सुबिसुको कार्यालयमा भीषण आगलागी (फोटो फिचरसहित)
काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा भीषण आगलागी भएको छ । बुधबार दिउँसो करिब १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ...































