क’ कार्यक्रम

युवालाई रोजगारीसँग जोड्न ‘स्कुल–टु–वर्क’ कार्यक्रम

विराटनगर । युवालाई रोजगारीसँग जोड्दै स्वदेशमै रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र एसओएस चिल्ड्रेन्स भिलेज नेपाल बीच सहकार्य हुने भएको छ । संगठनको सचिवालयमा आयोजित छलफलमा दुवै संस्थाका प्रतिनिधिहरूले हाल युवाहरूले अवसर नपाएर विदेशिन बाध्य हुने क्रम बढ्दै गएको अवस्थामा यस्तो साझेदारीले प्रत्यक्ष रोजगारीका अवसरसँग जोडन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । ...
सुनसरीको धरानबाट २५ किलो गाँजा बरामद

सुनसरीको धरानबाट २५ किलो गाँजा बरामद

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-६ पानबारी सामुदायिक वन क्षेत्रबाट प्रहरीले २५ किलो गाँजा बरामद गरेको छ । बुधबार राति करिब ११ः३० बजे शंकास्पद अवस्थामा रहेको को ११ प ४६३५ नम्बरको मोटरसाइकललाई प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा मोटरसाइकल लिएर चालक फरार भएका थिए । सुनसरी प्रहरीका अनुसार पछ्याउँदै जाँदा धरान-तरहरा सिमानानजिक पानीपियाबाट मोटरसाइकल नियन्त्रणमा लिएको हो । सोही क्रममा पानबा...
बाराको सिमरामा पुनः कफ्‍‍र्यू आदेश जारी

बाराको सिमरामा पुनः कफ्‍‍र्यू आदेश जारी

बारा । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा पुनः कफ्‍‍र्यू आदेश जारी गरेको छ । आज बिहानै देखी सिमरामा जेनजीहरूले प्रदर्शन सुरु गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कफ्‍‍र्यू आदेश जारी गरेको हो । प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कफ्‍‍र्यू लगाएको हो । वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थ...
error: Content is protected !!