लोकतन्त्र र संविधानको रक्षाका लागि आन्दोलन सुरु गर्छौँ : शेरधन राई

लोकतन्त्र र संविधानको रक्षाका लागि आन्दोलन सुरु गर्छौँ : शेरधन राई

विराटनगर । नेकपा एमालेका नवनिर्वाचित सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले लोकतन्त्र र संविधानको रक्षाका लागि आन्दोलन सुरु गर्ने बताएका छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता राईले कोशी प्रदेशका १४ वटै जिल्ला र प्रमुख सहरहरूमा विभिन्न स्वरूपका आन्दोलनहरू सुरु गर्ने बताएका हुन् । विगतमा भएका अराजक गतिविधि र हिंसा रोक्न एमालेले नागरिक सुरक्षाको जिम्मेवारी बहन गर्दै आन्दोलनमा उ...
मोरङको जिल्ला प्रशासन र मालपोतबाट २९ जना बिचौलिया पक्राउ 

मोरङको जिल्ला प्रशासन र मालपोतबाट २९ जना बिचौलिया पक्राउ 

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगरबाट २९ जना बिचौलिया पक्राउ परेका छन् । प्रहरीले विशेष निगरानीका आधारमा आज उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रशासन कार्यालयबाट ९ र मालपोतबाट २० जना बिचौलिया पक्राउ परेका छन् । सेवाग्राहीबाट गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी का...
निर्वाचनको तयारी भइरहँदा धनकुटामा दलका गतिविधि न्यून

निर्वाचनको तयारी भइरहँदा धनकुटामा दलका गतिविधि न्यून

धनकुटा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा सुरक्षा निकाय र निर्वाचन कार्यालयले आन्तरिक तयारी तिव्र बनाएका छन् । मतदानस्थल, केन्द्रको अवस्था निरीक्षण तथा सुरक्षा योजनाको तयारी भइरहँदा राजनीतिक दलका गतिविधि भने न्यून देखिएका छन् । धनकुटामा राजनीतिक दलहरूले निर्वाचन लक्षित कुनै पनि गतिविधि गरेका छैनन् । सात वटै पालिकामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा सम...
विराटनगरमा दुई वटा मोटरसाइकल ठोक्किँदा २३ वर्षीय युवकको मृत्यु

विराटनगरमा दुई वटा मोटरसाइकल ठोक्किँदा २३ वर्षीय युवकको मृत्यु

विराटनगर । विराटनगर-११ स्थित जनपथ टोलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा सुनसरीको गढी गाउँपालिका-२ का २३ वर्षीय शेखर यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गोल्डेन अस्पताल लगिएको थियो । त्यसपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएकोमा ९ः२५ चिकित्सकले मृत घोषणा गरेका थिए । आज बिहान करिब ७ः३० बजे भित्री सडक खण्डमा दुर्घटना भएको म...
धनकुटामा बिरामीलाई आर्थिक सहयोग र बालबालिकालाई खाद्यान्न वितरण

धनकुटामा बिरामीलाई आर्थिक सहयोग र बालबालिकालाई खाद्यान्न वितरण

धनकुटा । धनकुटाका दुई बिरामीलाई उपचारका लागि आर्थिक सहयोग र अनाथ बालबालिकालाई शैक्षिक सामग्रीसहित खाद्यान्न वितरण गरिएको छ । धनकुटा जिल्ला बक्सिङ्ग संघले मृगौला पीडित र ब्लड क्यान्सर पीडित दुई जना बिरामीलाई आर्थिक सहयोग गरेको हो । यस्तै अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्रीसहित खाद्यान्न सामग्री वितरण गरिएको संघले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । दुई जना बिरामीलाई १ लाख ४८ हजार चार सय ७०...
सुनको मूल्य ५५ सय रुपैयाँ बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य ५५ सय रुपैयाँ बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार पाँच सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज पनि चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर...
धनकुटामा ‘स्टेरिङ फेल’ भएर ट्रक दुर्घटना

धनकुटामा ‘स्टेरिङ फेल’ भएर ट्रक दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–७ जिरोप्वाइन्टमा आज बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । इटहरीबाट किराना पसलको सामान लिएर हिलेतर्फ जाँदै गरेको ना ७ ख ११६१ नम्बरको ट्रक बिहान करिब ५ः१५ बजे पेट्रोल पम्प नजिक पल्टिएको हो । डिलमुनी खसेर ट्रक उत्तानो परेपनि दुर्घटनामा मानवीय क्षति भएको छैन । चालक र सहचालक दुवै सकुशल छन् । ट्रक पल्टिँदा सामान छरपस्ट छन् । ‘स्टेरिङ फेल’ हुँदा ट्रक नमोडिएर डिलमुनी खसेको धनक...
कोशी प्रदेशका अंग्रेजी, गणित र विज्ञान शिक्षकलाई अभिमुखीकरण

कोशी प्रदेशका अंग्रेजी, गणित र विज्ञान शिक्षकलाई अभिमुखीकरण

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कोशी प्रदेशको माध्यमिक तहका शिक्षकहरूलाई प्रश्नपत्र निर्माण र नतिजा विश्लेषण सम्बन्धी जानकारीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कक्षा ९ देखि १२ सम्म अंग्रेजी, गणित र विज्ञान विषय अध्यापन गराउने शिक्षकहरूका लागि इटहरीमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रम तीन द...
धनकुटाका महिलालाई वित्तीय साक्षरता तालिम

धनकुटाका महिलालाई वित्तीय साक्षरता तालिम

धनकुटा । धनकुटाका महिलाहरूलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिइएको छ । मुक्तिनाथ विकास बैंक धनकुटा शाखाले महिलाहरूका लागि वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको हो । शनिबार र आइतबार भएको तालिममा ५० जनाभन्दा बढी महिला सहभागि थिए । बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको बैंकका धनकुटा शाखा प्रमुख हरि दाहालले जानकारी दिए ।...
धनकुटाको पाख्रीबासमा ‘पाख्री पार्क’ निर्माण (फोटो फिचर) 

धनकुटाको पाख्रीबासमा ‘पाख्री पार्क’ निर्माण (फोटो फिचर) 

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-४ मा पहिचान झल्कने पार्क निर्माण गरिएको छ । पाख्रीबासको पहिचान झल्काउने उद्देश्यले पाख्री पार्क निर्माण गरिएको हो । पार्कमा पाख्रीको बिरुवा, ढाकर, ढाक्रे, चुल्हो लगायतका संरचना निर्माण गरिएको छ । पार्क निर्माणका लागि नगरपालिकाले ६ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । पार्कले पाख्रीबासको पहिचान झल्काउनका साथै पर्यटन प्रर्वद्धनका लागि सहयोग पुर्याउने विश्वा...
जेनजी मिराज ढुङ्गाना समूहद्वारा भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा

जेनजी मिराज ढुङ्गाना समूहद्वारा भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा

काठमाडौं ।  जेनजी मिराज ढुङ्गाना समूहले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक मिराज ढुङ्गानाले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलन शान्तिपूर्ण हुने उनको भनाइ छ । उनले भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन सबैलाई आह्वान गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएको जनाइएको छ । ढुङ्गानाले जेनजी आन्दोलनप्रति धोक...
विराटनगरको बुद्ध चोकबाट ७८ वर्षीय वृद्धा सम्पर्कविहीन

विराटनगरको बुद्ध चोकबाट ७८ वर्षीय वृद्धा सम्पर्कविहीन

विराटनगर । विराटनगरको बुद्ध चोकबाट ७८ वर्षीय वृद्धा सम्पर्कविहीन भएकी छन् । केशरीदेवी शाह पुस ५ गते शनिबारबाट सम्पर्कविहीन भएकी हुन् । दिउँसो करिब ३ः३० बजेतिर घरबाट निक्लिएकी उनी घर नफर्किएपछि परिवारले खोजीका लागि अपिल गरेको छ । ‘उहाँ कहाँ जानुभयो थाहा भएन । अहिलेसम्म अत्तोपत्तो छैन’, आफन्त कोमल शाहले भनिन्, ‘उहाँको बिर्सने बानी छ । घर र परिवारको बारेमा सोध्दा पनि बताउन सक्नुहुन्न ।’ अरु बेला ...
धनकुटामा धान उत्पादन घट्यो

धनकुटामा धान उत्पादन घट्यो

धनकुटा । धनकुटामा धान उत्पादन घटेको छ । अविरल वर्षासँगै आएको हावाहुरीले क्षति पुऱ्याउँदा यो वर्ष धान उत्पादन घटेको हो । गतवर्षको तुलनामा यो वर्ष २३ प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले जानकारी दिए । ४ हजार ७ सय १९ हेक्टर क्षेत्रफलबाट १५ हजार ३ सय ३९ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष ४ हजार ८ सय ३२ दशमलव ...
ताप्लेजुङमा भरुवा बन्दुक पड्‌किँदा २६ वर्षीय युवकको मृत्यु

ताप्लेजुङमा भरुवा बन्दुक पड्‌किँदा २६ वर्षीय युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ साँघु लेकुवामा भरुवा बन्दुक पड्‌किँदा एक युवकको मृत्यु भएको छ । बन्दुक पड्‌किँदा स्थानीय २६ वर्षीय फुर्वा रेन्जी शेर्पाको मृत्यु भएको हो । उनलाई तिलोकसिंह लिम्बुको अलैँची बारीमा मृत अवस्थामा फेला पारिएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी वेद प्रसाद गौतमले जानकारी दिए । प्रहरीका अनुसार बारुद भर्ने क्रममा भरुवा बन्दुक अचानक पड्किएर लागेको उनका भतिज ...
शिक्षा क्षेत्रको समस्या समाधानका लागि कोशीका शिक्षा अधिकृतहरूलाई तालिम

शिक्षा क्षेत्रको समस्या समाधानका लागि कोशीका शिक्षा अधिकृतहरूलाई तालिम

विराटनगर । कोशी प्रदेशका शिक्षा अधिकृतहरूका लागि आयोजना गरिएको अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नीति, नियम तथा कानुन, निर्देशिका सम्बन्धि मापदण्डका विषयमा जानकारी दिने उद्देश्यले अभिमुखीकरण गरिएको हो । स्थानीय तहहरूमा शिक्षा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकालले बताए । पाँच दिनसम्म चलेको अभिमुखीकर...
धनकुटा आएर मन्त्री परियारले भने– कृषकका समस्या समाधानका लागि गम्भीर छौँ 

धनकुटा आएर मन्त्री परियारले भने– कृषकका समस्या समाधानका लागि गम्भीर छौँ 

धनकुटा । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले किसानले भोग्नु परेका समस्या समाधानका लागि गम्भीर रहेको बताएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका स्थित घुमाउनेमा प्रगतिशील कृषि तथा पशुपालन कृषक समूहको अनुगमनका लागि धनकुटा आएका मन्त्री परियारले यस्तो बताएका हुन् । उनले किसानका समस्या समाधान नभएसम्म देशको समृद्धि सम्भव नहुने बताए । उनले अहिलेको सरकार किसानमैत्री रहेकाले ...
सुनको मूल्य सामान्य घट्यो, चाँदी मूल्य हालसम्मकै उच्च

सुनको मूल्य सामान्य घट्यो, चाँदी मूल्य हालसम्मकै उच्च

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार तीन सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज पनि चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला एक सय रुपैयाँले बढे...
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । झापाको बिर्तामोड नगरपालिका-६ गिरीबन्धु टि स्टेट नजिक भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भद्रपुर नगरपालिका-९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर-७ का २५ वर्षीय शीर्षक सुवेदी छन् । शनिबार साँझ चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर घा...
नोबेल अस्पतालको पाँचौ तलाबाट खस्दा डाक्टरको मृत्यु

नोबेल अस्पतालको पाँचौ तलाबाट खस्दा डाक्टरको मृत्यु

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खस्दा इन्टर्न गर्दै गरेका डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका-९ जगदरीका ३४ वर्षीय अमित यादव छन् । आज बिहान ६ः३० बजे नोबेलको मुख्य गेटतर्फको भवनको पाँचौ तलाबाट यादव भुइँमा खसेका थिए । प्रहरीका अनुसार भवनबाट खसेर टाउकोमा गम्भीर चोट लागेका उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा बिह...
हर्क साम्पाङसँग मिल्ने स्थिति देखिएन, अन्य नयाँ शक्ति एकजुट हुनुपर्छ : नेता खड्का

हर्क साम्पाङसँग मिल्ने स्थिति देखिएन, अन्य नयाँ शक्ति एकजुट हुनुपर्छ : नेता खड्का

विराटनगर । पूर्व महासेनानी तथा जनादेश पार्टीका नेता माधवसुन्दर खड्काले नयाँ वैकल्पिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले पुराना दललाई परास्त गर्न नयाँ वैकल्पिक शक्ति एकजुट हुनुपर्ने बताएका हुन् । ‘नयाँ वैकल्पिक शक्तिहरूलाई एकजुट गर्नसकिन्छ र एउटै शक्ति बनाएर अघि बढ्न सकिन्छ की भनेर हामी प्रयासरत छौं’, उनले भने, ‘तर अहिले सबैलाई आफैँ पार्टी सभापति बन्...
अंशु गौतमको हत्यारा पक्राउ गर्न सफल मोरङ प्रहरीलाई सम्मान

अंशु गौतमको हत्यारा पक्राउ गर्न सफल मोरङ प्रहरीलाई सम्मान

विराटनगर । मोरङको लेटाङ नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सम्मान गरेको छ । लेटाङ-२ फडानीकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या घटनामा संलग्न दोषी पक्राउ गर्न सफल भएकोमा नगरपालिकाले मोरङ प्रहरीलाई सम्मान गरेको हो । गम्भीर र संवेदनशील प्रकृतिका घटनामा प्रहरीले देखाएको पेसागत क्षमता, धैर्यता र अनुसन्धानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले मोरङ प्रहरी ...
उदयपुरमा आमालाई कुटेर फरार भएका युवराजले गरे भाइको हत्या 

उदयपुरमा आमालाई कुटेर फरार भएका युवराजले गरे भाइको हत्या 

विराटनगर । उदयपुरमा दाजुले धारिलो हतियार खुकुरी प्रहार गरेर भाइको हत्या गरेका छन् । त्रियुगा नगरपालिका-१ जोगीदहका ४३ वर्षीय युवराज राईले ३० वर्षीय भाइ धर्मराजको हत्या गरेका हुन् । उदयपुर प्रहरीका अनुसार आज बिहानको राति करिब २ बजे युवराजले धर्मराजमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका धर्मराजलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा बिहान करिब ...
अंशु गौतम र दिनेश चौधरी हत्याको अनुसन्धानमा मुख्य भूमिका खेल्ने तीन प्रहरी सर्वोत्कृष्ट घोषित

अंशु गौतम र दिनेश चौधरी हत्याको अनुसन्धानमा मुख्य भूमिका खेल्ने तीन प्रहरी सर्वोत्कृष्ट घोषित

विराटनगर । मोरङको लेटाङ की अंशु गौतम र सुनसरीको रामधुनीका दिनेश कुमार चौधरीको हत्या घटनाको अनुसन्धानमा मुख्य भूमिका खेल्ने तीन प्रहरी सर्वोत्कृष्ट घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनीहरूलाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । सर्वोत्कृष्ट प्रहरीमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायब निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरीमा का...
डोनाल्ड ट्रम्पको आदेशमा डिभी कार्यक्रम स्थगित

डोनाल्ड ट्रम्पको आदेशमा डिभी कार्यक्रम स्थगित

विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिटी भिसा (डिभी) चिठ्ठा कार्यक्रम तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन् । अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि उनले यस्तो आदेश दिएका हुन् । विश्वविद्यालयमा गोली चलाउने सन्दिग्ध व्यक्ति सोही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले यस्तो कदम चाल्न निर्देशन दिएका हुन् । सुरक्षा प्रमुख नोमका अनुसार सन् २०१७ मा डिभीम...
अमेरिकाले ७५ नेपालीलाई फेरि फर्काइदियो

अमेरिकाले ७५ नेपालीलाई फेरि फर्काइदियो

काठमाडौं । अमेरिकाले अवैध रुपमा बस्दै आएका तथा कानुनको परिपालन नगरेका ७५ जना नेपालीलाई डिपोर्ट गरेको छ । बिहीबार दिउँसो एकैदिन उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाएको हो । डिपोर्ट हुनेमा ३ महिला र ७२ जना पुरुष छन् । उनीहरू अधिकांश अवैध बाटो हुँदै अमेरिका गएकाहरू रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । डिपोर्ट हुनेमा ...
धनकुटाको छथर जोरपाटीमा आँप ब्लक कार्यक्रम सञ्चालनमा अन्यौल

धनकुटाको छथर जोरपाटीमा आँप ब्लक कार्यक्रम सञ्चालनमा अन्यौल

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम अन्यौलमा परेको छ । कृषि ज्ञान केन्द्र र स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा कार्यक्रम कार्यान्वयन अन्यौल परेको हो । राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना अन्तरगत कृषि ज्ञान केन्द्रमार्फत गाउँपालिकाको करिब १४ सय रोपनी क्षेत्रफलमा आँपको ब्लक विकास कार्यक्रम संचालन गर्ने योजना छ । सिधुवा, बन्चरे, पाथिभरा, पिप्ले,...
सरकारले जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता दिने

सरकारले जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता दिने

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई मासिकरूपमा निर्वाह भत्ता दिने भएको छ । घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको हो । घाइतेले मासिक ४ हजार, गम्भीर घाइतेले मासिक ९ हजार र अति गम्भीर घाइतेले जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार पाउनेछन् । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्...
मोरङको ग्रामथानमा टिपरबाट माटो झार्ने क्रममा करेन्ट लाग्दा सह-चालकको मृत्यु

मोरङको ग्रामथानमा टिपरबाट माटो झार्ने क्रममा करेन्ट लाग्दा सह-चालकको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-१ सरस्वती स्कुल नजिकै टिपरबाट माटो झार्ने क्रममा करेन्ट लाग्दा सह-चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका-१ का २२ वर्षीय श्याम ऋषिदेव छन् । करेन्ट लागेर गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा को १ ख ५०४९ ...
तमोर नदिमा अण्डरपास निर्माण गरिँदै

तमोर नदिमा अण्डरपास निर्माण गरिँदै

धनकुटा । धनकुटा नगरपालिका-९ मूलघाट स्थित तमोर नदीमा अण्डरपास निर्माण थालिएको छ । संखुसभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाको भारवहन समान लैजान अण्डरपास निर्माण थालिएको हो । भारी सामग्री पुलबाट लैजान जोखिम भएपछि अण्डरपास निर्माण थालिएको हो । आयोजनाले करिब ६० मिटर लामो अण्डरपास बनाउने छ । कोशी राजमार्गमा पर्ने धरान–धनकुटा सडक खण्डअन्तरगत मूलघाटमा २ सय मिटर लामो पक्की पुल छ । तर उक्त पुलक...
मोरङको जहदामा रुखबाट लडेर एक जनाको मृत्यु

मोरङको जहदामा रुखबाट लडेर एक जनाको मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिका-१ बुधनगर टोलमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय बुद्धिराम राजवंशी छन् । प्रहरीका अनुसार आफ्नै खेतमा रुखको हाँगा काट्ने क्रममा बिहीबार साँझ ६ बजेतिर उनी लडेका थिए । रुखबाट लडेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको मोरङ प्र...
आज छुट्दैछन् रास्वपा सभापति रवि लामिछाने

आज छुट्दैछन् रास्वपा सभापति रवि लामिछाने

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज कारागारमुक्त हुने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी ठगी मुद्दामा बिगोबापतको धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएपछि उनी छुट्ने भएका हुन् । अदालतको आदेशका बाबजुद छुट पुर्जी नभएकाले उनी बिहीबार नै कारागारमुक्त हुन सकेनन् । लामिछानेले भैरहवाबाट छुट पुर्जी लिएपछि मात्रै थुनामुक्त हुन पा...
error: Content is protected !!