संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-५ चौतारामा करेन्ट लागेर बालकको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय लोकबहादुर तामाङका १४ वर्षीय छोरा बादलको मृत्यु भएको हो ।

दाउरा काट्न जंगलमा गएका उनलाई आज बिहान ९ बजेतिर करेन्ट लागेको धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

Advertisement

विद्युतको पोलमा लगाइएको सपोट छुँदा उनलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले प्रहरीसहित विद्युत प्राधिकरणका कर्मचारी घटनास्थलमा खटिएका छन् ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!