संगालोखबर


विराटनगर । श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार लामालाई पार्टीबाट निलम्बन गरिएको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष लामालाई निलम्बन गरेका हुन् ।

साम्पाङले भिडियो सन्देशमार्फत उपाध्यक्ष लामालाई निलम्बन गरिएको जनाएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उपाध्यक्ष लामालाई पक्राउ गरेको छ । उनीमाथि निष्पक्ष छानबिन गर्न आग्रह गर्दै निर्दोष नठहरिएसम्म पार्टीको पदबाट निलम्बन गरिएको साम्पाङले उल्लेख गरेका छन् ।

Advertisement

साम्पाङले आज बिहान फेसबुकबाट भिडिओ सन्देश जारी गरी लामालाई निलम्बन गरिएको जानकारी गराएका हुन् ।

धनकुटा घर भएका ५० वर्षीय लामाविरूद्ध २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको आरोप छ । त्यस घटनामा तीन जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसूर समेतमा फरार रहेका उनलाई सुरुमा २०६९ असार १२ गते पाँचथरको भुसपातेमा विष्फोटक पदार्थसहित पक्राउ गरेको थियो । सुरुमा कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसुरको अनुसन्धानका लागि उनलाई काठमाडौं पठाइएको थियो । नख्खुमा कारागार चलान भएका उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार देखिएका उनलाई अनुसन्धानका लागि पक्राउ गरी पाँचथर ल्याइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!