
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज पनि चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला एक सय ७० रुपैयाँले बढेर चार हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार चाँदी प्रतितोला तीन हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













