संगालोखबर


काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका हुन् ।

ओलीले ७७ नम्बरको मेसिनबाट भोट हालेका हुन् भने पोखरेलले ७६ नम्बरको मेसिनबाट भोट हालेका छन् । मंगलबार साँझबाट हुने भनिएको मतदान प्रक्रिया प्राविधिक समस्याका कारण आज बिहानका लागि सारिएको थियो ।

Advertisement

आज बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ । प्रतिनिधिहरू बिहानैदेखि मतदानका लागि लाइनमा बसेका छन् ।

मतदानको लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ । मतदान गर्न एक जनालाई ४० मिनेटसम्म समय लाग्ने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!