
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ । आज बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो ।
मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ । एमालेका कुल दुई हजार दुई सय ६३ प्रतिनिधिहरू छन् । प्रतिनिधिहरू लामबद्ध भएर पालैपालो मतदान गरिरहेका छन् ।

संगालोखबर 













