सन्तोष रुचाल/संगालोखबर
फाईल तस्वीर

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारस्थित ध्वँजेडाँडामा आज विष्फोटक पदार्थ फेला परेको छ । डाँडाबजार हुदै ध्वँजेडाँडा जाने बाटो खन्ने क्रममा विष्फोटक पदार्थ फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला सदरमुकामबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले साँझ ५ बजे विष्फोटक पदार्थ डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताए ।

Advertisement

विष्फोक पदार्थ फेला परेपछि राजारानीबाट गएको प्रहरी टोलीले घटनास्थललाई सुरक्षा घेरामा राखेको थियो ।

ओडारमा भेटिएको उक्त विष्फोटक पदार्थ शसस्त्र द्वन्द्वको बेला लुकाईएको हुन सक्ने प्रहरीको अनुमान छ । बिष्फोटक पदार्थ फेला परेको स्थान जिल्ला सदरमुकामबाट करिब ९ कोष दक्षिण पूर्वमा पर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!