- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । चौबिसे गाउँपालिका क्षेत्र भित्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको छ । २०७५ को एसईई परीक्षामा ३ जिपीए भन्दा बढी ल्याउने १० जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

Advertisement

पुरस्कृत हुँनेमा शारदा मावि ६ नं. बुधवारेका विजिता मगर, संयुक्त मावि टोक्रोम्बाका उमेश लिम्बू, घनु लिम्बू, मंगलादेवी मावि बोधेका रजनी लिम्बू, समिक्षा देवान, बज्रमाई माविका सवलकुमार घिमिरे, पुण्य मावि राजारानीका सम्योग लिम्बू, बुधुक मावि मौनाबुधुकका दर्पण बराल, अनमोल कोइराला र मंगलादेवी मावि बोधेका सेसेहाङ खजुम छन् । उनीहरुलाई गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल र वडाध्यक्षहरुले जनही नगद ५ हजारसहित सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरेको गाउँपालिका शिक्षा शाखाका ज्ञानेन्द्र लिम्बूले जानकारी दिए ।

यसैगरी एसईईमा सामेल बिद्यार्थीलाई अध्यापन गराउँने शिक्षक मध्ये उत्कृष्ट सिकाई उपलब्धी हासिल गर्न/गराउन सफल भएवापत पुण्य माविका अग्रेजी शिक्षक युवराज कटुवाल, शारदा माविका गणित शिक्षक शैलेन्द्रप्रसाद यादव र मंगलादेवी माविका विज्ञान शिक्षक शान्ति चेम्जोङलाई ५/५ हजार नगदसहित सम्मानित गरिएको छ ।

त्यस्तै कक्षा–८ को परिक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट पुण्य माविका गोमादेवी विभक र संस्थागत विद्यालयतर्फ मकालु एकेडेमी मौनाबुधुकका दीपकिरण लिम्बूलाई पनि नगद ५ हजारसहित समान पत्रद्वारा सम्मान गरिएको छ ।

कक्षा–८ मा अध्यापनरत शिक्षकमध्ये मंगलादेवी माविका उत्कृष्ट अंग्रेजी शिक्षिका गीता परियार, जनसेवा आधारभुत विद्यालयका गणित शिक्षक सहरमान गोले र विज्ञान शिक्षक देवी बराललाई नगद ५ हजारसहित सम्मान गरिएको छ ।

उत्कृष्ट बिद्यालयलाई सरकारी अनुदान

यसैवीच २०७४ को एसईईमा औसत सिकाई उपलब्धी उत्कृष्ट ल्याउन सफल भएवापत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट चौबिसेका चार बिद्यालयले अनुदान पाएका छन् ।

पुण्य मावि राजारानीले २ लाख र बुधुक मावि मौनाबुधुकले १ लाख पाएका छन् । त्यस्तै मंगलादेवी मावि बोधे र संयुक्त मावि टोक्रोम्बाले ५०/५० हजार अनुदान रकम पाएको गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!